logo

निजी अस्पतालले उपचार गर्न नमानेपछि एक बिरामीको ज्यान गयो 

      3/30/2020 गते 00 00 मा प्रकाशित     1415   पटक पढिएको

 वीरगञ्ज १७ चैत,। वीरगञ्जस्थित नेशनल मेडिकल कलेज सहित केही निजी अस्पतालले  उपचार नगरी फिर्ता पठाएको विरामीको मृत्यु भएको छ । कलेजले काठमाडौंको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा रिफर गरिदिएको थियो ।


कलैया उपमहानगरपालिका– २२ का २५ बर्षका विजय कुशवाहलाई उपचारका लागि काठमाडौं लैजाने क्रममा मृत्यु भएको हो । काठमाडौंको त्रिवि शिक्षण अस्पताल पुर्‍याएपछि चिकित्सकहरुले मृत घोषणा गरेका उनका महेश कुशवाहले बताउनु भयो  । 

 

कोरोना संक्रमितमा देखिनेजस्तै लक्षण देखिएको भन्दै पर्साको नेशनल मेडिकल कलेजले उपचार गर्न मानेको थिएन । थ्रेसरमा मुसुरो कुट्ने क्रममा खुट्टामा काटेको थियो । कुवाहाको  स्थानीय मेडिकलमा स्वास्थ्यकर्मीले  उपचार गरेका थिए ।

 

उनको घउमा  टाँका लगाइएको थियो । त्यसको भोलिपल्टदेखि ज्वरो आउन थालेपछि अस्पताल भर्ना भएका थिए । तर शनिबार राति वान्ता गरेपछि १० बजेतिर नेशनल मेडिकलको आकस्मिक कक्षमा भर्ना गरिएको थियो ।

 

मेडिकल कलेजले १५ गते राती भर्ना लिएपछि १६ गते बिहान बिरामीमा ज्वरो र सुखा खोकी देखिएपछि उपचार नहुने भन्दै रेफर गरेको थियो । आफन्तका अनुसार  चिकित्सकले उपचार गर्न मानेन ।

नेशनलपछि कुशवाहलाई नारायणी अस्पतालमा लगिएको थियो । प्रारम्भिक परीक्षणका नारयाणीका मेडिकल सुपरटे६डेन्ट डा.मदन कुमार उपाध्यायले “सेप्टी सेमिया” भएको हुन सक्ने बताउनु भयो ।

उहाले  ‘सेप्टी सेमिया’का कारण बिरामीको खुट्टाको घाउ र छातीमा संक्रमण देखिएकोले सुविधा सम्पन्न अस्पतालमा लैजान रिफर गर्नु भएको थियो ।

त्यसपछि राति नै विरामीलाई वीरगञ्ज हेल्थ केयर, गण्डक अस्पताल पुर्‍याए पनि दुवै अस्पतालले विरामी उपचार गर्न अस्वीकार गरेको थियो । बीरगंजका नीजि अश्स्पतालले उपचार गर्न नमाने पछि काठमाण्डौ लिगएका कुशवाहाको मृत्यु भएको हो  ।

नेशनल मेडिकल कलेजका प्रमुख डा.प्रमोद सर्राफले कोरोना भाइरस संक्रमितमा देखिने लक्षण बिरामीमा देखिएकोले रिफर गरेको बताउनु भयो ।

 

अस्पतालमा कोरोना संक्रमितको उपचार गर्दा लगाउने सुरक्षा सामग्री (पीपीई) र अरु उपकरण नभएकाले जाँच गर्न नसकेको उहााको भनाइ छ ।स्मरणीय चाही के छ भने । 
कोरोना भाइरसबाट संक्रमीत हुनेहरुकालागि ५० वटा आइसोलेशन वार्ड ब्यवस्था गरिएको अस्पताल हो नेशनल मेडिकल कलेज ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

खाद्य स्वच्छता मापदण्ड उल्लंघन गरे वीरगंजका तीनवटा मिठाई पसललाई २०/२० हजार जरिवाना

वीरगञ्ज । खाद्य स्वच्छता सम्बन्धी मापदण्ड उल्लङ्घन गरेका तीनवटा पसललाई २०/२० हजार रुपैया जरिवाना गरिएको छ । वीरगञ्ज महानगरपालिका–६ माईस्थानस्थित सञ्जय खोवा भण्डार, गणेश मिष्ठान भण्डार तथा वीरगञ्ज महानगरपालिका–११ रानीघाटस्थित सम्भु लड्डु तथा मिष्ठान भण्डार लाई जरिवाना गरिएको हो ।

सेस्मी इन्टरनेशनल स्कुलको एसईई परिक्षामा सहभागि सबै बिद्यार्थी सफल

वीरगञ्ज। सेस्मी इन्टरनेशनल स्कुलले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा शतप्रतिशत  नतिजा हासिल गर्दै उत्कृष्ट शैक्षिक उपलब्धि प्राप्त गरेको छ।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.