logo

हामी स्वास्थ्यकर्मीहरु हतियार बिनाका सेना भएका छौ तै पनि योगदान दिन तयार छौः सिंह

      3/23/2020 गते 00 00 मा प्रकाशित     1513   पटक पढिएको

बीरगंज १० चैत ।  सन् २०१९ को डिसेम्बरदेखि चीनको वुहान सहरबाट फैलिएको कोरोना भाइरस (कोभिड–१) अहिले विश्वभर फैलिइसकेको छ। विश्वलाई नै आतंकित बनाएको यो भाइरसबाट १४ हजारभन्दा बढी मानिसले ज्यान गुमाइसकेका छन्।


विश्व स्वास्थ्य संगठनले विश्वव्यापी माहामारी घोषण गरिसको छ। तर नेपालमा कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि सरकारी उदासिनता भने आश्चर्यलाग्दो छ।

कोरोना भाइरसको संक्रमण भएपछि लामो समयसमम्म रुघाखोकी देखिने, उच्च ज्वरो आउने, टाउको दुख्ने, श्वासप्रश्वासमा समस्या हुने र असर गम्भीर भएमा निमोनिया हुनुका साथै मिर्गौलाले काम गर्न नसक्ने भई मानिसको मुत्यु समेत हुने डा.निरज सिंह बताउनु हुन्छ ।  कोरोना संक्रमित व्यक्तिले खोक्दा, हाछ्युँ गर्दा भाइरस भएको ठाउँमा छुँदा र राम्ररी हात सफा नगरी नाक, मुख, आँखामा स्पर्स गर्दा संक्रमण हुन्छ यस्तोमा ध्यान दिनु पर्ने उहाँको सुझाव छ।

यसको जोखिम श्वासप्रश्वाससँग सम्बन्धित रोग भएका, वृद्धवृद्धा, मधुमेह, उच्च रक्तचाप भएका व्यक्तिमा बढी हुने बताइएको छ। शरीरमा कुनै मिल्दो लक्षण आएमा नजिकको स्वास्थ्य संस्थामा जानुपर्छ तर शरीर, परिवार र आफ्न्तको माया त्यागेर स्वास्थ्य सेवामा खटिने स्वास्थ्यकर्मीले नै सुरक्षा महसुस गर्न सकिरहेका छैनन्।

कोरोना भाइरस संक्रमण भएका बिरामीको उपचारमा संलग्न कतिपय स्वास्थ्यकर्मी नै संक्रमित भइसकेका छन्। कतिपय देशमा त स्वास्थ्यकर्मीको मृत्यु समेत भइसकेको छ। पछिल्लो विवरणअनुसार चीनमा करिब ३ हजार ३ सय स्वास्थ्यकर्मीमा कोरोना भेटिएको छ र जसमध्ये १३ जनाले ज्यान समेत गुमाउनु परेको छ।

यसैगरी इटालीमा पनि करिब २ हजार ६ सय २९ स्वास्थ्यकर्मी संक्रमित भएका छन्। यस्ता स्वास्थ्य सेवा गुणस्तरीय मानिएका विकशित देशहरुमा त स्वास्थ्यकर्मी यति धेरै जोखिममा छन् भने हाम्रो देशमा कति जोखिम होला सहजै अनुमान सकिने डा सिंहको भनाई छ।


स्वास्थ्य सुरक्षाका दृष्टिले पनि स्वास्थ्यकर्मी त्यति सुरक्षित छैनन्।  स्वास्थ्य सुरक्षाका लागि चाहिने विषेश किसिमको माक्स, गाउन, ग्लोब्स, गगल्स लगायतका सामग्री स्वास्थ्यकर्मीलाई उपलब्ध हुनु अति आवश्यक छ। स्वास्थ्यकर्मीलाई विना सुरक्षा सामग्री सेवामा खटाउँदा स्वास्थ्यकर्मीबाटै संक्रमण फैलन सक्ने जोखिम छ।

 

यस्तो अवस्थामा स्वास्थ्यकर्मीको सुरक्षाको सरकार संवेदनशील बन्ने समय आएको छ। अहिले स्वास्थ्यकर्मीलाई लडाइृमा जान त भनिएको छ तर हतियार केही पनि दिएको छेन । हतियार बिहिन सेना लडाइृमा पठाउदा के हुन्छ यस बिषयमा सरकारले बिचार गर्नु पर्ने उहाँको मत छ । यद्धपी राज्यले हाम्रो योगदा खोजिरहेको बेलामा हामी त्यो योगदान भने गर्न तयार छौ ।

टिभि बीरगंजले आयोजना गरेको कार्यक्रममा ब्यक्त धारणामा आधारितःसम्पादक


 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मुस्ताङमा अनुमति बिना मानवरहित ड्रोन क्यामरा उडाउँदै  गरेका भारतीय पर्यटकको क्यामरा नियन्त्रणमा

मुस्ताङ । अन्नपूर्ण संरक्षित क्षेत्र मुस्ताङमा अनुमति बिना मानवरहित ड्रोन क्यामेरा उडाउँदै गरेको अवस्थामा प्रहरीले एक भारतीय पर्यटकको ड्रोन क्यामरा नियन्त्रणमा लिएको छ ।

राजनीतिकर्मी साहको पहलमा बिद्यालयको भवन बन्दै, एक कार्यक्रमका वीच गरियो शुरुवात

वीरगंज । पकाहा मैनपुर गाउँपालिकाको वडा नं ४ मा रहेको नेपाल राष्ट्रिय आधारभूत बिद्यालय श्यामपुर भेलाहमा नयाँ भवनको बिहिवार एक कार्यक्रमकावीच शिलान्यास गरिएको छ ।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.