logo

सरकार अव एक्सनमा ,कार्यदल बन्यो ,अइसोलेशनमा बस्नु पर्ने नवसेमा सुरक्षाकर्मी परिचालन गरिने

      3/21/2020 गते 00 00 मा प्रकाशित     1354   पटक पढिएको

वीरगन्ज, ९ चैत । कोरोना भाइरस को संक्रमण नियन्त्रणकोलागि सरकारको पूर्व तयारी सकिएको भन्दै सरकार अव कार्यान्वयनमा उत्रिएको छ ।  कोरोना रोकथामसम्बन्न्धी उच्चस्तरीय समितिको शनिबार बसेको बैठकले सरकार अब कार्यान्वयनमा जाने निर्णय गरेको हो। 

सरकार प्रवक्ता एवं अर्थ तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाले शनिवारको बैठक पछि  अब कार्यन्वयनमा जाने निर्णय गरेको जानकारी दिनु भएको हो ।  

मन्त्री खतिवडाकाअनुसार सरकारले होम क्वारेन्टाइनको कार्यान्वयनमा कडाई गर्ने भएको छ। होम तथा सेल्फ आइसोलेसनमा बस्नुपर्नेहरु समेत नबसेको पाइएपछि सरकारले यसका लागि सुरक्षाकर्मी नै परिचालन गर्ने निर्णय गरेको छ। 

सरकारले चैत १ बाट कोरोना संक्रमण फैलिएका मुलुकहरुबाट आउनेलाई सेल्फ वा होम क्वारेन्टाइन अनिवार्य गरे पनि कार्यन्वयन फितलो देखिएकाले सरकारले एक्सनमा जाने निर्णय गरेको मन्त्री खतिवडाको दाबी छ।  

निजी क्षेत्रको अफर स्वीकार, ७ कार्यदल गठन 

सरकारले आवश्यकताअनुसार देशभर क्वारेन्टाइन बनाउने निर्णय गरेको छ। यसका लागि रक्षा मन्त्रालय र पर्यटन मन्त्रालय सहितको कार्यदल बनेको छ, जसको नेतृत्व पर्यटनमन्त्री योगेश भट्टराईले गर्नुभएको छ।

बैठकले निजि क्षेत्रले घर, स्कुल तथा होटलहरू क्वारेन्टाइन बनाउन गरेको अफर सरकारले स्विअकर गरेको प्रवक्ता डां. खतिवडाले बताउनु भयो  । उनकाअनुसार अब केन्द्र सरकारले प्रदेश र स्थानीय सरकारहरूले बनाएको क्वारेन्टाइनको सुची लिनेछ र एकीकृत तरिकाबाट आवश्यकताअनुसार देशभर बनेका क्वारेन्टाइन प्रयोगमा ल्याइनेछ। 

सबै नागरिकमा सहि जानकारी पुर्याउनलाई सरकारले सार्वजनिक, निजि र सामुदायिक संचार माध्यमसँग मिलेर काम गर्ने भएको छ। कोरोनालाई लिएर अफवाह बढाउने काम भएपनि सरकारले सार्वजनिक, निजि र सामुदायिक संचार माध्यमसँग मिलेर सहि सूचना दिने तयारीका साथ यो निर्णय गरेको हो। 

यस्तै स्वास्थ्य सामग्री आपूर्तिका लागि स्वदेशभित्र काम गर्ने गरी स्वास्थ्यमन्त्रीका संयोजकत्वमा समिति गठन भएको छ। मुलुकभित्र उपलब्ध हुने बस्तु खरिद गर्न अर्थले बजेट दिने र स्वास्थ्य मन्त्रालयले खरिद गर्ने, विदेशबाट आपूर्ति गर्नुपर्ने भए बिदेशी सँस्थाबाट सहयोग लिने र यसका लागि अर्थ र   परराष्ट्र मन्त्रालयमार्फत काम अघि बढाइने मन्त्री डा. युवराज खतिवडाले बताउनु भयो ।

यसैगरी आपूर्ति अनुगमनलाई व्यवस्थापन गर्न उद्योग वाणिज्य तथा आपूर्तिमन्त्रीको संयोजकत्वमा समिति गठन भएको छ। यो सबै कार्यदललाई कार्यन्वयनमा ल्याउन सरकारले राजनीतिक तथा सामाजिक समन्वय समिति बनाएको छ, यसको संयोजन कृषिमन्त्रीले गर्ने छन। बैठकले समितिको निर्णय निर्देशन कार्यान्वयनको अनुगमन गर्ने जिम्मवारी संयोजक उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेललाइ दिएको छ।

कुन मन्त्रीको संयोजनमा कुन कार्यदल 

१ पर्यटनमन्त्रीको संयोजनमा क्वारेन्टाइन केन्द्र स्वास्थ्यमन्त्री र संघीय मामिला मन्त्रिको पनि प्रतिनिधित्व 

२गृहमन्त्रीको संयोजनमा बिरामी व्यवस्थापन टिम 

३संचारमन्त्रीको संयोजनमा संचार समन्वय

४स्वास्थ्य सामग्री आपूर्तिका लागि 

५विदेशबाट ल्याउनुपर्ने भए परराष्ट्रमन्त्रीको, आपूर्ति गर्नुपर्ने भए उद्योग मन्त्रीको समन्वय 

६कृषिमन्त्रीको संयोजनमा राजनीतिक तथा सामाजिक समन्वय, यसमा उर्जामन्त्री पनि रहने 

७ रक्षामन्त्रीको संयोजनमा कार्यन्वयन र अनुगमन टिम

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बाघको आक्रमणबाट ७० वर्षिय थारुको ज्यान गयो

सेढवा । पर्साको जिराभवानी गाउँपालिकामा बाघको आक्रमणबाट जिराभवानी गाउँपालिका–२ काठमाडौं टोल निवासी ७० वर्षीय नथुनी मिर्दाहा थारुको मृत्यु भएको छ ।

खाजा खर्च कटाएर विद्यार्थीले प्रधानमन्त्री राहत कोषमा गरे सहयोग

वीरगञ्ज । श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय, रामभौरी भाठाका विद्यार्थीहरूले आफ्नो खाजा खर्चबाट रकम बचत गरी प्रधानमन्त्री राहत कोषमा सहयोग गरेका छन्।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.