logo

मास्क नलगाउनेलाई मन्दीर प्रवेशमा रोक लगाउन सुझाव, आफू सहित अरुको ख्याल गर्न वक्ताहरुको अपिल

 इसीमाना सम्वाददाता     २०७८ असोज २० गते ०७: ३९ मा प्रकाशित     1732   पटक पढिएको

 वीरगञ्ज युवा समाजले बीरगंजमा निशुल्क  मास्क वितरण गरेको छ ।कोभिडको संक्रमणको जोखिम कायमै रहेको अवस्थामा स्वास्थ्य सर्तकता अपनाउन आवश्यक भएकोले मास्क बितरण गरिएको  समाजका अध्यक्ष कमल चौगाईले बताए ।

बीरगंज महानगरपालिकाले पनि निशुल्क मास्क बितरणको अभियान संचालन गरेको छ । नो मास्क नो सर्भिसको अभियान संचालन गरेको बीरगंज महानगरले मास्क बिना महानगर प्रवेशमा रोक कुराकानी र सेवा समेत निषेध गरेको छ ।

 

बीरगंज महानगरका प्रमुख बिजय कुमार सरावगीले माइस्थान मन्दीर परिसरमा फूटपाथमा पसल संचालन गर्नेहरुलाई मास्क बितरण गर्दै मास्क नलगाई ब्यापार गरे दोकान संचालन गर्न नदिने चेतावनी पनि दिए । महानगरप्रमुख सरावगीले  आफनो र आफ्ना ग्राहकको जीवनको सुरक्षाको बिषय भएको हुनाले अनिवार्य रुपमा मास्क लगाएर पसल संचालन गर्न सुझाव दिए । 

त्यसैगरी उपप्रमुख शान्ति कार्कीले मास्क नलगाउनेलाई मन्दिरसहितका धार्मिक स्थलहरुमा पनि प्रवेश गर्न नदिने बताईन् ।

 

उनले अष्टमीमा गहवामाई मन्दीरमा बली चढने र भब्य मेला लाग्ने स्मरण गराउदै मास्क नलगाई आउनेलाई मन्दीरमा दर्शन र बली चढाउन रोक लगाउनु पर्ने धारणा ब्यक्त गरिन । 


 पर्साका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले मास्कको अपरिहार्यतालाई नजरअन्दाज नगर्न सुझाव दिए ।

 

चाडवाडमा भिडभाड बढ्दा संक्रमणको जोखिम हुने भन्दै सर्तकता अपनाउनुका साथै भरसक आफ्नै घरभित्रै बसेर चाड मनाउन उनले आग्रह गरे । सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र खड्काले सुरक्षालाई प्राथमिकता दिएर चाडवाड मनाउनुपर्ने बताए ।


कार्यक्रममा प्रेस काउन्सिल नेपालका सदस्य लालबाबु शेख,नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य के.सी .लामिछाने जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षक सुमन कार्की, वीरगञ्ज महानगरपालिका वडा नम्बर ४ का वडाअध्यक्ष जगत साह कानु, , प्याब्सन पर्साका सचिब छेदुप लामा लगायतको उपस्थिती रहेको थियो । कार्यक्रमको संचालन पत्रकार  सूर्यनारायण वि.क.ले गरेका थिए । 
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

धनुषामा भएको घटनाको असर वीरगंजमा,सुरक्षा सर्तकर्ता बढाइयो

वीरगंज । टिकटकमा एकअर्काको धर्म–संस्कृतिलाई लक्षित गरी गरिएको अभद्र टिप्पणीका कारण मधेश प्रदेशमा तनाव बढेको छ। धनुषामा सुरु भएको घटनाको असर पर्साको वीरगञ्जसम्म देखिएको छ।

मानव सेवा आश्रमले दिएको सेवा समाजकालागि निकै अनुकरणीय रहेको छः मन्त्री पटेल

वीरगञ्ज । मधेस प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री श्याम पटेलले मानव सेवा आश्रमले दिएको सेवा समाजकालागि निकै अनुकरणीय रहेको बताएका छन ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.