logo

मास्क नलगाउनेलाई मन्दीर प्रवेशमा रोक लगाउन सुझाव, आफू सहित अरुको ख्याल गर्न वक्ताहरुको अपिल

 इसीमाना सम्वाददाता     २०७८ असोज २० गते ०७: ३९ मा प्रकाशित     1905   पटक पढिएको

 वीरगञ्ज युवा समाजले बीरगंजमा निशुल्क  मास्क वितरण गरेको छ ।कोभिडको संक्रमणको जोखिम कायमै रहेको अवस्थामा स्वास्थ्य सर्तकता अपनाउन आवश्यक भएकोले मास्क बितरण गरिएको  समाजका अध्यक्ष कमल चौगाईले बताए ।

बीरगंज महानगरपालिकाले पनि निशुल्क मास्क बितरणको अभियान संचालन गरेको छ । नो मास्क नो सर्भिसको अभियान संचालन गरेको बीरगंज महानगरले मास्क बिना महानगर प्रवेशमा रोक कुराकानी र सेवा समेत निषेध गरेको छ ।

 

बीरगंज महानगरका प्रमुख बिजय कुमार सरावगीले माइस्थान मन्दीर परिसरमा फूटपाथमा पसल संचालन गर्नेहरुलाई मास्क बितरण गर्दै मास्क नलगाई ब्यापार गरे दोकान संचालन गर्न नदिने चेतावनी पनि दिए । महानगरप्रमुख सरावगीले  आफनो र आफ्ना ग्राहकको जीवनको सुरक्षाको बिषय भएको हुनाले अनिवार्य रुपमा मास्क लगाएर पसल संचालन गर्न सुझाव दिए । 

त्यसैगरी उपप्रमुख शान्ति कार्कीले मास्क नलगाउनेलाई मन्दिरसहितका धार्मिक स्थलहरुमा पनि प्रवेश गर्न नदिने बताईन् ।

 

उनले अष्टमीमा गहवामाई मन्दीरमा बली चढने र भब्य मेला लाग्ने स्मरण गराउदै मास्क नलगाई आउनेलाई मन्दीरमा दर्शन र बली चढाउन रोक लगाउनु पर्ने धारणा ब्यक्त गरिन । 


 पर्साका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले मास्कको अपरिहार्यतालाई नजरअन्दाज नगर्न सुझाव दिए ।

 

चाडवाडमा भिडभाड बढ्दा संक्रमणको जोखिम हुने भन्दै सर्तकता अपनाउनुका साथै भरसक आफ्नै घरभित्रै बसेर चाड मनाउन उनले आग्रह गरे । सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र खड्काले सुरक्षालाई प्राथमिकता दिएर चाडवाड मनाउनुपर्ने बताए ।


कार्यक्रममा प्रेस काउन्सिल नेपालका सदस्य लालबाबु शेख,नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य के.सी .लामिछाने जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षक सुमन कार्की, वीरगञ्ज महानगरपालिका वडा नम्बर ४ का वडाअध्यक्ष जगत साह कानु, , प्याब्सन पर्साका सचिब छेदुप लामा लगायतको उपस्थिती रहेको थियो । कार्यक्रमको संचालन पत्रकार  सूर्यनारायण वि.क.ले गरेका थिए । 
 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.