logo

लाखौको लागतमा प्लान्ट जडान तर उत्पादन शून्य, प्रभावकारी सेवाबाट बिरामी बन्चीत 

 इसीमाना सम्बाददाता     २०७८ भदौ २७ गते ०४: ५१ मा प्रकाशित     1307   पटक पढिएको

वीरगञ्जको नारायणी अस्पतालमा अक्सिजन ग्यास प्लान्ट जडान भएको  भएको दुई साता पुग्न लागे पनि प्लान्टबाट  अक्सिजन उत्पादन भएको छैन ।

प्लान्टबाट उत्पादन हुने अक्सिजन अस्पतालका कोठाकोठामा जडान भएको पाइपसम्म पुर्याउन आवश्यक पाइप अहिलेसम्म जडान गर्न सकिएको छैन । उत्पादित ग्याँस फिलिङ गर्ने आवश्यक उपकरण पनि अहिलेसम्म तयार पारिएको छैन । त्यसैले प्लान्टबाट अक्सिजन उत्पादन हुन नसकेको हो 
 ।

अस्पालमा दैनीक २५ देखी ३० हजारको अक्सिजन आपूर्ती भइरहेको छ। आफनै प्लान्टले अक्सिजन उत्पादन गरेको हुन्थ्यो भने ३ हजार रुपैया दैनीक अस्पतालको बचत हुन सक्थ्यो ।  तर प्लाण्ट संचालन गर्ने तर्फ अस्पताल प्रशासनले रुचि नदेखाउँदा लागत बढेको  छ भने बिरामीलाई समेत झण्झट ब्यहोर्नु परेको छ  ।

गएको भदौ १६ गते  प्लाण्ट उद्घाटन गरिएको थियो । उद्घाटनका क्रममा  बेडसम्म सिलिण्डर बोकेर लैजानुपर्ने बाध्यता अबदेखि हटेको दावी गरिएको थियो । तर अहिले सम्म अक्सिजन नै उत्पादन नभएपछि त्यो दावी नै झूठो सावित भएको छ । 

 प्रतिनिधिसभा सदस्य विमल श्रीवास्तवले स्थानीय बिकास साझेदारी ( संसदीय बिकास कोष) को रकम लगाएर प्लान्ट जडान गएिको हो । 

अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डा .बीरेन्द्र बहादुर प्रधान आफूहरु प्लाण्ट संचालन गर्न आवश्यक तयारीको काम गरिरहेको बताए  । उनले आवश्यक उपकरणको जडान भइरहेको जानकारी दिए । उपकरण जडान गर्ने काम हुनासाथ प्लाण्ट सञ्चालनमा आउने उनको भनाई छ । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

क्यानडामा रामकृष्ण ढकाल साँझ भब्य रूपमा सम्पन्न, बचत रकमबाट पशुपतिनाथ मन्दिरमा पुजा कार्यक्रम

टोरण्टो । असार १५ गते  ईन्टरनेशनल म्युजिक डे को अबसर पारेर क्यानडाको ब्राम्प्टन शहरमा आयोजना गरिएको “रामकृष्ण ढकाल साँझ“ भब्य रूपमा सम्पन्न भएको छ ।

समाज

सुनसरी दुर्घटना , मृतकको सङ्ख्या पाँच पुग्यो

इनरुवा । सुनसरी भोक्राहा–नरसिंह गाउँपालिका–३ जलुवा टोलस्थित पूर्व–पश्चिम राजमार्गमा आज भएको सवारी दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ ।

भूमिहीनलाई जग्गा वितरणको तयारी, ७ दिनभित्र हकदावी पेश गर्न आयोगले निकाल्यो  सूचना

वीरगंज ।  नेपाल सरकारको भूमि समस्या समाधान आयोग, जिल्ला समिति पर्साले सखुवा प्रसौनी गाउँपालिकाको बिभिन्न वडामा बसोबास गर्दै आएका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अब्यवस्थित बसोवासीलाई जग्गा उपलब्ध गराउने प्रक्रियाबारे ७ दिने  सार्वजनिक सूचना जारी गरेको छ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.