logo

विश्व स्वास्थ्य संगठन दक्षिण—पूर्वी एशिया क्षेत्रका स्वास्थ्यमन्त्रीहरू बैठक बस्दै , स्वास्थ्य सेवाको पुनर्निर्माणका विषयमा छलफल हुने

 इसीमाना सम्वाददाता     २०७८ भदौ १८ गते ०४: ०९ मा प्रकाशित     990   पटक पढिएको

काठमाडौं, / विश्व स्वास्थ्यसंगठन दक्षिण—पूर्वी एशिया क्षेत्रका मन्त्रीहरूले आगामी साता गर्ने छलफलमा विद्यमानमहामारी तथा स्वास्थ्यमा सर्वव्यापी पहुँच हासिल गर्नका लागि अत्यावश्यक स्वास्थ्य सेवाहरूको‘अझ राम्रो पुनर्निर्माण’का उपायहरूले विशेष स्थान पाउने भएका छन् ।

 

विश्व स्वास्थ्य संगठनको दक्षिण—पूर्वीएशियाको चौहत्तरौं सत्र, विश्व स्वास्थ्य संगठनको क्षेत्रीय कार्यकारी समितिको वार्षिक बैठक नेपालमा भदौ २१ देखि २५ सम्म आयोजना हुँदैछ ।

 

उक्त बैठकमा विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा. ट्रेडोस अधानम घेब्रेयेसस, क्षेत्रीय निर्देशक डा. पुनम खेत्रपाल सिंह, क्षेत्रका सदस्यमुलुकका स्वास्थ्य मन्त्री तथा स्वास्थ्य अधिकारीहरू, संयुक्त राष्ट्र सङ्घका निकाय, साझेदार,दातृ निकाय तथा नागरिक समाजका प्रतिनिधिहरूको उपस्थिति रहनेछ ।

 

महामारीले पैदा गरेको जोखिमलाई मध्यनजरगर्र्दै लगातार दोस्रो पटक भर्चुअल माध्यमबाट आयोजना हुन लागेको उक्त वार्षिकबैठकमा सार्वजनिक स्वास्थ्य आपतकालको पूर्वतयारी तथा प्रतिकार्यको सुदृढीकरण,नसर्ने रोगहरूको रोकथाम तथा नियन्त्रणको प्रगतिलाई थप गति दिने, र भाइरलहेपाटाइटिस, एचआइभी र यौन रोगहरूको उन्मूलनलगायतका विषयहरूमा छलफल हुनेछ ।

 

स्वास्थ्यमा सर्वव्यापी पहुँचको प्रगतिकोअनुगमन, विद्यालय स्वास्थ्यको पुनरुत्थान र खोपद्वारा रोकथाम गर्न सकिने रोगहरूका लागिखोप कार्य योजनाका लागि क्षेत्रीय कार्यढाँचाका बारेमा पनि उक्त बैठकमा छलफल हुनेछ । बैठकले यसभन्दा अगाडि आयोजना गरिएकाबैठकहरूमा अनुमोदन गरिएका प्रावधानहरूमा भएका प्रगतिको लेखाजोखा गर्नेछ ।

 

सन् २०२३सम्ममा दादुरा र रुबेला उन्मूलन गर्ने, स्वास्थ्य सामग्रीमा पहुँच बढाउने,दक्षिण—पूर्वी एशिया क्षेत्रीय स्वास्थ्य आपतकालीन कोष र प्राथमिक स्वास्थ्य चौकीकोस्तरमा नसर्ने रोगहरूको लागि हुने सेवा प्रवाहलाई थप गति दिन स्वास्थ्य प्रणालीहरूकोसुदृढीकरण जस्ता विषयहरू पनि उक्त बैठकमा उठान हुन सक्नेछन् ।

 

विद्यमान महामारीलाई सम्बोधन गर्ने क्रममा यसक्षेत्रमा भएका मुलुकहरूले आठ मुख्य प्राथमिकतामा पनि आफ्नो प्रयासलाई जारी राखेका छन्ः सन् २०२३ सम्ममा दादुरा र रुबेला उन्मूलन गर्ने, बहुक्षेत्रीय नीति तथायोजनाहरूबाट नसर्ने रोगहरूको सम्बोधन गर्ने, मातृ, नवजात शिशु तथा पाँच वर्षमुनिकाबालबालिकाको मृत्युदरको न्यूनीकरणलाई गति दिने, स्वास्थ्यमा सर्वव्यापीपहुँचलाई अघि बढाउने, एन्टिमाइक्रोबियल प्रतिरोधलाई उल्ट्याउने, आपतकालीन जोखिमव्यवस्थापन क्षमता बढाउने र उपेक्षा गरिएका उष्णदेशीय रोग र क्षयरोगको उन्मूलनगर्ने ।

 

विश्व जनसङ्ख्याको एक चौथाइ जनसङ्ख्याबसोवास गर्ने यस क्षेत्रले प्राथमिकता प्राप्त कार्यक्रमहरूमा भएका प्रगतिलाई दिगोबनाइरहेको छ ।

 

विश्व स्वास्थ्य संगठन दक्षिण—पूर्वी एशिया क्षेत्रले सन् २०१४ मापोलियो उन्मूलन गरेको थियो र सन् २०१६ मा मातृ तथा नवजात शिशुमा हुनेधनुष्टङ्कार रोगको उन्मूलन गरेको थियो । माल्दिभ्स र श्रीलङ्काले दादुरा ररुबेला दुवै रोगहरू उन्मूलन गरेका छन् भने भुटान, दक्षिण कोरिया रटिमोर—लेट्से दादुरा उन्मूलन गर्न सफल भएका छन् ।

 

नेपाल र म्यानमारले ट्राकोमाउन्मूलन गरेका छन् । भारत यास रोगमुक्त भएको छ । थाइलेण्ड, श्रीलङ्का रमाल्दिभ्सले आमाबाट बच्चामा सर्ने एचआइभी र भिरीङ्गी (सिफिलिस)को उन्मूलन गरेकोछन् । बङ्गलादेश, भुटान, नेपाल र थाइलेण्डले हेपाटाइटिस बीलाई नियन्त्रण गरेका छन् ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

क्यानडामा रामकृष्ण ढकाल साँझ भब्य रूपमा सम्पन्न, बचत रकमबाट पशुपतिनाथ मन्दिरमा पुजा कार्यक्रम

टोरण्टो । असार १५ गते  ईन्टरनेशनल म्युजिक डे को अबसर पारेर क्यानडाको ब्राम्प्टन शहरमा आयोजना गरिएको “रामकृष्ण ढकाल साँझ“ भब्य रूपमा सम्पन्न भएको छ ।

समाज

सुनसरी दुर्घटना , मृतकको सङ्ख्या पाँच पुग्यो

इनरुवा । सुनसरी भोक्राहा–नरसिंह गाउँपालिका–३ जलुवा टोलस्थित पूर्व–पश्चिम राजमार्गमा आज भएको सवारी दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ ।

भूमिहीनलाई जग्गा वितरणको तयारी, ७ दिनभित्र हकदावी पेश गर्न आयोगले निकाल्यो  सूचना

वीरगंज ।  नेपाल सरकारको भूमि समस्या समाधान आयोग, जिल्ला समिति पर्साले सखुवा प्रसौनी गाउँपालिकाको बिभिन्न वडामा बसोबास गर्दै आएका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अब्यवस्थित बसोवासीलाई जग्गा उपलब्ध गराउने प्रक्रियाबारे ७ दिने  सार्वजनिक सूचना जारी गरेको छ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.