logo

जीतपुरसिमरा उपमहानगरको सरसफाई अभियान

      2/12/2018 गते 00 00 मा प्रकाशित     1688   पटक पढिएको


सिमरा, २९ माघ । खुल्ला दिशामुक्त र स्वच्छ नगर अभियान अन्तर्गत आईतवार जीतपुरसिमरा उपमहानगरपालिका १४ स्थित रजघट्टामा सरसफाई कार्यक्रम सम्पन्न भएको छ । 

 


सरसफाई अभियान सुरु हुनुअघि कार्यक्रममा बोल्दै जीतपुरसिमराका नगर प्रमुख डा. कृष्ण पौडेलले स्वच्छ नगरको अभियानलाई सफल बनाउन सबैलाई आग्रह गरे । उपमहानगरको अभियानमा जनप्रतिनिधिसंगै नगरबासी सहभागी हुदा सफलता मिल्ने भन्दै समाजप्रति सबैको उत्तिकै दायित्व रहेको बताए । 

 


निर्वाचित भएर आएको चार महिनामा जीतपुरसिमरा उपमहानगरको नगर सभा छिट्टै सम्पन्न गरेर त्यसको कार्यान्यवन अहिले भईरहेको उनको भनाई थियो । नगर सभा र उपमहानगरले सरसफाईलाई बिशेष प्राथमिकतामा राखेको भन्दै उनले सबै नगरबासी सहभागितामा खुल्ला दिशामुक्त र स्वच्छ नगर बनाइने बताए । 

 


सरसफाई अभियानमा उपप्रमुख सरस्वती चौधरी, वडाअध्यक्ष रामशरण बर्तौला, विभिन्नि राजनीतिक दलका प्रतिनिधि, सामाजिक संघसंस्थाका, विद्यालयका छात्रछात्रा र नगरबासीको सहभागिता रहेको थियो । रजघट्टाबाट सुरु भएको सरसफाई अभियान चौधरी टोलसम्म पुगेको थियो । 
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

पर्सामा मतदान प्रतिशत उच्च रहेको प्रराम्भिक अनुमान, यकिन बिवरण आउन केही समय लाग्ने

वीरगञ्ज ।  प्रतिनिधि सभाको निर्वाचनमा पर्सा जिल्लामा ६५ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान गरिएको छ ।

कञ्चनपुरमा निर्वाचन प्रहरीको मृत्यु

कञ्चनपुर । कञ्चनपुरमा निर्वाचन प्रहरीको मृत्यु भएको छ । जिल्लाको पुनर्बास नगरपालिकामा खटिएका निर्वाचन प्रहरीको आज उपचारका क्रममा मृत्यु भएको हो ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.