logo

बाराको प्रसौनी गाँउपालिका पुर्ण खोपयुक्त घोष्णा

      2/9/2018 गते 00 00 मा प्रकाशित     1956   पटक पढिएको

कलैया २६ माघ । बाराको प्रसौनी गाउँपालिकालाई शुक्रवार एक भब्य समारोहका वीच पूर्णखोपयुक्त गाउँपालिका घोषणा गरिएको छ । गाउँपालिका भित्र रहेका सबै वालवालिकाहरु आवश्यक खोपको पहुचमा पुगेपछि खोपयुक्त गाउँपालिका घोषणा गरिएको हो । 

 


  “स्थानीय स्वामित्व र सहभागिता,पुर्ण खोप सुनिश्चिता हाम्रो प्रबिद्धता” भन्ने नाराका साथ आयोजना गरिएको कार्यक्रममा जिल्ला खोप समितिका अध्यक्ष नवलबिशोर सिहंले गाउँपालिकालाई पूर्ण खोप युक्त गाउँपालिका घोषणा गरेका थिए ।

 

घोषणा कार्यक्रममा जिल्ला खोप समितिका अध्यक्ष सिहंले गाउपालिकाका अध्यक्ष भोला प्रसाद गुप्तालाई पुर्ण खोप युक्त गाउँपालिकाको प्रमाण पत्र दिएर पुर्ण खोप युक्त गाउपालिका भएको घोषणा गरेका हुन् । जिल्ला जनस्वास्थ्यका खोप अधिकृत सुनिल कुमार श्रीवास्तवले बारामा ५ सय ६ ओटा खोप केन्द्र रहेको जहाँबाट १८ हजार शिशुलाई खोप दिदै आएको जानकारी दिए ।

 

जिल्ला जनस्वास्थ्य कार्यालय बाराका प्रमुख डाक्टर रोश्नलाल चौधरीले सम्पुर्ण मापदण्ड पुरा गरेपछि गाउँपालिकालाई पुर्ण खोप युक्त गाउँपालिका घोषणा गरिएको बताए  । गाँउपालिका अध्यक्ष भोला गुप्ताको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

मोहम्मद जयन्तीमा मुस्लिम समुदायका लागि सार्वजनिक बिदा

वीरगन्ज। सरकारले मोहम्मद जयन्तीको अवसरमा बुधबार नेपाली मुस्लिम धर्मावलम्बीका लागि सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

मधेश सरकारको काम,प्रदेशको शान्ति सुरक्षाकालागि प्रहरीलाई १२ गाडी हस्तान्तरण

जनकपुरधाम । मधेश प्रदेश सरकारले नेपाल प्रहरीलाई १२ वटा गाडी प्रदान गरेको छ । प्रदेश सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालयले १२ वटा पिकअप जिप खरिद गरेर नेपाल प्रहरीलाई हस्तान्तरण गरिएको हो ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.