logo

पुरुषबाट महिला बनेकी नेपाली महिला यस्तो रहेछ कहानी

      12/18/2017 गते 00 00 मा प्रकाशित     2085   पटक पढिएको

 

काठमाडौ । सहयात्री समाज वीरगन्जकी कार्यक्रम संयोजक सन्ध्या लामाले पुरुष लिंग परिवर्तन गरी महिला पहिचान कायम गरेकी छिन् । झन्डै एक दशक तेस्रोलिंगीको पहिचान बोकेर सार्वजनिक जीवन व्यतीत गरेकी सन्ध्याले गत साउन २४ गते थाइल्यान्डको राजधानी बैंककस्थित प्रतुनाम पोलिक्लिनिकमा सेक्सुअल रिअसाइन्मेन्ट सर्जरी गराएकी हुन् । त्यहाँका मुख्य चिकित्सिक डा. थेपसहितको चिकित्सक टोलीले पाँच घण्टा लामो शल्यक्रियापछि उनको पुरुष लिंग हटाएर महिला यौनांग प्रत्यारोपण गरेको थियो ।
लामो आरामपछि अहिले कार्यालयको जिम्मेवारी पुनस् सम्हाल्न थालेकी सन्ध्याले लिंग परिवर्तनपछि आफूले बिल्कुलै नौलो अनुभूति गरेको बताइन् । ‘मेरो सपना थियो, शारीरिक रूपमा पनि महिला पहिचान बनाउने,’ सन्ध्याले भनिन्— अहिले त्यो पूरा भएको छ । महिलाको जस्तो पाठेघर प्रत्यारोपण भने आफूले नगरेको उनले बताइन् । सन् २०१२ मा उनले बैंककको प्रतुनाम पोलिक्लिनिकबाटै स्तनको शल्यक्रिया गरी स्तन विकास गराएकी थिइन् । सन्ध्याले आफ्नो स्वर महिलाको जस्तो बनाउन घाँटीको शल्यक्रिया गर्न बाँकी रहेको पनि बताइन् । नेपालमा लिंग परिवर्तन गरी पुरुषबाट नारीमा परिवर्तन भएका करिब दुई दर्जन मानिस छन् ।
सात वर्षयता तेस्रोलिंगी तथा समलिंगीको हकहितमा कार्यरत संस्था सहयात्री समाजको वीरगन्जस्थित कार्यालयमा कार्यक्रम प्रमुखको जिम्मेवारी सम्हाल्दै आएकी सन्ध्याले काठमाडौंस्थित नेपाल मानविकी क्याम्पसबाट १२ कक्षासम्म अध्ययन गरेकी छिन् । उनी पत्रकारिताकी छात्रा हुन् । २००८ मा काठमाडौंमा विश्व बैंकले आयोजना गरेको तेस्रोलिंगीहरूको ‘मिस ब्युटी एन्ड ब्रेन’ प्रतियोगिताको उपाधि जितेकी सन्ध्याले त्यसपछि बैंककमा भएको तेस्रोलिंगीको ‘मिस इन्टरनेसनल क्विन’ मा भाग लिने अवसर प्राप्त गरेकी थिइन् । उक्त प्रतियोगितामा उनी उत्कृष्ट १० सम्म पुगेकी थिइन् । नेपालमै लेजर प्रविधिबाट दार्‍ही–जुँगा हटाइसकेकी सन्ध्या गोरी मात्र छैनन्, उनीसँग आकर्षक उचाइ र बान्की परेको शरीर समेत छ ।
पुरुषका रूपमा जन्म लिएर पनि एक दशकअघि साहसिक रूपमा आफूलाई तेस्रोलिंगीका रूपमा सार्वजनिक गरेयता उनले महिला वेशभूषा र काया धारण गरेकी हुन् । झट्ट हेर्दा उनलाई कसैले पनि तेस्रोलिंगी भन्न सक्दैनथे ।
आकर्षक व्यक्तित्वकै कारण सन्ध्याले विभिन्न चलचित्र तथा म्युजिक भिडियोहरूमा नृत्य गर्ने अवसरसमेत प्राप्त गर्दै आएकी छिन् । गत वर्ष भारतको मुंगेरमा एउटा भोजपुरी म्युजिक भिडियोमा अभिनय गरेकी सन्ध्याले भोजपुरी चलचित्र ‘किस्मत’ को एउटा आइटम गीतमा समेत आकर्षक नृत्य गरेकी छिन् । त्यसअघि उनले भोजपुरी चलचित्र ‘जब प्यार किया तो डरना क्या’ मा एचआईभीसम्बन्धी जनचेतना फैल्याउने भूमिका निर्वाह गरेकी थिइन् ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

मोहम्मद जयन्तीमा मुस्लिम समुदायका लागि सार्वजनिक बिदा

वीरगन्ज। सरकारले मोहम्मद जयन्तीको अवसरमा बुधबार नेपाली मुस्लिम धर्मावलम्बीका लागि सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

मधेश सरकारको काम,प्रदेशको शान्ति सुरक्षाकालागि प्रहरीलाई १२ गाडी हस्तान्तरण

जनकपुरधाम । मधेश प्रदेश सरकारले नेपाल प्रहरीलाई १२ वटा गाडी प्रदान गरेको छ । प्रदेश सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालयले १२ वटा पिकअप जिप खरिद गरेर नेपाल प्रहरीलाई हस्तान्तरण गरिएको हो ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.