logo

सरकारले विदेशी औषधि आफै खरिद बिक्री गर्ने

      5/13/2017 गते 00 00 मा प्रकाशित     1731   पटक पढिएको

काठमाडौँ, ३० वैशाख । स्वास्थ्य मन्त्रालयले अनुगमनका लागि खटाएको सुझाव समितिले आयातित औषधि महँङ्गो पर्ने गरेको प्रतिवेदन बुझाएपछि सरकारले औषधि खरिद बिक्री आफैले गर्ने निर्णय गरेको छ ।


सरकारले विदेशी कम्पनीबाट किन्नुपर्ने औषधि सिधैँ खरिद गरी सरकारी अस्पतालका फार्मेसीबाट बेच्ने तयारी गरेको हो । स्वास्थ्य मन्त्रालय औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकालको संयोजकत्वमा गठित सुझाव समितिले दिएको प्रतिवेदनमा सरकारले आफैँले औषधि खरिद गरी बिक्री गर्दा ५० प्रतिशतसम्म सस्तो पर्ने उल्लेख छ ।

स्वास्थ्यमन्त्री गगनकुमार थापाले सुझाव समितिले आत्मनिर्भर हुनसकिने औषधिमा स्वदेशी उद्योगकै औषधि प्रयोग गर्न दिएको सुझावलाई पनि कार्यान्वयन गर्ने निर्णय भएको बताउनुभयो । उहाँले भन्नुभयो, “स्वदेशी औषधि उद्योगलाई प्राथमिकता दिँदा औषधिको मूल्य सस्तो हुनुपर्ने, पर्याप्त गुणस्तरको हुनुपर्ने र नेपाली उद्योगको सिन्डिकेट तथा एकाधिकार हुन नदिने विषयमा पनि मन्त्रालय गम्भीर रहेको छ ।’’


नेपाली बजारमा बिक्री हुँदै आएका क्यान्सर, मिर्गौला लगायत रोगका औषधि दुई हजार २०० प्रतिशतसम्म बढी मूल्य राखेर बिक्री हुनेगरेको तथ्य फेला परेको मन्त्रालयको दाबी छ । अहिलेसम्म स्वदेशी कतिपय औषधि विदेशी भन्दा महङ्गो हुने गरेकोमा खपत बढ्न थालेपछि स्वदेशी पनि सस्तो हुने मन्त्रालयको विश्वास छ ।


मन्त्रिपरिषद्को गत मङ्गलबारको बैठकले औषधिको मूल्य निर्धारण गर्न र सुपथ मूल्यमा खरिद बिक्री गर्न सार्वजनिक खरिद व्यवस्थापन कार्यालयका सचिवको संयोजकत्वमा अर्थ मन्त्रालय र स्वास्थ्य मन्त्रालयका प्रतिनिधि रहेको उच्चस्तरीय समिति गठन गरिसकेको छ ।


समितिले कसरी उपभोक्तालाई सस्तोमा गुणस्तरीय औषधि उपलब्ध गराउन सकिन्छ भन्ने सुझाव सरकारलाई पेस गर्ने मन्त्रालयले जनाएको छ । सरकारको कुनै निकाय वा अहिले भइरहेको खरिद इकाइ मार्फत अन्तर्राष्ट्रिय उत्पादकसँग सुपथ मूल्यमा सोझै औषधि खरिद गर्ने मन्त्रालयको योजना छ । यसरी खरिद गरी बिक्री गर्दा बिरामीले ५० प्रतिशतसम्म सस्तोमा औषधि प्राप्त गर्ने बताइएको छ ।


नेपालमा औषधिको उत्पादन निजीस्तरमा केमी ड्रग प्रालि २०२६ सालमा स्थापना भएपछि सुरु भएको थियो । सरकारीस्तरमा २०२९ सालमा नेपाल औषधि लिमिटेडको स्थापना भएपछि सुरु भएको थियो । सुझाव समितिका अनुसार अहिले ४९ वटा औषधि उद्योग, आठवटा पशुपक्षी औषधि उद्योग र ७३ वटा आयुर्वेदिक औषधि उद्योग सञ्चालनमा छन् । आयाततर्फ २९४ आधुनिक औषधि उद्योग, १३ बटा पशुपक्षी औषधि उद्योग र ३४ वटा आयुर्वेदिक औषधि उद्योग दर्ता छन् ।


आव २०७२/७३ को औषधि उत्पादन र आयातको तथ्याङ्क हेर्दा नेपाली उत्पादनको बजार हिस्सा ४६५, भारतीय उत्पादनको ५२५ र अन्य मुलुकको २५ रहेको प्रतिवेदनमा उल्लेख छ ।


विदेशी औषधि आयातकर्ताले भने सरकारको यस्तो कदम सफल नहुने चेतावनी दिएका छन् । उनीहरुले स्वदेशी औषधि र उद्योगलाई प्रोत्साहन गर्ने नाममा हस्तक्षेप गर्न खोजेको आरोप लगाएका छन् । अत्यावश्यक औषधि आयात ठप्प पार्ने चेतावनी दिँदैँ नेपाल औषधि आयातकर्ता सङ्घले आन्दोलनको घोषणा समेत गरेको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बाघको आक्रमणबाट ७० वर्षिय थारुको ज्यान गयो

सेढवा । पर्साको जिराभवानी गाउँपालिकामा बाघको आक्रमणबाट जिराभवानी गाउँपालिका–२ काठमाडौं टोल निवासी ७० वर्षीय नथुनी मिर्दाहा थारुको मृत्यु भएको छ ।

खाजा खर्च कटाएर विद्यार्थीले प्रधानमन्त्री राहत कोषमा गरे सहयोग

वीरगञ्ज । श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय, रामभौरी भाठाका विद्यार्थीहरूले आफ्नो खाजा खर्चबाट रकम बचत गरी प्रधानमन्त्री राहत कोषमा सहयोग गरेका छन्।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.