logo

सुनसरीका अधिकांश आयुर्वेद क्लिनिक अवैध

      5/9/2017 गते 00 00 मा प्रकाशित     2783   पटक पढिएको

इनरुवा, २६ वैशाख । सुनसरीका अधिकांश आयुर्वेद औषधि क्लिनिक कानुनी दायरामा नरहेको पाइएको छ । सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी मुनका न्यौपानेसहित जिल्ला आयुर्वेद केन्द्र इनरुवाका प्रमुख डा सूर्यनारायण मेहता र धरान आयुर्वेद केन्द्रका रामबाबु यादवलगायतको टोलीले सोमबार गरेको अनुगमनका क्रममा जिल्लाका अधिकांश आयुर्वेद औषधि क्लिनिक अवैधरुपमा सञ्चालन गरिरहेको पाइएको छ ।


आयुर्वेद औषधिको प्रयोग बढाउने सोचअनुरुप सरकारले पहल चालेपनि सञ्चालनमा रहेका जिल्लाका अधिकांश त्यस्ता क्लिनिक कानुनी दायरामा नरहेको पाइएको हो । सरकारी निकायको उदासीनताका साथै नियमित अनुगमन अभावमा मनोमानी ढङ्गले व्यवसायका रुपमा आयुर्वेद क्लिनिक जिल्लामा सञ्चालनमा रहेको स्थानीय तथा सरोकारवालाले बताएका छन् ।


जिल्ला प्रशासन कार्यालय सुनसरीले सोमबार गरेको अनुगमनका क्रममा धरान, इटहरीका क्षेत्रमा सञ्चालनमा रहेका आयुर्वेद क्लिनिकका साथै होमियोपेथिक औषधालय तथा क्लिनिक आवश्यक प्रक्रिया पूरा नगरी सञ्चालनमा रहेको फेला परेको सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी न्यौपानेले जानकारी दिनुभयो । दर्तासहितका आवश्यक प्रक्रिया पूरा नगरेको पाइएपछि धरानको फेन्दे हिमालयन सोरिग औषधालयलाई अनुगमन टोलीले स्वास्थ्य क्षेत्रमा खेलबाड नगर्न भन्दै तीन दिनभित्र पूर्णरुपमा कानुनी प्रक्रियामा आउन अल्टिमेटम दिएको छ ।

    
फेन्दे हिमालयनले औषधिमा मिति उल्लेख नगरी बिक्री गर्ने गरेको भेटाइएको थियो । टोलीले लाइफलाइन होमियो फार्मेसी क्लिनिक, स्पार्क फाइभ हस्पिटल प्रालि तथा विराट आयुर्वेदमा अनुगमन गरेको थियो । लाइफलाइनमा समेत कागजात फेला परेन भने स्पार्क फाइभ अन्यका तुलनामा केही व्यवस्थित पाइएको थियो ।

    
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको तथ्याङ्कमा सुनसरीमा क्लिनिक तथा औषधालयका नाममा पाँचवटा मात्र स्वीकृति प्राप्त छन् जबकी जिल्लामा ४० भन्दा बढी आयुर्वेद औषधालय तथा क्लिनिक सञ्चालनमा रहेको जिल्ला आयुर्वेद केन्द्र, इनरुवाले जनाएको छ ।

    
होमियोपेथिक औषधालय तथा क्लिनिक समेत जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमार्फत दर्ता रही सञ्चालन गरिनुपर्नेमा त्यसो नभएको पाइएपछि सुनसरी प्रशासनले सबैलाई कानुनी दायरामा आउन आग्रह गरेको छ ।

    
आयुर्वेद केन्द्रका डा सूर्यनारायण मेहताले प्रक्रियामा ल्याउने पहलस्वरुप अनुगमन थालिएको बताउनुभयो । सहायक प्रमुख जिल्ला अधिकारी मुनका न्यौपानेले अनुगमन गरिएका मात्रै नभएर सञ्चारको माध्यमबाट जानकारी पाएका सम्बन्धित व्यवसायीले आवश्यक प्रक्रिया पूरा गरी मात्र व्यवसाय सञ्चालन गर्न पाउने बताउनुभयो ।

    
निरन्तर अघि बढाइने अनुगमनका क्रममा अटेर गरेको पाइए प्रचलित ऐनअनुरुप कारबाही प्रक्रिया अघि बढाइने न्यौपानेको भनाइ छ । सर्वसाधारणमा आयुर्वेदतर्फको आकर्षण बढाउन र भरपर्दो सेवा प्रवाहका लागि समेत सचेतना तथा निरन्तर अनुगमनको खाँचो रहेको सहायक प्रजिअ न्यौपानेको भनाइ छ ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

रुङ्गटा वेलफेयर सोसाइटीको सहयोगमा छपकैया स्थित  केन्द्रमा वाटर फिल्टर कूलर जडान

वीरगंज । वीरगञ्ज महानगरपालिका–छपकैया–२ स्थित सामुदायिक प्रहरी सेवा केन्द्रमा वाटर फिल्टर कूलर जडान  गरिएको छ ।

शिक्षिका मेनुका बुढाथोकीको बाघमोर्चामा अन्त्येष्टी, ठोरी गाउँपालिका शोकमा

वीरगंज । ज्ञान ज्योति माध्यमिक विद्यालय ध्याडडाकी शिक्षिका मेनुका बुढाथोकीको पार्थिव शरीर ठोरी गाउँपालिका बाघमोर्चा मा धार्मिक विधिअनुसार आइतवार विहान साढे आठ बजे अन्त्येष्टि गरिएको छ ।

खेलकुद

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।

वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करणको ट्रफि सार्वजनिक

वीरगन्ज । वीरगञ्जमा ‘टिम आदर्शनगर’ को आयोजनामा हुने वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करण (बीपीएल–३) ट्रफी सार्वजनिक गरिएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.