logo

भरतपुर अस्पतालमा अतिरिक्त सेवा

      4/30/2017 गते 00 00 मा प्रकाशित     1721   पटक पढिएको


चितवन०, १७ वैशाख । भरतपुर अस्पतालले बहिरङ्ग सेवा (ओपिडी) थप गरेको छ ।

सुविधायुक्त सरकारी अस्पतालमा आउने बिरामीको सहजताका लागि यसरी सेवा विस्तार गरिएको हो । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा रुद्रप्रसाद मरासैनीका अनुसार अस्पतालमा ओपिडी सेवालाई विस्तार गरी २ बजेबाट बढाएर ३ बजेसम्म पु¥याइएको हो ।


तीन बजेपछि भने अतिरिक्त शुल्क लिएर अतिरिक्त सेवासमेत दिन थालिएको डा मरासैनीले जानकारी दिनुभयो । सो सेवा पाँच बजेसम्म चल्ने छ । बिरामीको चाप र निजी अस्पतालको महँगो सेवाबाट राहत मिलोस् भनेर सेवालाई विस्तार गरिएको अस्पतालले जनाएको छ ।


अतिरिक्त सेवामा आउने बिरामीका लागि टिकट शुल्क रु ३०० तोकिएको छ भने नियमित ओपिडीका लागि ज्येष्ठ नागरिकलाई रु १५ र अन्यलाई रु ३० पर्छ । स्वास्थ्य मन्त्रालयको निर्देशनमा सुरु भएको सेवाले विपन्न नागरिकलाई राहत मिल्ने छ । हाल भरतपुर अस्पतालमा ६०० श्यया रहेको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको अप्रेशन  सिन्दुर,पाकिस्तान नियन्त्रित नौ स्थानमा मिसाइल आक्रमण

वीरगंज।  भारतले बुधबार  पाकिस्तान र पाकिस्तान नियन्त्रित कश्मीर (पीओके) मा रहेको ‘आतङ्कवादी केन्द्रहरु’ नौ स्थानमा हमला गरेको  घोषणा गरेको छ  ।

अमेरिकाको टेक्सस राज्य संसदद्वारा १३ मार्चलाई ‘नेपाली लुम्बिनी एड्भोकेसी डे’ घोषणा

टेक्सस ।  अमेरिकाको टेक्सस राज्य संसद्ले १३ मार्चलाई ‘नेपाली लुम्बिनी एड्भोकेसी डे’ घोषणा गरेको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.