logo

नेकपा एमालेमा अनुभवी राजनीतिज्ञहरुको ध्रुवीकरण तिब्र, हिजो सिंह आज यादव प्रवेश, एमालेले जीत निकाल्ने दावी

 इसीमाना सम्वाददाता     २०८२ फागुन १८ गते १०: ३२ मा प्रकाशित     354   पटक पढिएको

वीरगंज । नेपाली कांग्रेसका महासमिति सदस्य रामबिलाश प्रसाद यादव  सोमवार नेकपा एमालेमा प्रवेश गरेका छन ।

 

साविकको हरपतगंज गाविसका उपाध्यक्ष समेत भइसकेका यादव सहित युवाहरु पनि एमालेमा प्रवेश गरेका छन ।

 

नवप्रवेशीहरुलाई नेकपा एमालेका केन्द्रीय सदस्य एवं पर्सा इन्चार्ज प्रभू हजरा र नेकपा एमालेका उम्मेदवार प्रदीप यादवले पार्टीमा स्वागत गरेका थिए । 

May be an image of one or more people
यादवको प्रवेशले पर्सा क्षेत्र नं १ को परिणाम एमालेको पक्षमा ल्याउन थप सहज हुने एमालेका केन्द्रीय सदस्य प्रभू हजराले बताए । उनले एमाले बिरुद्ध देशी बिदेशी सबै षडयन्त्रहरु एक साथ भएका छन  , एमालेलाई घेराबन्दीमा पार्नेकाममा सबै लागेका छन तर जनताको तहबाटै ति षडयन्त्रहरु परास्त हुदै गएको बताए ।

 

जनता एमालेको झण्डामुनी ध्रुविकृत हुदै राष्ट्र जलाउनेहरुको बिरुद्ध संगठीत भइरहेको उनले बताए । उनले आजको लडाई देश जोगाउने र जलाउनेको वीचको लडाई भएको चर्चा गर्दै देश जोगाउने पार्टी नेकपा एमाले मात्र भएको बताए । 

 


नेकपा एमलेका उम्मेदवार  यादवले मुलुक चलाउने प्रमुख कानून संबिधानको रक्षा आजको महत्वपूर्ण बिषय भएको बताए । संबिधान बांच्दा मात्र हामीले लडेर ल्याएको संघीयता र गणतन्त्र बाँच्ने बताए ।

 

उनले संबिधान रह्यो यो ब्यवस्था रह्यो भने मात्र हाम्रा अन्य माँगहरु आवश्यकताहरु पुरा गर्ने वतावरण बन्ने बताए । उनले आफू जनप्रतिनिधिको रुपमा सबदैव जनताको सुख दुःखमा रहेकोले मैले गरेका कामहरुलाई नै मूल्याकंन आधार बनाउन समेत आग्रह गरेका छन । 


पार्टी प्रवेश गरेका यादवले नेकपा एमाले राष्ट्रको सचचा पहरेदार भएको बताए । उनले एमालेको राजनीति सुझबुझ र अडानका कारण आफू प्रभावित भएर कांग्रेस त्याग्ने निर्णयमा पुगेको बताए । 


हिजो मात्र ैवीरगञ्ज महानगरपालिका वडा नं २०  साविक हरपतगंज  गाविसका पूर्व अध्यक्ष हरिशंकर प्रसाद सिंह नेपाल कम्युनिष्ट पार्टी ९एमाले० मा प्रवेश गरेका थिए। 

 
 सिंहको प्रवेशले उत्साहित भएको एमाले पंक्तिलाई यादवको प्रवेशले झनै उत्साहित बनाएको छ ।  दुबै अनुभवी तथा जनआधार भएका नेताको एमाले प्रवेशले  समग्र वीरगञ्जमा  सकारात्मक सन्देश प्रवाह भएको नेकपा एमाले पसाृका प्रचार बिभाग प्रमुख सुन्दर कुर्मीले बताए।

 

कुर्मीले केही संचार माध्यमले एमालेलाई तेश्रो बनाएर आत्मरतीमा रमाउदै गरेको चर्चा गर्दै एमालेमा हुदै गएको ध्रुवीकरणले पर्सा १ मा नेकपा एमालेले जीत निकाल्ने बताए ।

 

उनले हरपतगंजका पूर्व अध्यक्ष र उपाध्यक्षको नेकपा एमाले प्रवेशले अन्य क्षेत्रमा पनि ध्रुवीकरणको लहर सृजना गर्ने बताए । 

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

पत्रकारद्वय गुप्ता र सर्राफलाई साधारण तारेखमा रिहा गर्न पर्सा जिल्ला अदालतको आदेश

वीरगञ्ज । पत्रकार राहुल गुप्ता र श्याम सर्राफ पर्सा जिल्ला अदालतबाट साधारण तारेखमा रिहा भएका छन । उनीहरु बिरुद्ध पर्सा क्षेत्र नं १ का साँसद बुद्धिप्रसाद पन्तले बिधुतीय कारोवार ऐन अन्र्तगत मुद्धा  गरेका थिए ।

सात विश्व कीर्तिमान बनाएका डा.आशिश विष्ट देशको सेवा गर्न भन्दै नेपाल फर्किए

काठमाडौं । डा.आशिष विष्टले आफूले विश्वस्तरमा सात वटा शैक्षिक कीर्तिमान तथा ४ वटा ग्लोबल उपाधि हासिल गरेको प्रमाणहरु सार्वजनिक गरेका छन् ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.