logo

अनुभवी राजनीतिज्ञ सिहं र श्रम संस्कृति पार्टीका महानगर अध्यक्ष अख्तर एमालेमा प्रवेश, एमाले पंक्ति उत्साहित

 इसीमाना सम्वाददाता     २०८२ फागुन १७ गते ०५: ५३ मा प्रकाशित     387   पटक पढिएको

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नं २०  साविक हरपतगंजका  गाविसका अध्यक्ष हरिशंकर प्रसाद सिंह नेपाल कम्युनिष्ट पार्टी (एमाले) मा प्रवेश गरेका छन्। 

 

नवप्रवेशी सिंहलाई पर्सा–१ का नेकपा एमलेका उम्मेदवार प्रदीप यादवले अबिर–टिका र माला लगाएर पार्टीमा स्वागत गरेका थिए।  सिंहको एमाले प्रवेशले एमाले पंक्ति उत्साहित भएको उम्मेदवार यादवले बताए ।  

 

अनुभवी तथा जनआधार भएका नेताको एमाले प्रवेशले  समग्र वीरगञ्जमा  सकारात्मक सन्देश प्रवाह भएको छ।

May be an image of one or more people, beard and text

प्रवेशपछि बोल्दै सिंहले नेकपा एमालेले मुलुकको राजनीति प्रष्ट अडान राख्दै आएको बताए । उनले भने एमाले जनताको बिरोधमा छ जस्तो लाग्ने तर दीर्घकालीन रुपमा उसले लिएको अडान मुलुककोलागि महत्वपूर्ण हुदै आएको बताए ।

 

उनले भने  देशको बिकासका बिषयमा पनि एमालेको नेतृत्व आवश्यक रहेको बताए । मधेशका जिल्लाहरुको आधुनीकीकरणकालागि बजेट बिनियोजन, हुलाकी राजमार्गको निर्माण , तराई मधेश समृद्धि कार्यक्रम मार्फत बिकासको गति तिब्र बनाउने पार्टी एमाले नै भएको बताए ।

 

उनले राष्ट्रको राक्षा जनताको सार्वभौम सत्ताको सम्मान एमालेले मात्र गरेको उनले बताए । 

 

 सिंहको प्रवेशसँगै वडा नं.२० मा एमालेको प्रभाव थप विस्तार हुने आकलन गरिएको छ।

 

यसैगरि  श्रम संस्कृति पार्टी का वीरगञ्ज महानगरपालिका नगर अध्यक्ष शोयब अख्तर पनि नेकपा (एमाले) मा प्रवेश गरेका छन । 


उम्मेदवार यादव सहितका एमाले नेता तथा कार्यकर्ताले अख्तरलाई पार्टीमा स्वागत त गरेका थिए। कार्यक्रममा बोल्ने वक्ताहरूले अख्तरको आगमनसँगै पार्टी संगठन अझ सशक्त, एकताबद्ध र गतिशील बन्ने विश्वास व्यक्त गरे।

 

पार्टी प्रवेशपछि प्रतिक्रिया दिँदै अख्तरले वीरगञ्जको समृद्धि, सुशासन र दिगो विकासका लागि प्रदीप यादवको आवश्यकता रहेको बताए ।।

 

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

पत्रकारद्वय गुप्ता र सर्राफलाई साधारण तारेखमा रिहा गर्न पर्सा जिल्ला अदालतको आदेश

वीरगञ्ज । पत्रकार राहुल गुप्ता र श्याम सर्राफ पर्सा जिल्ला अदालतबाट साधारण तारेखमा रिहा भएका छन । उनीहरु बिरुद्ध पर्सा क्षेत्र नं १ का साँसद बुद्धिप्रसाद पन्तले बिधुतीय कारोवार ऐन अन्र्तगत मुद्धा  गरेका थिए ।

सात विश्व कीर्तिमान बनाएका डा.आशिश विष्ट देशको सेवा गर्न भन्दै नेपाल फर्किए

काठमाडौं । डा.आशिष विष्टले आफूले विश्वस्तरमा सात वटा शैक्षिक कीर्तिमान तथा ४ वटा ग्लोबल उपाधि हासिल गरेको प्रमाणहरु सार्वजनिक गरेका छन् ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.