logo

वीरगञ्जमा धार्मिक–सामाजिक सद्भाव कायम राख्न सर्वपक्षीय बैठकका तीन निर्णय

 इसीमाना सम्बाददाता     २०८२ फागुन ११ गते ०४: ५८ मा प्रकाशित     361   पटक पढिएको

बीरगंज । वीरगंज महानगरपालिका–११ श्रीपुर क्षेत्रमा फाल्गुण १० गते बेलुकी भएको घटनाको सन्दर्भमा आयोजित सर्वपक्षीय बैठकले तीन बुँदे निर्णय सार्वजनिक गरेको छ।

 

बैठकमा स्थानीय जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, धार्मिक अगुवा तथा नागरिक समाजका सदस्यहरूको सहभागिता रहेको थियो।

 

पहिलो निर्णयअनुसार, घटनामा संलग्न दोषी पक्षलाई स्थानीय प्रशासनले कानुनी दायरामा ल्याउने र पीडित पक्षबाट जाहेरी लिई दर्ता गरी आवश्यक प्रक्रिया यथाशीघ्र अगाडि बढाउने सहमति भएको छ।

 

 दोषीलाई कानुनी कारबाहीका लागि धार्मिक तथा सामाजिक अगुवाहरूले समेत सहजीकरण गर्ने उल्लेख गरिएको छ।

 

दोस्रो निर्णयमा, व्यक्तिगत घटना वा दुर्घटनालाई लिएर धार्मिक तथा सामाजिक सद्भावमा खलल पुग्ने गरी भड्काउने, दुष्प्रचार गर्ने, सामाजिक सञ्जालमा सामग्री भाइरल बनाउने तथा ‘हेट स्पिच’ फैलाउने कार्य नगर्न आग्रह गरिएको छ।

 

यस्ता गतिविधि भएमा साइबर कानुन तथा प्रचलित कानुनबमोजिम तत्काल कारबाहीको दायरामा ल्याइने चेतावनी दिइएको छ।

 

तेस्रो निर्णयअनुसार, आगामी दिनमा धार्मिक तथा सामाजिक सद्भाव कायम राख्न बैठकमा उपस्थित सबै पक्षले आ–आफ्नो संस्था तथा निकायबाट संयमता अपनाउन र शान्ति–सद्भावको सन्देश प्रवाह गर्न प्रतिबद्धता जनाएका छन्।

 

बैठकको निर्णयपत्रमा सहभागी प्रतिनिधिहरूले हस्ताक्षरसमेत गरेका छन्। स्थानीय प्रशासनले घटनाबारे आवश्यक अनुसन्धान अघि बढाइरहेको जनाएको छ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

यौनजन्य हिंसाविरुद्ध वीरगञ्जमा प्रहरीको सचेतना र्‍याली

वीरगञ्ज  । यौनजन्य हिंसाविरुद्ध जनचेतना फैलाउने उद्देश्यले वीरगञ्जमा सचेतनामूलक र्‍याली निकालिएको छ।

लायन्स क्लब अफ वीरगञ्ज मिलेनियम (MJF) द्वारा विपन्न परिवारलाई साडी, खाद्यान्न तथा छठ पूजा सामग्री वितरण

वीरगञ्ज । छठ पर्वको पावन अवसरमा लायन्स क्लब अफ वीरगञ्ज मिलेनियम (MJF) ले सामाजिक उत्तरदायित्व तथा मानवीय सेवाको भावनालाई आत्मसात् गर्दै ९० विपन्न तथा आर्थिक रूपमा कमजोर परिवारलाई साडी, खाद्यान्न एवं छठ पूजाका आवश्यक सामग्री वितरण गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.