पर्सा। पर्साको क्षेत्र नं १ मा नेपाली कांग्रेसका उम्मेदवार अनिल रुङ्गटालाई जीताउन नेपाल बिद्यार्थी संघले बिशेष अभियान संचालन गर्ने भएको छ ।
प्रतिनिधि सभा सदस्यमा विजयी गराउन सहयोग पुर्याउने उद्देश्यसहित नेपाल विद्यार्थी संघले युवाहरूवीच जनसम्पर्क र संगठन विस्तारमा सक्रियता देखाएको हो ।
उम्मेदवार रुङ्गटाले नेपाली कांग्रेसले युवाहरूको पहलको सराहना गर्दै भने, “लोकतन्त्रको रक्षा, संविधान कार्यान्वयन, समावेशी विकास र युवा प्रतिनिधित्वलाई केन्द्रमा राखेर युवाहरूले गरेको यो पहल सार्थक हुनेमा विश्ववास ब्यक्त गरे ।
उनले युवाका लागि रोजगारको अवसर सिर्जना गर्नकालागि नेपाली कांग्रेसको सरकार बन्न आवश्यक रहेको बताए । उनले भ्रष्टाचार उन्मूलन, कानूनको प्रभावकारी कार्यान्वयन, र सरकारी सेवा पारदर्शी बनाउने आफनो एजेण्डा रहेको बताए ।
कार्यक्रममा नेपाल बिदार्थी संघका नेताहरुले नेपाली कांग्रेसको जीतका निम्ति युवा बिद्यार्थीले पहलकदमी लिने बताएका छन । ।
उनीहरुले बिधिको शासन र लोकतान्त्रिक आचरणलाई जीवन पद्धतीका रुपमा अपनाउने वतावरण बनाउन नेपाली कांग्रेसको नेतृत्व अपरिहार्य रहेकोले संघले युवा र बिद्यार्थीको परिचालनमा ध्यान दिने बताए ।
तपाईको प्रतिक्रिया