वीरगंज । नेकपा एमाले बहुदरमाई नगर कमिटीले बिहिवार स्थानीय अगुवा कार्यकर्ताका लागि विशेष भेला सम्पन्न गरेको छ ।
कार्यक्रममा वीरगंज महानगरपालिकाका प्रथम नगरप्रमुख तथा नेकपा एमाले केन्द्रीय कमिटि सदस्य बिजय कुमार सरावगीले अहिलेको चुनावको महत्वका बारेमा चर्चा गरेका थिए ।
उनले सुशासन र समानताको प्रत्याभूतीकालागि एमालले चुनाव जित्नु पर्ने आवश्यकता रहेको बताए । उनले पार्टीले नागरिकको जीवनस्तर सुधार, सुशासन, रोजगारी सृजना र सामाजिक न्याय सुनिश्चित गर्ने लक्ष्य लिएको बताए ।
भेलामा पार्टीका मधेश प्रदेशका उपाध्यक्ष बिचारी यादवले पार्टीको ध्येय र मिशनमा अझ जिम्मेवारीपूर्वक सहभागी भई जनताको विश्वास जित्न लाग्नु पर्ने बताए ।
उनले जेनजी उम्मेदवारलाई पार्टीले जनताको वीचमा उतारेर जेनजीले उठाएको भ्रष्टाचारमुक्त र सुशासनयुक्त ब्यवस्थाको माँग सम्बोधन गरेको बताए ।
पार्टीका स्थानीय नेता, सक्रिय कार्यकर्ता तथा संगठनका प्रतिनिधिहरूले आगामी निर्वाचन तयारी, पार्टी संगठन सुदृढीकरण र क्षेत्रीय जनसम्पर्क विस्तारबारे विस्तृत छलफल गरे।
कार्यक्रममा पार्टीको तर्फबाट प्रस्तुत उम्मेदवार रिमा यादवले सामाजिक न्याय र लोक कल्याण्कोलागि एमालेको सरकार आवश्यक रहेको बताइन ।
उनले सडक, पुल, खानेपानी, बिजुली, र स्वास्थ्य सेवाको दिगो विकास र कृषि र स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्दै ग्रामीण अर्थतन्त्र सशक्त बनाउने आफ्नो योजना रहेको सुनाइन ।
कार्यक्रममा पार्टीका विभिन्न तहका नेता र कार्यकर्ताबीच अनुभव आदान–प्रदान भए, आगामी राजनीतिक अभियानमा एकताको महत्व र समन्वय आवश्यक रहेको जोड दिइयो।
भेलाले स्थानीय संगठनलाई मजबुत बनाउने र आगामी निर्वाचनमा एमालेको प्रभावकारी उपस्थिति सुनिश्चित गर्ने विश्वास व्यक्त गरिएको छ।
तपाईको प्रतिक्रिया