logo

गांजा ब्यपारका टाईकुन मधुवन मथवलका साह भारतीय प्रहरीकाे फन्दामा

 ईसीमाना सम्वाददाता     २०८२ मंसिर २२ गते १३: १६ मा प्रकाशित     212   पटक पढिएको

बीरगंज पर्साबाट एक युवकलाई भारतीय प्रहरीले अपहरणा शैलीमा नियन्त्रणमा लिएकने छ। 

 

 पर्साको सखुवा प्रसौनी गाउँपालिका–५, खजुरियाका मेघराज साहलाई भारतीय प्रहरीले वीरगन्जस्थित राधेमाइ टोलबाट समन्वयबिनै नियन्त्रणमा लिएर भारततर्फ लगेको खुलासा भएको छ।

स्थानीय प्रशासनलाई जानकारी नदिई यसरी सीमा पारि लैजानु ‘अपहरण शैली’ को कार्य भएको परिवार र स्थानीयहरूले आरोप लगाएका छन्।

 

स्रोतका अनुसार भारतीय नम्बरको थार गाडीमा आएका तीन जना सादा पोशाकका भारतीय प्रहरी खजुरिया गाउँ हुँदै मनवा बजारतर्फ साहको खोजतलासमा पुगेका थिए। पछि उनीहरू वीरगन्ज महानगरपालिका–१३ राधेमाइ टोलस्थित साहको निवासमै पुगेका थिए। त्यहीँबाट साहलाई नियन्त्रणमा लिएर भारततर्फ लगिएको परिवारजनले बताएका छन्।

 

 यसअघि भारतमा ५० किलोभन्दा बढी चरेशसहित एक व्यक्ति पक्राउ परेका थिए। सो व्यक्तिको बयानका आधारमा मेघराज साहको नाम जोडिएपछि भारतीय प्रहरीले उनलाई खोजी गरिरहेको बताइएको छ। तर पर्सा प्रहरी भने यो घटनाबारे पूर्ण रूपमा बेखबर छ।

 

प्रहरीसँग कुनै समन्वय वा सूचना परामर्श नगरी नेपाली नागरिकलाई यसरी लैजानु ‘नियमविरुद्ध र गम्भीर विषय’ रहेको प्रहरी स्रोतले जनाएको छ।

 

 पर्सा प्रहरीका प्रवक्ता हरिबहादुर बस्नेतले घटनाबारे जानकारी प्राप्त भएपछि बुझ्ने काम भइरहेको बताए।

 

उनका अनुसार, “हामी घटनाको तथ्य परक विवरण संकलन गर्दैछौँ। प्रहरीसँग समन्वयबिनै नागरिक लगिएको हो कि भन्नेबारे जाँचबुझ जारी छ।

 

” घटनाले सीमा क्षेत्रको सुरक्षा प्रणाली र द्विपक्षीय समन्वय प्रक्रियामै प्रश्न उठेको चर्चा स्थानीयस्तरमा भइरहेको छ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

समाज

रौतहटमा दुर्घटनापछिको तनाव, क्षतिपूर्तिको माग गर्दै पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

रौतहट । रौतहटको चन्द्रनिगाहपुरस्थित मोथियाही पुल नजिकै शनिबार दिउँसोदेखि मृतकका आफन्तले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध पारेका छन्।

हेटौंडामा भोलिदेखि देखि सडक विस्तारः २५/२५ गजभित्रका संरचना हटाइने,२५ वटा डोजर र २५ वटा अन्य मेसिन प्रयोग हुने

हेटौंडा । भोलिदेखि हेटौंडाको रातोमाटेदेखि बुद्धचोक हुँदै राप्ती पुलसम्म, साथै बुद्धचोक–सामरी पुल खण्डसम्म पर्ने २५/२५ गजभित्रका घर–टहरा तथा अन्य संरचना भत्काइने भएका छन्।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.