logo

गांजा ब्यपारका टाईकुन मधुवन मथवलका साह भारतीय प्रहरीकाे फन्दामा

 ईसीमाना सम्वाददाता     २०८२ मंसिर २२ गते १३: १६ मा प्रकाशित     842   पटक पढिएको

बीरगंज पर्साबाट एक युवकलाई भारतीय प्रहरीले अपहरणा शैलीमा नियन्त्रणमा लिएकने छ। 

 

 पर्साको सखुवा प्रसौनी गाउँपालिका–५, खजुरियाका मेघराज साहलाई भारतीय प्रहरीले वीरगन्जस्थित राधेमाइ टोलबाट समन्वयबिनै नियन्त्रणमा लिएर भारततर्फ लगेको खुलासा भएको छ।

स्थानीय प्रशासनलाई जानकारी नदिई यसरी सीमा पारि लैजानु ‘अपहरण शैली’ को कार्य भएको परिवार र स्थानीयहरूले आरोप लगाएका छन्।

 

स्रोतका अनुसार भारतीय नम्बरको थार गाडीमा आएका तीन जना सादा पोशाकका भारतीय प्रहरी खजुरिया गाउँ हुँदै मनवा बजारतर्फ साहको खोजतलासमा पुगेका थिए। पछि उनीहरू वीरगन्ज महानगरपालिका–१३ राधेमाइ टोलस्थित साहको निवासमै पुगेका थिए। त्यहीँबाट साहलाई नियन्त्रणमा लिएर भारततर्फ लगिएको परिवारजनले बताएका छन्।

 

 यसअघि भारतमा ५० किलोभन्दा बढी चरेशसहित एक व्यक्ति पक्राउ परेका थिए। सो व्यक्तिको बयानका आधारमा मेघराज साहको नाम जोडिएपछि भारतीय प्रहरीले उनलाई खोजी गरिरहेको बताइएको छ। तर पर्सा प्रहरी भने यो घटनाबारे पूर्ण रूपमा बेखबर छ।

 

प्रहरीसँग कुनै समन्वय वा सूचना परामर्श नगरी नेपाली नागरिकलाई यसरी लैजानु ‘नियमविरुद्ध र गम्भीर विषय’ रहेको प्रहरी स्रोतले जनाएको छ।

 

 पर्सा प्रहरीका प्रवक्ता हरिबहादुर बस्नेतले घटनाबारे जानकारी प्राप्त भएपछि बुझ्ने काम भइरहेको बताए।

 

उनका अनुसार, “हामी घटनाको तथ्य परक विवरण संकलन गर्दैछौँ। प्रहरीसँग समन्वयबिनै नागरिक लगिएको हो कि भन्नेबारे जाँचबुझ जारी छ।

 

” घटनाले सीमा क्षेत्रको सुरक्षा प्रणाली र द्विपक्षीय समन्वय प्रक्रियामै प्रश्न उठेको चर्चा स्थानीयस्तरमा भइरहेको छ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

रौतहटका १८ स्थानीय तहमध्ये ३ वटा पालिकाले ल्याउन सकेनन  बजेट

चन्द्रपुर।  रौतहट जिल्लाका १८ स्थानीय तहमध्ये ३ वटाले निर्धारित समयमा  नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्न सकेनन ।

जीतपुर सीमरा बाणिज्य संघको चुनावः ब्यवसायीहरुको सारथी बन्न बजगाईको स्वतन्त्र उम्मेदवारी

वीरगंज । जीतपुर सीमरा उधोग वाणिज्यसंघ निर्वाचन भोली असार ७ गते हुदैछ ।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.