logo

पर्सामा निषेधाज्ञा फेरी थपियो,सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार, संचालनमा रोक कायमै

      7/4/2021 गते 00 00 मा प्रकाशित     723   पटक पढिएको

पर्साका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले आइतवार  पर्सा जिल्लामा सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, स्वीमिंग पुल, मनोरञ्जन स्थल, जिमखाना लगायतका भिडभाड हुने स्थानहरुलाई अर्को निर्णय नहुदा सम्मकालागि बन्द राख्ने आदेश जारी गर्नु भएको छ । 

त्यसैगरि शैक्षीक संस्थाहरु, विद्यालय, कलेज, ट्युशन सेन्टर आदिलाई पनि हाललाई बन्द राख्ने आदेशमा उल्लेख छ । पर्सा सीमासंज जोडिएको जिल्ला भएपनि बीरगंज रक्सौलमा रहेको इनर्वा नाकाबाहेक अन्य कुनै नाकाबाट ब्यक्तीको आवागमन नहुने ,सीमा वारपार गर्न नपाइने पसार्का प्रमुख जिल्ला अधिकारीले जारी गरेको आदशेमा उल्लेख छ । यस अघि आइतवारे बसेको  


जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) पर्साको बैठकले बैशाख १६ गतेदेखि जारी निषेधाज्ञालाई थप खुकुलो बनाउँदै आन्तरीक सार्वजनिक सवारी साधन सञ्चालन गर्न दिने गरि पर्साका प्रमुख जिल्ला अधिकारी समक्ष सिफारिश गरेको थियो ।

जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी एवम् डिसिसिएमसीका संयोजक पिताम्बर घिमिरेको अध्यक्षतामा बसेको बैठकले स्वास्थ्य मापदण्डको पालना गरी पसल, होटेल एवम् रेष्टुरेन्ट कुल क्षमताको ५० प्रतिशत मात्र सञ्चालन गर्न दिने निर्णय गरे अनुसार नै प्रमुख जिल्ला अधिकारीले जारी गरेको आदेशमा समेत सो कुरा उल्लेख छ । यो आदेशसंगै अव पर्साक होटेल तथा रेष्टुरेन्टहरु संचालनमा आउने छन । 


यसअघि निश्चित समयमा खुल्ने बजार पनि अब नियमित रुपमा खोल्न पाइने छ । बिहान १० बजेदेखि राति ८ बजेसम्म खोल्न पाइने पसलहरुको समयअवधि पनि हटाइएको छ । 


केही परिमार्जनसहित जारी निषेधाज्ञालाई अर्को निर्णय नआउँदासम्मका लागि कायम राख्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले जानकारी दिनु भयो  । ‘सार्वजनिक बस जिल्लाभित्र सञ्चालन गर्न पाइने तर लामो दुरीका यात्रुबाहक सवारी संचालनमा भने रोक कायमै रहेको छ । 

प्रमुख जिल्ला अधिकारी घिमिरेले घर बाहिर निस्कदा एवं सार्वजनिक स्थलमा जाँदा अनिवार्य रुपमा मास्कको प्रयोग गर्ने र व्यक्ति–व्यक्तिका बीच कम्तीमा २ (दुई) मिटरको दुरी कायम गर्ने । भीडभाडजन्य कार्य नगर्न सर्वसाधरणलाई आग्रह गर्नु भएको छ । ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

समाज

पर्सा प्रहरी गोली पड्काउदैअपराधी समाउदै

वीरगञ्ज । गोठाटारका लालमहम्मद दर्जीको हत्याका योजनाकार बब्लु पासवानलाई पर्सा प्रहरीले गोली हानेर समातेको छ ।

दुर्घटनामा परि पर्सा र मकवानपुरमा गरि दुईको ज्यान गयो

वीरगञ्ज । बीरगंजमा बिहिवार विहान मोटरसाइकल एक आपसमा ठोकिदा १ जनाको मृत्यु भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.