logo

पर्सा प्रहरी गोली पड्काउदैअपराधी समाउदै

 इसीमाना सम्वाददाता     २०८१ बैशाख १७ गते ०९: ५५ मा प्रकाशित     175   पटक पढिएको

वीरगञ्ज । गोठाटारका लालमहम्मद दर्जीको हत्याका योजनाकार बब्लु पासवानलाई पर्सा प्रहरीले गोली हानेर समातेको छ ।

 

नेपालमा भएका ठुला अपराधीक घटनामा संलग्न भएका पासवान बीरगंजका ब्यवसायी सुरेश केडियाको अपहरण काण्डमा कैद भूक्तान गरेका ब्यक्ति हुन ।


पासवानले लाल महममद हत्याको योजना आफूले बनाएको प्रहरी समक्ष बयान दिएका छन । पल्लिो समय उनी लागू औषधको कारोवारमा पनि संलग्न भएको प्रहरीले जनायो ।

रक्सौलमा बसेर नेपालमा प्रतिबन्धित लागु औषध तथा ब्राउन सुगर सप्लाइ गरिरहेका उनी यसपटक लागु औषध तथा हतियारसहित पक्राउ परेका हुन् ।

पासवानको साथबाट पर्सा प्रहरीले मेड इन यूएस लेखिएको स्वचालित पेस्तोल एक थान र त्यसमा प्रयोग हुने गोली २ थान तथा ४९ ब्राउन सुगरसमेत बरामद गरेको पर्सा प्रहरी प्रमुख कुमोध ढुंगेलले जनाए ।

उनका अनुसार पासवानलाई गएराती बीरगन्जको भुटनदेबीबाट गोली चलाएर नियन्त्रणमा लिइएको हो । प्रहरी हिरासतमा रहेका पासवानको बायाँ खुट्टामा गोली लागेको छ ।

नारायणी अस्पतालको उपचारपछि उनलाई जिल्ला प्रहरी कार्यालय पर्सामा राखेर थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

नेपाल पत्रकार महासंघ युराेपकाे अध्यक्षमा राई सर्वसम्मत

युरोप । नेपाल पत्रकार महासंघ युरोप शाखाको पाँचौँ अधिवेशनले केजिन राईलाई अध्यक्षमा सर्वसम्मतले चयन गरेको छ।

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

समाज

हुण्डीको रकम सहित जीतपुर सीमराका कोइरी पक्राउ

वीरगञ्ज । सशस्त्र प्रहरी बल पर्साले जितपुर–सिमरा उपमहानगरपालिका वडा नम्बर–७ जितपुर टोल बस्ने अन्दाजी बर्ष ३८ को छठु महतो कोईरीलाई स्रोत नखुलेको रकम सहित पक्राउ गरेको छ ।

लागु औषध गाँजा सहित पटेर्वाका चौधरी पक्राउ

बीरगंज । पटेर्वा सुगौली गाउँपालिका वडा नं ४ भथौडाका २३ अवर्षि अमित कुमार चौधरीलाई प्रहरीले लागु औषध गाँजा सहित पक्राउ गरेको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.