logo

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

 इसीमाना सम्वाददाता     २०८० चैत १९ गते १३: ०० मा प्रकाशित     546   पटक पढिएको

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

 

बिहारमा भाजपाले १७ सिटको टिकटको निर्णय लिएको छ । भाजपाले निषादको टिकट काटेर गत निवर्नचनमा ४ लाख बढी मतअन्तरले पराजीत डॉ. राजभूषण चौधरीलाई टिकट दिएको छ । उनी मुकेश सहनीको बिवाईपी पार्टी परित्याग गरेर भाजपामा प्रवेश गरेका हुन ।

 

निषाद सहित भाजपाले अन्य केही साँसदहरुको पनि टिकट काटेको छ । जसले गर्दा बिहारमा भाजपालाई धक्का लाग्न सक्छ।
पार्टीले टिकट काटेपछि निषादले सामाजिक संजालमार्फत पार्टीको सदस्यता समेत त्यागेको घोषणा गरेका छन ।


उनी आजै भारतीय कांग्रेसमा आईमा प्रवेश गर्न सक्नेछन्। उनले सोसल मिडिया प्लेटफर्म एक्स बाट आफ्नो नाम पछि मोदीको परिवारु ट्याग पनि हटाएका छन्।


निषादका समर्थकहरुले मुजफ्फरपुरमा मल्लाहका छोरा अजय निषाद हुन् र अजय निषादले जुन पार्टीबाट टिकट पाउँछन् त्यसलाई जिताउन हाम्रो नेताले काम गर्नेछन् भन्ने खुलेर भन्न थालेका थिए । भाजपाका केन्द्रीय मन्त्री नित्यानन्द राईको पुत्ला पनि सांसद अजय निषादका समर्थकले जलाएका छन् ।

कांग्रेसले मुजफ्फरपुरबाट वर्तमान सांसद अजय निषादलाई टिकट दिएमा लोकसभा चुनावको लागि मुजफ्फरपुर फेरि हट सिट बन्नेछ, अर्कोतर्फ भाजपाको चिन्ह लिएर मुजफ्फरपुर पुगेका डा .राजभूषण चौधरी लगातार इलाकाको भ्रमण गरिरहेका छन् । 

 

निषादलाई निषाद समुदाय र भूमिहार ब्राहम्ण समुदायको साथ रहने आकलन गरिएको छ ।

 

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

समाज

दशैंअघि नै पर्सामा पुर्जा वितरण, भूमि समस्या समाधान आयोगको तयारी तीव्र

वीरगञ्ज ।  भूमि समस्या समाधान आयोगले दशैंअघि नै पर्सा जिल्लाका भूमिहीन तथा दलित समुदायलाई पुर्जा वितरण गर्ने तयारी गरेको छ।

वीरगंजका शिक्षण संस्था १७ गते सम्मकालागि बिदा,सरसफाईका मापदण्डहरु परिपालन गर्न महाशाखाको निर्देशन

वीरगंज । वीरगंज महानगरपालिकाले फेरी पनि भदौ १७ गते  सम्मकालागि वीरगंजका सामुदायिक एवं संस्थागत बिद्यालयको बिदा बढाएको छ ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.