logo

प्रदेश २ सरकारका कांग्रेसको प्रवेश , पर्साका शर्माले मंत्रीमण्डलमा पाए प्रवेश

      6/9/2021 गते 00 00 मा प्रकाशित     511   पटक पढिएको


प्रदेश २ सरकारमा काँग्रेसबाट नवनियुक्त तीन मन्त्रीले पद तथा गोपनियताको सपथ लिएका छन् । काँग्रेसबाट भौतिक मन्त्री बनेका रामसरोज यादव, खानेपानी तथा सिँचाइ मन्त्री ओमप्रकाश शर्र्मा र सञ्चार मन्त्री वीरेन्द्र सिंहले पद तथा गोपिनियताको सपथ लिएका हुन् ।

 

तीनैजनालाई प्रदेश प्रमुख राजेश झाले पद तथा गोपनियताको सपथ ग्रहण गराएका छन् । मधेश भवनमा अबेर राति भएको सपथ ग्रहण समारोहमा सभामुख सरोजकुमार यादव, मुख्यमन्त्री लाबाबु राउत लगायत मन्त्रीहरुको समेत उपस्थिति रहेको थियो ।

 

अब योसंगै लालबाबु सरकारमा एक मुख्यमन्त्री, ८ मन्त्री र तीन राज्यमन्त्रीसहित मन्त्री मण्डलको संख्या १२ पुगेको छ । काँग्रेसलाई दिएको तीन मन्त्रालयमा राज्यमन्त्री खाली छ भने अन्य दुई मन्त्रालयमा मन्त्री र राज्यमन्त्री खाली छ । सबै पदपुर्ति भएको खण्डमा मन्त्री मण्डलको संख्या २१ पुग्ने छ ।

 

प्रदेश सरकारले काँग्रेस र माओवादीलाई सरकारमा सहभागि गराउन ६ वटा मन्त्रालय टुक्र्याएर १० वटा बनाएको छ ।

 

भौतिक पूर्वाधार, सामाजिक विकास, आन्तरिक मामिला तथा कानुन र वन, उद्योग, पर्यटन र वातावरण मन्त्रालय फुटाएको छ । माओवादीलाई एक मात्र मन्त्रालय दिने भनेपछि सरकारमा जान अस्वीकर गरेको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

समाज

दुर्घटनामा परि पर्सा र मकवानपुरमा गरि दुईको ज्यान गयो

वीरगञ्ज । बीरगंजमा बिहिवार विहान मोटरसाइकल एक आपसमा ठोकिदा १ जनाको मृत्यु भएको छ ।

बुहारी बलात्कार गर्ने ४१ वर्षिय ससुरा पक्राउ

गोरखा । गोरखामा एक जना ४१ वर्षिय पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई आफ्नै बुहारीलाई बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक रमेश कुमार श्रेष्ठले जानकारी दिए ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.