logo

पर्सा कांग्रेसका पूर्व सभापति द्विवेदीलाई मातृशोक,साँझ ५ बजे तिलावेमा अन्त्यष्टी गरिने

 इसीमाना सम्वाददाता     २०८१ बैशाख ९ गते १५: ३८ मा प्रकाशित     141   पटक पढिएको

वीरगञ्ज । नेपाली कांग्रेस पर्साका पूर्व सभापति तथा संविधानसभा सदस्य अजय द्विवेदीलाई मातृशोक
परेको छ ।

द्विवेदीकी आमा निर्मालादेवीको आइतवार बिहान ७९ बर्षको उमेरमा निधन भएको हो ।बिहान स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि वीरगन्जको लिंकरोड स्थित भवानी अस्पतालमा भर्ना गरिएको थियो ।

उनको बिहान ६ बजे अस्पतालमा उपचारकै क्रममा निधन भएको द्विवेदीको आफन्तजनले जनाएका छन् ।

 

वीरगन्ज महानगरपालिका वडा नम्बर २४ निवासी द्विवेदीकी आमाको पार्थिव शरीरलाई गाउँमै राखिएको र साँझ ५ बजे घरबाट शवयात्रा सहित तिलावे पुलमा अन्त्येष्टि गर्ने तयारी रहेको नेपाली कांग्रेस पर्सा क्षेत्र नं १ का सभापति अरविन्द गुप्ताले जानकारी दिए । निर्मलादेवीको श्रीमान, तीन छोरा र एक छोरी छन् ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

नेपाल पत्रकार महासंघ युराेपकाे अध्यक्षमा राई सर्वसम्मत

युरोप । नेपाल पत्रकार महासंघ युरोप शाखाको पाँचौँ अधिवेशनले केजिन राईलाई अध्यक्षमा सर्वसम्मतले चयन गरेको छ।

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

समाज

हुण्डीको रकम सहित जीतपुर सीमराका कोइरी पक्राउ

वीरगञ्ज । सशस्त्र प्रहरी बल पर्साले जितपुर–सिमरा उपमहानगरपालिका वडा नम्बर–७ जितपुर टोल बस्ने अन्दाजी बर्ष ३८ को छठु महतो कोईरीलाई स्रोत नखुलेको रकम सहित पक्राउ गरेको छ ।

लागु औषध गाँजा सहित पटेर्वाका चौधरी पक्राउ

बीरगंज । पटेर्वा सुगौली गाउँपालिका वडा नं ४ भथौडाका २३ अवर्षि अमित कुमार चौधरीलाई प्रहरीले लागु औषध गाँजा सहित पक्राउ गरेको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.