logo

पत्रकारकालागि गुणस्तरहिन स्वास्थ्य समाग्री बाड्दै प्रदेश सरकार, आलोचना पछि टोली निजगढबाट फर्कियो

      5/27/2021 गते 00 00 मा प्रकाशित     521   पटक पढिएको

पत्रकारहरुलाई स्वास्थ्य समाग्री बाडदै हिडेको प्रदेश २ को मिडिया काउन्सिल र आम संचार प्राधिकरणको टोली निजगढबाट जनकपुर फर्किएको छ ।

 

काउन्सिलका अध्यक्ष शिवहरी भट्टराई र प्राधिकरणका अध्यक्ष श्याम सुन्दर यादव सहितको टोली पत्रकारहरुलाई स्वास्थ्य समाग्री बितरण गर्दै सप्तरी देखी पर्सा आउदै थियो तर टोली बाराको निजगढबाट फर्किएको छ । 


नेपाल पत्रकार महासंघ प्रदेश २ का महासचिव श्याम बन्जाराले स्वास्थ्य समाग्रीमा गुणस्तरहिन स्यानीटाईजर परेको र त्यसको बिषयमा कुरा उठेपछि टोली निजगढबाट फर्किएको बताउनु भयो । 


प्रदेश सरकारको सहयोगमा प्रदेश भरिका पत्रकारहरुकालागि काउन्सिल र प्राधिकरणले स्वास्थ्य समाग्री बितरण गर्दै हिडेका थिए । 


टोलीले एकजना पत्रकारका लागि एक पोका सर्जिकल मास्क, १० थान, केएन ९५ मास्क, दुईवटा फेस शिल्ड, दुईवटा ह्याण्ड ग्लोब्स्, १०० एमएल दरका दुई बोतल सेनिटाईजर उपलब्ध गराएको छ । त्यस्तै एकथान ज्वरो नाप्ने इन्फ्रारेड थर्मोमिटर, अक्शिजन लेबल नाप्ने अक्शोमिटर पनि  एकथान उपलब्ध गराएको नेपाल पत्रकार महासंघ सलाृही शाखाका अध्यक्ष टंक क्षेत्रीले बताउनु भयो । 


प्रदेश सरकारको आन्तरिक मामिला मंत्रालयले खरिद गरेको भनिएको स्वास्थ्य समाग्रीमा गुणस्तरहिन समान र कमिशनको खेल रहेको भन्दै ब्यापक आलोचना भइरहेको छ ।

 

मंत्रालय स्रोतले भने काउन्सिल र प्राधिरकणले सामाग्री खरिद गरेको दावी गरेको छ । स्वास्थ्य समाग्रीमा रहेको स्यानीटाइजर रिप्याक्ड आरसीपी इन्डस्ट्रिज पर्सा नेपाल लेखिएको छ । तर पर्सामा यो उधोग नै छैन । संघ सरकारको स्वास्थ्य मंत्रालयले जारी गरेको कम्पनीको नामावलीमा पनि यो कम्पनीको नाम छैन ।

 

ललितपुरमा केही दिन अघि छापामारी गरि नक्कली स्यानीटाइजर यही कम्पनीको थियो । उत्पादन भएको ठाउँको वास्तविक ठेगाना नभएको र गुणस्तरहिन स्यानीटाइजर किन खरिद गरियो भन्दै प्रदेश भरिका संचारकर्मीले प्रश्न उठाएका छन ।

 

यसैवीच काउन्सिलका अध्यक्ष शिवहरी भट्टराई र प्राधिकरणका अध्यक्ष श्याम सुन्दर यादवले एक बिज्ञप्ति जारी गरि स्यानीटाइजरको आपूर्तीकर्ता र स्यानीटाइजरका बारेमा छानविन गर्ने जनाएका छन । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.