logo

पर्सामा निषेधाज्ञा जेठ १३ सम्म लम्बिने, अक्सिजन प्लान्टको निर्माणकालागि ताकेता गर्ने

      5/19/2021 गते 00 00 मा प्रकाशित     619   पटक पढिएको

 पर्सामा जारी निषेधााज्ञाको अवधि जेठ १३ गतेसम्म लम्बिने भएको छ  । बुधवार बसेको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी) को बैठकले बैशाख १६ गतेदेखि जारी निषेधाज्ञालाई चौथोपटक लम्ब्याउँन पर्सा प्रमुख जिल्ला अधिकारीलाई सिफारिश गर्ने निर्णय गरेको छ ।

 

जिल्ला  सुरक्षा समितिको बैठकले आजै यो सिफारिशलाई अनुमोदन गर्ने जिल्ला प्शासन कार्यालय पर्सा सम्बद्ध स्रोतले जनाएको छ ।
बैठकले नयाँ भेरियन्टको कोरोना भाइरसको  संक्रमणलाई रोक्न निषेधाज्ञा प्रभावकारी भएको समिक्षा गर्दै निषेधाज्ञाको समय बढाउन सिफारिश गरेको हो । 

 


निषेधाज्ञा जेठ १३ गते राति १२ बजेसम्म जारी राख्न प्रमुख जिल्ला अधिकारीलाई सिफारिस गर्ने निर्णय भएको नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारीले जानकारी दिनु भयो  ।

डिसीसीएमसीको बैठकले बीरगंजमा अस्पताललहरुले दिएको सेवा बापत लिएको शुल्कका बारेमा अनुगमन गर्ने निर्णय गरेको छ । जिल्ला प्रशासन कार्यालयलाई सरोकारवाला समहुले यो भन्दा अघिदेखी नै अस्पताललहरुले लिने शुल्कका समबन्धमा जानकारी गराएका थिए । अनुगमन गरिएको तर प्रभावकारी अनुगमन नभएको भन्दै आलोचना भइरहेको बेलामा डिसीसीएमसीले समेत अस्पतालहरुले लिने शुल्कका बारेमा अनुगमन गर्ने निर्णय गरेको हो । 


बैठकले गृहमन्त्रालयमातहतको शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखाले गरेको परिपत्रअनुसार जिल्लास्थित अस्पतालहरुमा आवश्यक्ता र प्राथमिकताको आधारमा अक्सिजनको आपुर्ति गर्ने  निर्णय गरेको छ ।

त्यसैगरी नारायणी अस्पतालमा अक्सिजन प्लान्टको स्थापनाका लागि टेण्डर प्रक्रिया सम्पन्न भइ सम्झौता भइसकेको हुँदा सम्बन्धित निर्माण व्यवसायीलाई समयमै काम सम्पन्न गर्न ताकेता गर्ने पनि बैठकले निर्णय गरेको छ । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.