logo

बीरगंजमा कोरोना भाइरसको संक्रमणबाट थप तीनको मृत्यु

      5/6/2021 गते 00 00 मा प्रकाशित     493   पटक पढिएको

वीरगञ्जको नारायणी अस्पतालमा रौतहट र पर्साका गरि तीन जना कोरोना भाइरस संक्रमीतको  मृत्यु भएको छ । थप  तीमध्ये मध्ये दुई जना रौतहटका एक जना पर्साका हुन् ।

 

रौतहटको विजयपुरका ४५ वर्षीय पुरुष, फत्तेपुरकी ६० वर्षीया महिला र पर्साको जगरनाथपुरका ५५ वर्षीय पुरुषको मृत्यु भएको नारायणी अस्पतालले जनाएको छ । रौतहटका ४५ वर्षिय पुरुष आज बिहान मात्र भर्ना भएका थिए । उनको बिहान ८ बजे मृत्यु भएको हो । बिहान गरिएको एन्टीजेन परिक्षणमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । 

 

बुधबार भर्ना भएकी ६० वर्षीया महिलाको बिहान सवा ११ बजेतिर मृत्यु भएको हो । बुधबार भर्ना भएकी उनमा कुनै दीर्घरोग थिएन ।

 

त्यसको आधा घण्टा नबित्दै बिहान साढे ११ बजेतिर पर्सा जगरनाथपुरका ५५ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालले जनाएको छ ।  वैशाख १५ गते भर्ना भएका उनमा मिर्गौला, उच्च रक्तचाप, मधुमेह र हृदयरोगको समस्या थियो ।

 

कोभिड निमोनियाका कारण दुवै फोक्सोले काम नगर्दा शरीरमा अक्सिजनको मात्रा कायम हुन नसकेर तीनै जनाको मृत्यु भएको अस्पतालका कोभिड संयोजक डा. सरोजरोशन दासले जानकारी दिनु भयो  । 
योसँगै नारायणी अस्पतालमा मृत्यु हुने संक्रमितको संख्या ३७ पुगेको छ । मृतकमध्ये २४ जना पर्साका, ६ जना बाराका, ५ जना रौतहटका र २ जना सर्लाहीका छन् ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.