logo

कोरोनाको प्रभाव ,बारामापनि अनिश्चित कालिन लकडाउन, बाहिर ननिस्कन नागरिकलाई आग्रह

      7/31/2020 गते 00 00 मा प्रकाशित     845   पटक पढिएको

बारामा आईतवार साउन १८ गते बिहान ५ बजे देखि अनिश्चित कालिन लकडाउन गर्ने निर्णय भएको छ । जिल्ला प्रशासन कार्यालय बाराले यस्तो निर्णय गरेको हो  ।

 

छिमेकी जिल्ला पर्सामा समुदाय स्तरमा र बारामा दिन प्रतिदिन कोरोना संक्रमणको जोखिम बढे पछि बारा जिल्लालाई आइतबार बिहान ५ बजे देखि निषेधाज्ञा जारी गर्ने निर्णय जिल्ला प्रशासन कार्यालय बाराले जनाएको हो ।
 

जिल्लामा कोरोना भाइरसको महामारी समुदाय स्तरमा फैलेर उच्च जोखिम सृजना हुँने देखिएकोले आइतबारदेखि निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालय बाराका प्रमुख रुद्र प्रसाद पण्डितले  जानकारी दिनु भयो  ।

 
छिमेकी जिल्ला पर्सामा समेत निशेधाज्ञा जारी गरेको अवस्थामा त्यहाँ रहेका नागरीकहरु बाराका बजार तथा बैंक र वित्तीय संस्थाहरुमा कारोवार गर्न आउँदा यहाँ पनि संक्रमण फैलन सक्ने सम्भावना उच्च देखिएको छ ।

 

स्थानीय प्रशासनले बीरगंज पथलैया औधोगिक करिडोर,हुलाकी मार्गलाई छुने स्थानीय तहहरु हाट बजारहरुमा लकडाउन प्रभावकारी हुने जनाएको छ ।कोरिडोरमा पर्ने जीतपुर, सिमरा, पथलैया, परवानीपुर, नितनपुर, निजगढ, कोल्हबी, सिमौनगढ, बरियापुर लगायत अत्यधिक भिडभाड हुने तथा हाटबजार लाग्ने ग्रामिण क्षेत्रहरु । अति आवश्यक सेवाको लागि दैनिक प्रयोग हुने सवारी साधनहरु जस्तैः विद्युत, खानेपानी, खाद्यान्न, दूध, ग्यास, औषधी, एम्बुलेन्स बाहेक अन्य सवारी साधनहरु (चारपांग्रे तथा मोटरसाइकल समेत) लाई पुर्ण रुपमा संचालन बन्देज लगाउने ।

निषेधाज्ञा अवधीभर औषधी पसल २४ सै घण्टा खुल्ला रहने छ । खाद्यान्न, ग्यांस, इन्धन, दूध डेरी पसलहर, तरकारी पसलहरु मुख्य बजार क्षेत्रमा विकी वितरण नगरी साईकल तथा ठेलागाडामा राखेर मात्र अन्य क्षेत्रमा बिहान १० बजेसम्म मात्र विक्री वितरण गर्ने |

निषेधित क्षेत्र भित्र कनै पनि धार्मिक, सांस्कृतिक, सामाजिक कार्यहरु विवाह, व्रतबन्ध, भोज भतेर) गर्न गराउन नहुने। उद्योग व्यवसायीहरुले करकारखाना संचालन गर्दा कामदारहरुलाई आफ्नो उद्योग, कलकारखाना परिसर भित्रको होस्टल, स्वाटरमा राखी स्वास्थ्य सुरक्षा मापदण्ड कायम गरेर मात्र संचालन गर्ने । छिमेकी मित्रराष्ट्र भारतसंग जोडिएका सिमा नाकाहरुमा आवातजावत पूर्ण रुपमा बन्द गर्ने ।

उधोग संचालन गर्दा कामदार मजदुरहरुलाई उधोग भित्रै बस्ने खाने ब्यवस्था मिलाएर सरकराले तोकेको शर्त र मापदण्डको अधिनमा रही उधोग संचालन गर्न सकिने गरि निर्देशित गरेको छ ।  अत्याशव सेवा र त्यससंग सम्बन्धती सवारी साधन संचालन हुनेछन । अत्यावश्यक काममा बाहेक नागरिकलाई बाहिर ननिस्कन प्रशाासनले निर्देश गरेको छ । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मंच बेल्जियमको अध्यक्षमा न्यौपाने सर्वसम्मत

वीरगंज । प्रवासी नेपाली मंच बेल्जियमको सातौ अधिवेशनले बिनोद न्यौपानेलाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको छ ।

भारतको अप्रेशन  सिन्दुर,पाकिस्तान नियन्त्रित नौ स्थानमा मिसाइल आक्रमण

वीरगंज।  भारतले बुधबार  पाकिस्तान र पाकिस्तान नियन्त्रित कश्मीर (पीओके) मा रहेको ‘आतङ्कवादी केन्द्रहरु’ नौ स्थानमा हमला गरेको  घोषणा गरेको छ  ।

समाज

सहयोद्धा उपर दुरब्यवहारको आरोप, आयोगमा उजुरी,  संसदीय दलको नेता बाट दिए राजीनमा

जनकपुरधाम । आफनै सहयोद्धा महिला उपर दूरब्यवहार गरेको आरोप लागेपछि नेकपा माओवादी केन्द्रका मधेश प्रदेश संसदीय दलका नेता भरत साहले दलको नेताको पदबाट राजीनामा दिएका छन ।

राष्ट्रिय स्वस्थ्यकर्मी महासंघ नेपालको  अध्यक्षमा डा. पौडेल निर्वाचित

वीरगंज । राष्ट्रिय स्वस्थ्यकर्मी महासंघ नेपालको पाँचौ राष्ट्रिय महाधिवेशनले डा. सन्तोष पौडेललाई अध्यक्षमा निर्वाचित गरेको छ ।

खेलकुद

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।

एमाले नेता पटेलद्वारा  २५ लाखको लागतमा निर्माण हुने क्रिकेट मैदानको शिलान्यास

वीरगन्ज । नेकपा एमालेका सल्लाहकार शिव पटेलले क्रिकेट मैदान निर्माण कार्यका एक कार्यक्रमकावीच शिलान्यास गरेका छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.