logo

आइसोलेशन वार्डबाट फरार भएका एक जना प्रहरीद्वारा पक्राउ,अर्कोको खोजी हुदै

      5/13/2020 गते 00 00 मा प्रकाशित     939   पटक पढिएको


बीरगंज ३१ बैशाख 

बीरगंजको नारायणी अस्पतालको आइसोलेशन वार्डबाट फरार भएका दूई जना कोरोना भाइरसबाट संक्रमीत मध्य एकजन  फेला परेका छन ।

 

भागेका मध्य एक जनालाई नेपाल प्रहरीले तिलावे पुल नजिक बाट नियन्त्रणमा लिएको हो । उनलाई तिलावे पुल कटेर पश्चिम जादै गरेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको पर्साका प्रही नयव उपरिक्ष बीरेन्द्र बहादुर शाहीले बताउनु भयो ।

 

उनी लागु औषध मुद्धाका थुनुवा हुन । उनी बिरुद्ध पर्सा प्रहरीले अनुसन्धान गरिरहेको थियो । 

भागेका अर्का एक जना बीरगंजकै गहवामा रहेको दुर्गा चलचित्र मन्दीरको नजिक रहेको सूचना प्राप्त भएपछि उनलाई लिन टोली जादा उनी भागी सकेको अस्पताल स्रोतले बताएको छ ।

 

उनीहरु दुबै जना अस्पतालको शैचालयको भेन्टिलेटर तोडेर त्यहीबाट बाहिर हाम फालेर भागेका थिए । 


 आइसोलेशनबाट भाग्ने अर्का एक जनाको  खोजीकार्य भइरहेको अस्पताल स्रोतले जानकारी दिएको छ ।

पर्साका प्रहरी प्रमुख गंगा पन्तले पनि दुई जना संक्रमित अस्पतालबाट भागेको खबर आएको बताउनु भयो। उहाँले र आफू पनि त्यसतर्फ जान लागेको जानकारी दिनु भयो  ।

 

भागेकाहरुलाई खोजी गर्न प्रहरी परिचालन भएको छ । घरपरिवार र आफन्तजनलाई समेत  उनीहरुलाई घरमा नराखी आइसोलेशनमा पुर्याउन अस्पताल प्रशासनले आग्रह गरेको छ । 


 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मंच बेल्जियमको अध्यक्षमा न्यौपाने सर्वसम्मत

वीरगंज । प्रवासी नेपाली मंच बेल्जियमको सातौ अधिवेशनले बिनोद न्यौपानेलाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको छ ।

भारतको अप्रेशन  सिन्दुर,पाकिस्तान नियन्त्रित नौ स्थानमा मिसाइल आक्रमण

वीरगंज।  भारतले बुधबार  पाकिस्तान र पाकिस्तान नियन्त्रित कश्मीर (पीओके) मा रहेको ‘आतङ्कवादी केन्द्रहरु’ नौ स्थानमा हमला गरेको  घोषणा गरेको छ  ।

समाज

सहयोद्धा उपर दुरब्यवहारको आरोप, आयोगमा उजुरी,  संसदीय दलको नेता बाट दिए राजीनमा

जनकपुरधाम । आफनै सहयोद्धा महिला उपर दूरब्यवहार गरेको आरोप लागेपछि नेकपा माओवादी केन्द्रका मधेश प्रदेश संसदीय दलका नेता भरत साहले दलको नेताको पदबाट राजीनामा दिएका छन ।

राष्ट्रिय स्वस्थ्यकर्मी महासंघ नेपालको  अध्यक्षमा डा. पौडेल निर्वाचित

वीरगंज । राष्ट्रिय स्वस्थ्यकर्मी महासंघ नेपालको पाँचौ राष्ट्रिय महाधिवेशनले डा. सन्तोष पौडेललाई अध्यक्षमा निर्वाचित गरेको छ ।

खेलकुद

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।

एमाले नेता पटेलद्वारा  २५ लाखको लागतमा निर्माण हुने क्रिकेट मैदानको शिलान्यास

वीरगन्ज । नेकपा एमालेका सल्लाहकार शिव पटेलले क्रिकेट मैदान निर्माण कार्यका एक कार्यक्रमकावीच शिलान्यास गरेका छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.