logo

राहत नपाएको झोकमा जिराभवानीमा नागरिक र प्रहरीवीच झडप सात घाइते ,बिन्दवासीनीमा बितरण 

      4/22/2020 गते 00 00 मा प्रकाशित     919   पटक पढिएको

बीरगंज १० बैशाख ।
पर्साको जिराभवानी गाउँपालिकामा राहत वितरणको विषयमा स्थानीय र सशस्त्र प्रहरीबीच झडप भएको छ । राहत बितरणमा ढिलाई भएको भन्दै बैशाख १० गते करिब ३ सयको संख्यामा दलित, विपन्न वर्गका महिला बालबालिका र पुरुषहरु दिउसो गाउँपालिकको कार्यालय घेराउ गर्न पुगेका थिए । सोही क्रममा झडप भएको हो  ।

 


झडपमा कृपा दैनीकका सम्वाददाता ३२ वर्षिय कृष्ण मोहन साह सहित सात जनासामान्य घाइते भएका छन । उनीहरु  स्थानीय स्वास्थ्य चौकमा उपचार पछि घर फर्किएका छन ।


राहत वितरणमा ढिलो भएको भन्दै गाउँपालिका कार्यालय पुगेका स्थानीयले आक्रोशमा आएर ढुंगामुढा गर्न थालेपछि सशस्त्र प्रहरीले रोक्दा झडप भएको गाउँपालिकाकी उपाध्यक्ष उषा देवी थारुले बताउनु भयो  । लकडाउनका कारणले प्रभावितका लागि राहत वितरणका लागि प्रदेश सरकारले गाउँपालिकामा १० लाख रुपैयाँ पठाएको छ।

 


तर प्रदेश सरकारबाट आएको १० लाख रुपैयाले अपुग भएपछि रकम थप गर्ने विषयमा प्रकृयामा लाग्दा राहत वितरणमा ढिला हुन पुगेको उपाध्यक्ष थारुको भनाई छ  । राहत बोकेर आउदै गरेको गाडी बाटोमै थियो थारुले भन्नु भयो “गाडी नआइपुग्दै दःखद घटना भयो । 

 


बुधबार साँझसम्म राहतका सबै सामान आइ पुग्ने र बिहिबार देखि सबै वडामा राहत वितरण गरिने उहाँले बताउनु भयो ।
वडा नम्बर २ का वडाध्यक्ष महादेव महत्तो थारुले राहत वितरणका लागि कार्यालयमा गाँउपालिका अध्यक्ष, उपाध्यक्ष र वडा अध्यक्षहरुबीच छलफल भइरहेका बेला आक्रोशित स्थानीयले ढुंगामुढा गर्न थालेपछि स्थिति तनावग्रस्त बन्न पुगेको बताउनु भयो ।
स्थानीयले ९ ओटा सरकारी र प्राभेट गाडीहरू तोडफोड समेत गरेका छन ।

 

ना १ ब ३५७८ ना १ ब ३५८८, ना १ ब ३५८६, ना १ ब ३५८७, ना २२ प २४३०,ना ५५प ६४९४,ना ३५ प २३९ गाउँपालीकामा रहेका जेसीबी र रोलर फर्निचर लगाएत समेतमा पनी तोडफोड भएको वार्ड नम्बर दुई का वडाध्यक्ष महादेव महतो थारुले बताउनु भयो ।यसैवीच गाउँपालिकामा वडा  नं. ३ वाहेक अन्य वडामा राहत वितरण सम्पन्न भएको छ । गाउँपालिकाको वडा नं. १, २, ४ र ५ मा पहिलो चरणको राहत वितरण सम्पन्न भएको निमित प्रमुख प्रशासकिय अधिकृत मुन्ना कुमार रौनियारले वताउनु भयो  ।

राहतमा चामल २० किलो, दाल एक किलो, नुन एक किलो, आलु ५ किलो, प्याज २ किलो र तोरीको तेल एक किलो वितरण गरिएको प्रशासकिय अधिकृत रौनियार जानकारी दिनु भाये  । रौनियारका अनुसार एउटा वडामा एक सय ३५ घरदुरी गरी ६ सय ७५ घरदुरीलाई राहत वितरण गर्नु पर्नेमा हाल सम्म ५ सय ४० घरधुरीलाई राहत वितरण गरिएको छ ।

 


५ वटा वडा रहेको गाउँपालिकामा वडा नं. ३ वाहेक सबै वडामा राहत वितरण भइसकेको छ । प्रदेश सरकारले उपलब्ध गराएको १० लाख रुपैया बाट पहिलो चरणको राहत बितरण भएको रौनीयारले बताउनु भयो ।

 


कोरोना भाइरस (कोभिड १९) संक्रमण रोकथाम तथा नियन्त्रको लागि भएको लकडाउनमा समस्यामा परेका अति गरिब र विपन्न परिवारलाई मात्र पहिलो चरणको राहत वितरण गरिएको लेखा अधिकृत मिथिलेश कुशवाहाले वताउनु भयो । गाउँपालिकाबाट दोस्रो चरणको राहत विरतणको लागि सामग्री खरिद पक्रिया समेत अगाडी बढी सकेको उहाँले जानकारी दिनु भयो ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मंच बेल्जियमको अध्यक्षमा न्यौपाने सर्वसम्मत

वीरगंज । प्रवासी नेपाली मंच बेल्जियमको सातौ अधिवेशनले बिनोद न्यौपानेलाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको छ ।

भारतको अप्रेशन  सिन्दुर,पाकिस्तान नियन्त्रित नौ स्थानमा मिसाइल आक्रमण

वीरगंज।  भारतले बुधबार  पाकिस्तान र पाकिस्तान नियन्त्रित कश्मीर (पीओके) मा रहेको ‘आतङ्कवादी केन्द्रहरु’ नौ स्थानमा हमला गरेको  घोषणा गरेको छ  ।

समाज

सहयोद्धा उपर दुरब्यवहारको आरोप, आयोगमा उजुरी,  संसदीय दलको नेता बाट दिए राजीनमा

जनकपुरधाम । आफनै सहयोद्धा महिला उपर दूरब्यवहार गरेको आरोप लागेपछि नेकपा माओवादी केन्द्रका मधेश प्रदेश संसदीय दलका नेता भरत साहले दलको नेताको पदबाट राजीनामा दिएका छन ।

राष्ट्रिय स्वस्थ्यकर्मी महासंघ नेपालको  अध्यक्षमा डा. पौडेल निर्वाचित

वीरगंज । राष्ट्रिय स्वस्थ्यकर्मी महासंघ नेपालको पाँचौ राष्ट्रिय महाधिवेशनले डा. सन्तोष पौडेललाई अध्यक्षमा निर्वाचित गरेको छ ।

खेलकुद

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।

एमाले नेता पटेलद्वारा  २५ लाखको लागतमा निर्माण हुने क्रिकेट मैदानको शिलान्यास

वीरगन्ज । नेकपा एमालेका सल्लाहकार शिव पटेलले क्रिकेट मैदान निर्माण कार्यका एक कार्यक्रमकावीच शिलान्यास गरेका छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.