logo

लकडाउन अझै कडा अव एक तहबाट अर्को तहमा जान नपाइने ,कोरोनाको र्‍यापिड टेष्ट हुनेः मंत्री खतिवडा

      4/4/2020 गते 00 00 मा प्रकाशित     991   पटक पढिएको

काठमाण्डौ २२ चैत । सरकारले कोरोना भाइरसको संक्रमित देखिएका तीन जिल्लामा र्‍यापिड कोरोना परीक्षण गर्ने भएको छ।

शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकले कैलाली कञ्चनपुर बागलुङमा र्‍यापिड परीक्षण गर्ने निर्णय गरेको सरकारका प्रवक्ता डा युवराज खतिवडाले जानकारी दिनु भयो ।

उहाँका का अनुसार र्‍यापिड टेस्टमा पोजेटिभ देखिएकालाई पुन पिसिआर परीक्षण गरिने छ। सरकारले थप संक्रमण फैलिनबाट रोक्नकालागि ¥यापीड टेष्ट गर्न लागिएको हो । यो टेस्टिङ मास स्केलमा गरिने उहाँले बताउनु
 भयो ।

सरकारले कोरोना नियन्त्रणकालागि गरिएको प्रयासको समिक्षा गरेको छ । संक्रमणको संख्या कम देखिएको प्रति भने सरकारले सन्तोष ब्यक्त गरेको छ । पछिल्लो पटक पश्चिम  नेपालमा संक्रमणको घटना सार्वजनीक भएपछि लकडाउनलाई अझ कडा बनाउने सरकारले निर्णय गरेको छ ।

बन्दाबन्दीको अवस्थामा एक प्रदेशबाट अर्को प्रदेशमा एक जिल्लाबाट अर्को जिल्लामा र एक स्थानीय तहबाट अर्को स्थानीय तहमा जान नपाइने निर्णय गरेको छ । सरकारको यो निर्णयमा प्रदेश सरकार र स्थानीय सरकारले समेत प्रभावकारी रुपमा कार्यान्वयन गराउने छ । 
स्वास्थ्यकर्मीहरुकोलागि बिमा प्रोत्सान भत्तको ब्यवस्था गरेको सरकारले सुरक्षा उपकरण छिटो उपलब्ध गराउनेर निश्चित प्रोटकलका आधारमा स्वाथ्यकर्मीहरुलाई काम लगाइने र उनीहरुको सबै प्रकारको सुरक्षा मिलाईने निर्णय भएको मंत्री खतिवडाले जानकारी दिनु भयो । स्वास्थ्यकर्मीको सुरक्षामा आँच पुर्याउनेलाई प्रतलीत अनुसार कारवाही हुने उहाँले बताउनु भयो ।

आजको बैठकले अधिवक्ता रविन्द्र भट्टराई र कुनसाङ लामालाई फौजदारी  सजाय निर्धारण समितिमा  र पीडित संरक्षण समतिको सदस्यमा  डा शंकर कुमार श्रेष्ठ लाई नियुक्त गरिएको जानकारी दिनु भयो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मंच बेल्जियमको अध्यक्षमा न्यौपाने सर्वसम्मत

वीरगंज । प्रवासी नेपाली मंच बेल्जियमको सातौ अधिवेशनले बिनोद न्यौपानेलाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको छ ।

भारतको अप्रेशन  सिन्दुर,पाकिस्तान नियन्त्रित नौ स्थानमा मिसाइल आक्रमण

वीरगंज।  भारतले बुधबार  पाकिस्तान र पाकिस्तान नियन्त्रित कश्मीर (पीओके) मा रहेको ‘आतङ्कवादी केन्द्रहरु’ नौ स्थानमा हमला गरेको  घोषणा गरेको छ  ।

समाज

सहयोद्धा उपर दुरब्यवहारको आरोप, आयोगमा उजुरी,  संसदीय दलको नेता बाट दिए राजीनमा

जनकपुरधाम । आफनै सहयोद्धा महिला उपर दूरब्यवहार गरेको आरोप लागेपछि नेकपा माओवादी केन्द्रका मधेश प्रदेश संसदीय दलका नेता भरत साहले दलको नेताको पदबाट राजीनामा दिएका छन ।

राष्ट्रिय स्वस्थ्यकर्मी महासंघ नेपालको  अध्यक्षमा डा. पौडेल निर्वाचित

वीरगंज । राष्ट्रिय स्वस्थ्यकर्मी महासंघ नेपालको पाँचौ राष्ट्रिय महाधिवेशनले डा. सन्तोष पौडेललाई अध्यक्षमा निर्वाचित गरेको छ ।

खेलकुद

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।

एमाले नेता पटेलद्वारा  २५ लाखको लागतमा निर्माण हुने क्रिकेट मैदानको शिलान्यास

वीरगन्ज । नेकपा एमालेका सल्लाहकार शिव पटेलले क्रिकेट मैदान निर्माण कार्यका एक कार्यक्रमकावीच शिलान्यास गरेका छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.