logo

बीरगंजका बिद्यालयहरु संचालन हुने,सुरक्षाका सबै मापदण्ड पालना भए, नभएको बारे महानगरले अनुगमन गर्ने 

 इसीमाना सम्वाददाता     २०७८ सावन २७ गते ०८: २४ मा प्रकाशित     698   पटक पढिएको

वीरगन्ज महानगरपालिकाले सामुदायिक तथा संस्थागत विद्यालयहरु आउने आईतबारदेखि कक्षा ८ देखि १२ सम्मको पठनपाठन सुचारु गर्ने निर्णय गरेको छ ।

 

महानगरपालिकामा आज बसेको सरोकारवालाहरुको बैठकमा स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरेर विद्यालय खोल्न सहमती जुटेपछि महानगर बिद्यालय संचालनको निर्णयमा पुगेको हो ।

 

कक्षा ८ देखि १२ सम्मको पठनपाठन साउन ३१ गते आईतबारदेखि सुचारु गर्ने निर्णय महानगरपालिकाले गरेको नगर प्रमुख विजय कुमार सरावगीले जानकारी दिनुभयो ।

 

महानगरपालिकाले यसअघि गरेको निर्णय ठिक भएपनि जिल्ला संकट व्यावस्थापन केन्द्रले सहमति दिन नसक्दा विद्यालय संचालन गर्न नसकिएको नगर प्रमुख सरावगीले बताउनुभयो ।

 

बैठकमा सहभागी सबैले शिक्षाको अधिकार स्थानीय तहको सरकारलाई नै रहेको र कोरोना संक्रमणको जोखिम कायमै रहेपनि अहिले वीरगन्जको अवस्था सामान्य भएकोले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरेर विद्यालय खोल्न सरोरकारवालाले महानगरलाई आग्रह गरेका थिए  ।

 

मापदण्ड पालना भए नभएको हेर्नकालागि महानगरले एउटा अनुमगन टोली बनाएर काम गर्ने महानगर प्रमुख सरवागीले बताउनु भयो ।

 

वीरगन्ज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीले महानगरपालिकाको तर्फबाट चाल्नुपर्ने सबै कदमहरु समय परिस्थिति अनुसार नै चाल्दै आएको बताउदै यसअघि असार १५ गतेदेखि महानगरपालिका क्षेत्रका सबै सामुदायिक र संस्थागत विद्यालयहरु संचालन गर्ने निर्णय डीसीसीएमसीले नरोकेको भए अहिले वीरगन्जको शैक्षिक क्षेत्रमा निकै सुधार भईसक्थ्यो भन्ने विचार व्यक्त गर्नुभयो ।

 

जिल्ला कोभिड संकट व्यावस्थापन केन्द्रलाई गृहमन्त्रालयको आदेश नभई शैक्षिक क्षेत्र खुला गर्न पाउने अधिकार नभएकोले विद्यालय खोल्ने निर्णयलाई पनि रोक लगाएको बताउदै महानगर प्रमुख सरावगीले आपूmले गृहमन्त्री र सचिवसँग समेत भेटेर कुरा गरेपछि अहिले विद्यालय खोल्ने तयारीमा आपूm लागेको जानकारी दिनुभयो ।

 

महानगरपालिकाले गरेको निर्णयमा वीरगन्जका सबै राजनीतिक दल, संस्थागत विद्यालयहरुको संगठन, सामुदायिक विद्यालयहरुको संगठन तथा सरोकारवाला पक्षहरुले साथ दिने प्रतिवद्धता जाहेर गरेपछि महानगरपालिकाले कक्षा ८ देखि १२ सम्मको पठनपाठन संचालन गर्ने निर्णय गरको हो ।

 

बैठकमा महानगर प्रमुख सरावगी ,नेकपा एमाले पर्साका अध्यक्ष प्रभु हजरा, नेकपा माओवादी केन्द्रका महानगर अध्यक्ष रहबर अन्सारी, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य के.सी. लामिछाने,  बीरगंज महानगरको शैक्षिक प्रशासन महाशाखा प्रमुख अरविन्दलाल कर्ण, स्वास्थ्य तथा समाजिक विकास महाशाखा प्रमुख अरुण कुमार महतो,  प्याब्सन पर्साका सचिव छेडुप लामा, एन प्याब्सनका अध्यक्ष रामसुन्दर चौधरी, नेपाल शिक्षक महासंघ पर्साका अध्यक्ष तीर्थराज यादव, महानगर अध्यक्ष विनोद मेहेता,  वीरगन्ज कलेजका अध्यक्ष डाक्टर दिपेन्द्र कुमार चौधरी लगायत विभिन्न सामुदायिक तथा संस्थागत विद्यालयका प्रधानाध्यापक, नागरिक समाज तथा सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो । 

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

समाज

वीरगंज कारागारका सबै कैदीबन्दको भाग्ने प्रयासमा सुरक्षा निकायको अवरोध कैदीबन्दी सुरक्षीत

वीरगञ्ज । वीरगको कारागार प्रशासनले एक बिज्ञप्ति जारी गरि कारागारका कैदी बन्दी सबै सुरक्षीत रहेको जनाएको छ । कैदी बन्दीहरुले भाग्ने प्रयास गरेको तर भाग्यो योजना सफल नभएको जनाएको छ ।

भारतीय महिला माथि गोली प्रहार गर्ने शर्मा पक्राउ, प्रहरी अनुसन्धान गर्दै

वीरगञ्ज । एक भारतीय महिलामाथि गोली प्रहार गर्ने ब्यक्तिलाई पर्सा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने ब्यक्तिको नाम प्रदीप शर्मा रहेको बताइएको छ ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.