logo

सूर्य नेपालद्वारा नारायणी अस्पताललाई ३० लाख सहयोग प्रदान, ट्रान्सफर्मर जडानमा रकम खर्च हुने

 इसीमाना सम्वाददाता     २०७८ सावन ३ गते ०७: ३९ मा प्रकाशित     1000   पटक पढिएको

वीरगन्ज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीले स्वास्थ्य उपचारको धरोहर वीरगञ्जस्थित नारायणी अस्पतालमा हुने विद्युत समस्या समाधानका लागि ट्रान्सफर्मर जडान गर्ने योजना मुताविक सहयोग प्राप्त भएको छ ।

 

वीरगन्ज पथलैया औद्योगिक करिडोरमा संचालनमा रहेको बहुराष्ट्रिय कम्पनी सूर्य नेपाल प्रालिले ट्रान्सफर्मर र अन्य व्यवस्थापनका ३० लाख रकम सहयोग गरेको हो ।

 

सूर्य नेपाल प्रालिका प्रबन्ध निर्देशक प्रभाकर बिक्रम शाहले नगरप्रमुख विजय कुमार सरावगीलाई आईतबार कार्यकक्षमा नै पुगेर नगद ३० लाख रुपैयाँ बराबरको चेक हस्तान्तरण गर्नुभएको महानगरको सचिवालयले जनाएको छ ।

 

प्रदेश नम्बर २ कै सबैभन्दा ठूलो र पूरानो सरकारी अस्पतालमा विद्युत समस्याबाट बिरामीहरुलाई समेत समस्या हुने गरेको सुनेर त्यसको समाधानका लागि ट्रान्सफर्मर जडान र अन्य व्यवस्थापनका लागि रकम सहयोग गरिएको प्रबन्ध निर्देशक शाहले बताउनु भयो  ।

 

चेक ग्रहण गर्दै नगरप्रमुख सरावगीले सूर्य नेपाल प्रालिलाई धन्यवाद दिदै नारायणी अस्पतालमा देखिएको विद्युत समस्या लगायतका अन्य प्राविधिक तथा प्रशासनिक व्यवस्थापनमा सहयोग रकम उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो ।

 

नारायणी अस्पतालमा कोरोना संक्रमितहरुको उपचार शुरु भएदेखि अक्सिजन र भेण्टिलेटर संचालनका लागि विद्युत सेवा अवरुद्ध हुँदा समस्या हुने गरेपछि महानगर प्रमुख सरावगीले त्यसको समाधानका लागि पहल गर्नुभएको थियो ।

 

चेक हस्तान्तरणको समयमा नारायणी अस्पताल विकास समितिका अध्यक्ष पुरेन्द्रकिशोर लाभ,  नारायणी अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डा.बिरेन्द्र बहादुर प्रधान, अस्पतालका कोभिड संयोजक डाक्टर उदयनारायण सिंह, वीरगञ्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदिप कुमार निरौला लगायतको सहभागिता रहेको थियो । 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

पर्यटन प्रर्वद्धनमा हिडेका  बाइक राइडरलाई ठोरीमा भव्य स्वागत

ठोरी । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ठोरी आइपुगेका बाइक राइडरहरूलाई ठोरीमा भव्य स्वागत गरिएको छ।

एक वर्षदेखि सम्पर्कविहीन महिलाको मानवसेवा आश्रमको पहलमा पारिवारिक पुनर्मिलन

वीरगञ्ज। एक वर्षदेखि परिवारको सम्पर्कबाट टाढा रहेकी भारतकी एक महिलाको मानवसेवा आश्रम वीरगञ्जको पहलमा पारिवारिक पुनर्मिलन भएको छ।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.