logo

सूर्य नेपालद्वारा नारायणी अस्पताललाई ३० लाख सहयोग प्रदान, ट्रान्सफर्मर जडानमा रकम खर्च हुने

 इसीमाना सम्वाददाता     २०७८ सावन ३ गते ०७: ३९ मा प्रकाशित     893   पटक पढिएको

वीरगन्ज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीले स्वास्थ्य उपचारको धरोहर वीरगञ्जस्थित नारायणी अस्पतालमा हुने विद्युत समस्या समाधानका लागि ट्रान्सफर्मर जडान गर्ने योजना मुताविक सहयोग प्राप्त भएको छ ।

 

वीरगन्ज पथलैया औद्योगिक करिडोरमा संचालनमा रहेको बहुराष्ट्रिय कम्पनी सूर्य नेपाल प्रालिले ट्रान्सफर्मर र अन्य व्यवस्थापनका ३० लाख रकम सहयोग गरेको हो ।

 

सूर्य नेपाल प्रालिका प्रबन्ध निर्देशक प्रभाकर बिक्रम शाहले नगरप्रमुख विजय कुमार सरावगीलाई आईतबार कार्यकक्षमा नै पुगेर नगद ३० लाख रुपैयाँ बराबरको चेक हस्तान्तरण गर्नुभएको महानगरको सचिवालयले जनाएको छ ।

 

प्रदेश नम्बर २ कै सबैभन्दा ठूलो र पूरानो सरकारी अस्पतालमा विद्युत समस्याबाट बिरामीहरुलाई समेत समस्या हुने गरेको सुनेर त्यसको समाधानका लागि ट्रान्सफर्मर जडान र अन्य व्यवस्थापनका लागि रकम सहयोग गरिएको प्रबन्ध निर्देशक शाहले बताउनु भयो  ।

 

चेक ग्रहण गर्दै नगरप्रमुख सरावगीले सूर्य नेपाल प्रालिलाई धन्यवाद दिदै नारायणी अस्पतालमा देखिएको विद्युत समस्या लगायतका अन्य प्राविधिक तथा प्रशासनिक व्यवस्थापनमा सहयोग रकम उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो ।

 

नारायणी अस्पतालमा कोरोना संक्रमितहरुको उपचार शुरु भएदेखि अक्सिजन र भेण्टिलेटर संचालनका लागि विद्युत सेवा अवरुद्ध हुँदा समस्या हुने गरेपछि महानगर प्रमुख सरावगीले त्यसको समाधानका लागि पहल गर्नुभएको थियो ।

 

चेक हस्तान्तरणको समयमा नारायणी अस्पताल विकास समितिका अध्यक्ष पुरेन्द्रकिशोर लाभ,  नारायणी अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डा.बिरेन्द्र बहादुर प्रधान, अस्पतालका कोभिड संयोजक डाक्टर उदयनारायण सिंह, वीरगञ्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदिप कुमार निरौला लगायतको सहभागिता रहेको थियो । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.