logo

रौनीयारको पप्पु कन्ट्रक्शनका बिरुद्ध गौरमा प्रर्दशन,निर्माणमा ढिलासुस्ती गरेको भन्दै कारवाहीको माँग

      8/27/2018 गते 00 00 मा प्रकाशित     1851   पटक पढिएको


गौर ११ भदौ ।
देशभरका करिब ७ किमी लम्बाई पूल निर्माणको ठेक्का लिएर काम नगरेपछि बदनाम बनेको पप्पु कन्स्ट्रक्सनको बिरोधमा सोमबार रौतहट सदरमुकाम गौरमा प्रर्दशन भएको छ  । 


समयमा नै पुल नबनेको बारण गौरमा डुगा दुर्घटना भएर मानिसको ज्यान  गएको भन्दै पप्पु कन्स्ट्रक्सन बिरुद्ध गौरमा प्रर्दशन भएको हो । 


शनिवार साँझ गौर–४ स्थित लालबकैया नदीको टिकुलियाघाटमा निर्माण हुँदै गरेको पक्की पुलको पिलरमा ठोक्किएर डुंगा दुर्घटना भएको थियो ।पप्पु कन्स्ट्रक्सन पर्साको क्षेत्र नं ३ बाट निर्वाचित संघीय समाजवादी फोरमका सांसद हरि नारायण रौनीयारको हो । अहिले कम्पनीको काम भने उनका छोरा सुमीत रौनीयारले हेर्ने गरेका छन ।

 

दुर्घटनापछि २९ जना भन्दा धेरै डुबेका थिए । जसमा तीनजनाको शव भेटिएको छ भने अन्य दुईजना अझै बेपत्ता छन् । अधिकांश यात्रु पौडिएर बाँच्न सफल भएका थिए । 


पीडित परिवारलाई राहत र सम्झौता अनुसार समयमा काम नसक्ने ठेकेदारलाई कडा कारबाही माग गर्दै जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाइएको हो । 


ठेकेदारको लापर्वाहीले पुल समयमा नै नबनेकोले डुगा दुर्घटना भएर मानिसको ज्यान गएको भन्दै गौरमा नेकपाको अगुवाइमा प्रर्दशन गरेको नेकपाका जिल्ला नेता कमलराय यादवले बताएका छन ।

 

 पिडित परीवारलाइ नेपाल सरकारबाट उचित राहत र सम्झौता समय भित्र काम सम्पन्न नगर्ने ठेकेदारलाइ हदै सम्मको कार्वाही माग गर्दै नेकपामा जिल्ला तहका नेताहरुको जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र समेत बुझाएका छन ।

 

ज्ञापन पत्र बुझ्दै रौतहटका प्रमुख जिल्ला अधिकारी गोबिन्द रिजालले मागहरु सम्वन्धित निकायमा पठाएको जनाएका छन ।

 

बागमती तथा लालबकैयामा जीर्ण डुगाहरु प्रयोग हुदै आएको  , तालिम नलिएका डुगा चालकहरुले चलाएको , डुगा संचालन गर्दा आउने खतरा लाइ रोक्न न्युनतम सुरक्षाको समेत व्यवस्था नगरेको, डुगाको अवस्थाको बिषयमा स्थानिय तह तथा स्थानिय प्रशासन अनुगमन नगरेकोले गम्भिर बन्न आग्रह गर्दै ज्ञापन पत्र बुझाएको गौर स्थित नेकपाका युवा नेता शम्भु साहले बताएका छन ।

 

गएको २०७४ असार २५  भित्र सो पुल निमार्ण भैसक्नु पर्नेमा अहिले सम्म पिलर मात्रै निमार्ण भएको छ । २०७१ साल असार २६ उक्त पुलको निर्माणका लागि सम्झौता भएको  थियो । निर्माणको ठेक्का पाएको पप्पु कन्ट्रक्सनको ढिलासुस्तीका कारण जोखिम मोलेर लालबकैया नदी तर्न स्थानीयबासी बाध्य छन् ।
 निमार्ण हुँदै गरेको उक्त पुल दुई सय ४२ मिटर लामो छ भने ७ वटा स्पर रहेका छन् । 

 

निर्माणको ठेक्का पप्पु कन्ट्रक्सनले १४ करोड ९३ लाख २७ हजार एकसय पचास रुपैयाँमा लिएको थियो । ठेकेदारले पुल निर्माणमा लापरबाही गरेपछि सडक डिभिजन कार्यालयले २०७४ माघ २९ गते यता सम्झौता अनुसार काम गर्न भन्दै पटक पटक पत्राचार गरिरहेको छ । 
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

समाज

हेटौंडामा भोलिदेखि देखि सडक विस्तारः २५/२५ गजभित्रका संरचना हटाइने,२५ वटा डोजर र २५ वटा अन्य मेसिन प्रयोग हुने

हेटौंडा । भोलिदेखि हेटौंडाको रातोमाटेदेखि बुद्धचोक हुँदै राप्ती पुलसम्म, साथै बुद्धचोक–सामरी पुल खण्डसम्म पर्ने २५/२५ गजभित्रका घर–टहरा तथा अन्य संरचना भत्काइने भएका छन्।

मधेसका चार सय तीन परिवार ग्रामीण विद्युतीकरण कार्यक्रमबाट लाभान्वित

सर्लाही ।  सामुदायिक तथा ग्रामीण विद्युतीकरण कार्यक्रममार्फत मधेसका आठ जिल्लाका कुल ४०३ परिवार बिधुतसेवा पहुँचमा जोडिएका छन्।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.