logo

महिला माथि हिंसा गर्ने मनोबिज्ञानमा परिर्वतन ल्याउनु पर्छ डाः शाक्य

      7/9/2018 गते 00 00 मा प्रकाशित     1108   पटक पढिएको

बीरगंज २५ असार ।
महिलालाई हिंसा गर्ने मनोबिज्ञानलाई परिर्वतन गर्न आवश्यक रहेको प्राध्यापक डा.दीपक शाक्यले बताएका छन ।

 

बीरगंज पब्लिक कलेजमा सोवार आयोजना गरिएको  महिला हिंसा विरुद्ध अभिमुखिकरण गोष्ठीमा डा .शाक्यले यस्तो बताएका हुन ।

 

उनले समाजमा छोरी जन्मिदा निराश हुने र छोरा जन्मिदा मिठाइ बाढ्ने प्रचलन गलत रहेको बताए ।

 

उनले छोरा भए बुढेसकालको साहरा छोरीलाई पराईको धन मान्ने सामाजिक मान्यता नै महिला माथिको हिंसाको कारक रहेको बताए ।

 

 डा.शाक्यले घरेलु हिंसाले गर्दा नै महिलाहरुले मनसिक यातना सहनु परेको र मानसिक रोगी समेत हुन पुगेकोले घरेलु हिंसा रोक्नुपर्नेमा बिशेष जोड दिए ।

 

कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेश २ का उपाध्यक्ष के.सी.लामिछानेले शारीरक बनोटमा रहेको फरकपन बाहेक महिला पुरुषमा कुनै भेदभाव नरहेको बताए । उनले सामाजिक संरचनामा रहेको सामन्ती सोचका कारण पुरुषवाद हावी भएको र महिलालाई कमजोर देखाउने प्रयास हुदै आएको बताए ।

 

उनले महिलाहरु कमजोर हुन्छन भन्ने कुरा परम्परागत मान्यताको रुपमा बिकास भएको तर महिलाहरु कमजोर नहरेको स्पष्ट पारे । उपाध्यक्ष  लामिछानेले नेपाल सरकारले हिसांका प्रकृति हेरी विभिन्न दण्ड जरिवाना समेत तोके पनी न्यायीक पक्षमा महिला बोल्न नसकेर हिसां गर्ने व्यक्तिहरु उम्कीने गरेको बताएका थिए । हिसांका घटनाहरु कम गर्न आफु बस्ने टोल छिमेकमा जनचेतना जगाउन अहिलेको आवश्यक्ता रहेको उनको निश्कर्ष थियो । 

 

 नारी शसक्तिकरणका लागी गाउँ शहरका अभियन्ता सक्रिय बनौं भन्ने नाराका साथ सहयोगी नेपालले अयोजना गरेको सो कार्यक्रममा पत्रकार रितेश त्रिपाठीले महिला हिंसाका स्वरुपका बारेमा प्रकाश पारेका थिए । आर्थिक पत्रकार संघका अध्यक्ष समेत रहेका पत्रकार त्रिपाठीले  रितेश त्रिपाठीले कुनैपनी घटनामा कहि न कही आर्थिक पक्ष समेत समेटिने हुदाँ महिला हिसांमा अर्थ समस्याले महत्वपुर्ण भुमिका खेलीरहेको बताए । महिला जब आर्थिक रुपले समपन्न हुन्छिन तब हिसाँ पनी कम हुदैँ जानेहुँदा महिलाहरु सबल हुन जरुरी रहेको बताएका थिए ।  

 

उनले महिला हिंसाका कारण नेपालले प्रगती गर्न नसकेको चर्चा गर्दै हिंसा न्यूनीकरणमा महिलाहरु नै अग्रहसर हुनु पर्नेमा जोड दिए ।   संस्कृति का अध्यक्ष शैली चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा पत्रकार बिमला गुप्ता आशु सर्राफ लगायतले मन्तब्य ब्यक्त गरेका थिए । सहयोगी नेपालको आयोजना तथा प्रदेशसभा सदस्य डा. अन्जु कुमारी यादवको संसदीय कोषको सहयोगबाट समपन्न कार्यक्रममा महानगरका ४३ जना छात्रछात्राहरुको सहभागिता रहेको थियो 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

सशस्त्र प्रहरी बलपर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सम्पन्न

वीरगंज । सशस्त्र प्रहरी बल, नेपाल पर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सोमबार सम्पन्न भएको छ।

हरिऔनकी ९३ वर्षको उमेरमा नागरिकता पाउने आश

हरिऔन  । उमेरले नौ दशक काट्नुभएकी वृद्धा सुनमाया सुनुवारको अहिले एउटै आश मर्ने बेलामा एक थान नागरिकता र त्यसले दिने सामाजिक सुरक्षा भत्ता पाउने छ ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.