logo

मरिच तस्करीको आरोपमा बीरगंजका उधोगी संजय अग्रवाल थुनामा,अनुसन्धानमा अरु पनि तानीने

      6/21/2018 गते 00 00 मा प्रकाशित     1207   पटक पढिएको

बीरगंज ७ असार । 
ग्लोबल लेदर टेनिङ इण्डष्ट्रिज प्रालिका सञ्चालक अग्रवाललाई राजस्व बिभाग काठमाण्डौले थुनामा पठाएको छ । मरिचको अवैध कारोवारको बिषयमा बयान दिन काठमाण्डौ गएका अग्रवालसंग बिभागले धरौटी माग गरे पछि उनी थुनामा पुगेका हुन । बिभागले अग्रवालसंग ३ करोड ७६ लाख ८० हजार रुपैयाँ घरौटी मागेको थियो । धरौटी रकम तिर्न नसकेपछि बिभागले उनलाई थुनामा पाठाएको हो ।


अनधिकृत तरिकाबाट बीरगंज नाका हुदै मरिच भारततर्फ निकासी गर्न खोजेको आरोपमा बिभागले अग्रवाललाई अनुसन्धानकोलागि काठमाण्डौ झिकाएको थियो ।  अग्रवालले बिभागले माग गरेको धरौटी रकम बुझाउन नसकेपछि थुनामा पठाएको अनुसन्धान अधिकृत ध्रुव पोख्रेलले बताए ।


ग्लोबल लेदर टेनिङ इण्डष्ट्रिज प्रालिका सञ्चालक अग्रवालसित विभागले  यो प्रकरणमा थप अनुसन्धान भइरहेको  बताएको छ । गत जेठ २१ गते वीरगञ्जको मूल नाका  भएर भारततर्फ जान लागेको भारतीय नम्बरको ट्रकमा १२ मेट्रिकटन मरीच बरामद भएको थियो । 

अग्रवाल मुख्य सञ्चालक रहेको ग्लोबल लेदरले भारतको कानपुरस्थित मेरिट एक्जिमलाई छाला पठाउने भनिएको ट्रकमा मरीच फेला परेको थियो ।

 

प्रज्ञापनमा उल्लेख भएको युपी ७८ बीटी ३८०४ नम्बरको ट्रकमा मरीच बरामद भएको थियो । अग्रवालले मरीच तस्करीमा आफ्नो संलग्नता अस्वीकार गरेका छन् । प्रज्ञापनमा २ ओटा ट्रक नम्बर उल्लेख गरिएको छ । तीमध्ये एचआर ५५ यु ४०६८ नम्बरको ट्रकमा छाला निकासी भएको बताइएको छ । अर्को ट्रकमा मरीच फेला परेको थियो ।

भन्सारको प्रज्ञापनमा २ ओटा ट्रकमा २५ मेट्रिकटन वेट ब्लु छाला रहेको उल्लेख छ । तर, बीलमा २० मेट्रिकटन छ । गाडीको तौल भने २६ मेट्रिकटनभन्दा बढी देखाइएको छ । प्रज्ञापनमा केरमेट गरी ट्रक नम्बर सच्याइएको छ । 

 

प्रज्ञापनमा युपी १५ डीटी २५ नम्बरलाई कलमले काटेर त्यसमाथि एचआर ५५ यु ४०६८ नम्बर चढाइएको छ । ढुवानी साधनको नम्बर गल्ती भएमा भन्सारको प्रक्रिया पु¥याएरमात्र सच्याउन मिल्नेमा छापमात्र लगाइएको छ ।

विभागले छाला उद्योगी, भन्सार कर्मचारी, भन्सार एजेण्ट र वीरगञ्जका अन्य व्यवसायीलाई अनुसन्धानको घेरामा राखिएको बताएको छ ।

तर, भन्सारका कर्मचारीलाई अहिलेसम्म विभागमा उपस्थित गराइएको छैन् । प्रक्रिया नपु¥याइएको प्रज्ञापनपत्रमा वीरगञ्ज भन्सारका अधिकृत उद्धव ढुङ्गानाको हस्ताक्षर छ । मरीच बोकेको ट्रकका चालक र भन्सार एजेण्ट दिलीप श्रीवास्तवलाई पनि हिरासतमा लिएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मंच बेल्जियमको अध्यक्षमा न्यौपाने सर्वसम्मत

वीरगंज । प्रवासी नेपाली मंच बेल्जियमको सातौ अधिवेशनले बिनोद न्यौपानेलाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको छ ।

भारतको अप्रेशन  सिन्दुर,पाकिस्तान नियन्त्रित नौ स्थानमा मिसाइल आक्रमण

वीरगंज।  भारतले बुधबार  पाकिस्तान र पाकिस्तान नियन्त्रित कश्मीर (पीओके) मा रहेको ‘आतङ्कवादी केन्द्रहरु’ नौ स्थानमा हमला गरेको  घोषणा गरेको छ  ।

समाज

सहयोद्धा उपर दुरब्यवहारको आरोप, आयोगमा उजुरी,  संसदीय दलको नेता बाट दिए राजीनमा

जनकपुरधाम । आफनै सहयोद्धा महिला उपर दूरब्यवहार गरेको आरोप लागेपछि नेकपा माओवादी केन्द्रका मधेश प्रदेश संसदीय दलका नेता भरत साहले दलको नेताको पदबाट राजीनामा दिएका छन ।

राष्ट्रिय स्वस्थ्यकर्मी महासंघ नेपालको  अध्यक्षमा डा. पौडेल निर्वाचित

वीरगंज । राष्ट्रिय स्वस्थ्यकर्मी महासंघ नेपालको पाँचौ राष्ट्रिय महाधिवेशनले डा. सन्तोष पौडेललाई अध्यक्षमा निर्वाचित गरेको छ ।

खेलकुद

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।

एमाले नेता पटेलद्वारा  २५ लाखको लागतमा निर्माण हुने क्रिकेट मैदानको शिलान्यास

वीरगन्ज । नेकपा एमालेका सल्लाहकार शिव पटेलले क्रिकेट मैदान निर्माण कार्यका एक कार्यक्रमकावीच शिलान्यास गरेका छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.