दिनेश खड्का/
पप्पु कन्स्ट्रक्सनले बर्दियाको जब्दिघाटमा बनाएको पुलमा गुणस्तरहीन निर्माण सामाग्री प्रयोग गरेका कारण सञ्चालनमा नआउँदै भाँचिएको प्रतिवेदनमा उल्लेख गरिएको छ।
पुलको अधिकांश संरचना निर्माण सम्पन्न भएपछि २०७४ साउन २९ मा आएको बाढीले पुलमा क्षति पुर्याएकाले निर्माण व्यवसायीलार्इ उक्त क्षतिको समाधान गरी यथाशीघ्र कार्य सम्पन्न गर्न ताकेता गर्दा पनि काम सुरु गरेको छैन। जसका कारण पुल अलपत्र अवस्थामा रहेको छ।

समयमै आयोजनाको काम नसकिने भएपछि पूर्व निर्धारित क्षतिपूर्ति लिनेगरि २०७३ कार्तिकसम्म म्याद थप भए पनि असुल गर्नुपर्ने १ करोड ६६ लाख ८० हजार रुपैयाँ क्षतिपूर्ति असुल नगरिएको पाइएको छ।
त्यसै गरी महालेखा परीक्षकको प्रतिवेदन अनुसार सुर्खेतको भेरी नदी पुल लामो समयसम्म पनि निर्माण सुरु नभएको उल्लेख गरेको छ। यो पुल निर्माणको जिम्मा पप्पु कन्स्ट्रक्सनले पाएको छ।
२२.५६ प्रतिशत खर्च भएको भए पनि निर्माण कार्यको कुनै प्रगति देखिएको छैन। यो वर्ष कुनै काम हुन नसकेको प्रतिवेदनमा उल्लेख गरिएको छ।
२०६९ सालमा सम्झौता भएर निर्माण कार्य प्रारम्भ गरी २०७२ साल पुसमा निर्माण कार्य सक्ने लक्ष्य भए पनि अझै निर्माण कार्य थालिएको छैन।
त्यसै गरी सिरहाको गिदेरी खोला पुल सम्झौता भएको तीन वर्षमा बल्ल करिब १४ प्रतिशत मात्रै काम भएको। ठेकेदारकै कारण निर्माण कार्यले गति लिन नसकेको विभागको भनार्इ छ। सडक विभागको अनुसार करिब छ किमी सडक पुल आयोजनाको ठेक्का पप्पु कन्स्ट्रक्सनले पाएको छ। पप्पु कन्स्ट्रक्सनका जिम्मा पाएर निर्माण थालेका अधिकांशमा पुलमा समस्याहरू हुने गरेका छन्। अधिकांश पुल आयोजनामा अर्को कम्पनीसँग मिलेर जोइन्ट भेन्चर बनाएर काम गर्ने गरेको छ। जोइन्ट भेन्चरमा काम गरे पनि दुबै कम्पनीको जिम्मेवारी बराबर हुने गर्छ।

समयमा काम नसक्ने तथा गुणस्तरीयता कायम गर्न नसक्ने ठेकेदार कम्पनीका रूपमा आलोचित बन्दै आएको छ पप्पु कनस्ट्रक्सन। सडक विभागका अधिकारीहरू नै उक्त कम्पनीको कामप्रति असन्तुष्ट छन्। तर कालोसूचीमा राख्ने र कारबाही गर्ने आँट कसैले गर्न सकेका छैनन्। पप्पु कन्सट्रक्सन सांसद हरिनारायण रौनियारको हो। सभार - पहिलोपोष्ट



वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।
काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।
वीरगंज । हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।
नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको छ । १ सय भन्दा बढी घाइते भएका छन, जसको उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।


आधी रातमा घरमा पसी हुलहुजत गर्ने माथी प्रहीले कारवाही नगरेको भन्दै आज पीडित महिलाले पत्रकार सम्मेलन गर्नु भएको छ

वीरगंज । सशस्त्र प्रहरी बल, नेपाल पर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सोमबार सम्पन्न भएको छ।
हरिऔन । उमेरले नौ दशक काट्नुभएकी वृद्धा सुनमाया सुनुवारको अहिले एउटै आश मर्ने बेलामा एक थान नागरिकता र त्यसले दिने सामाजिक सुरक्षा भत्ता पाउने छ ।

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्यो।
ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

तपाईको प्रतिक्रिया