दिनेश खड्का/
पप्पु कन्स्ट्रक्सनले बर्दियाको जब्दिघाटमा बनाएको पुलमा गुणस्तरहीन निर्माण सामाग्री प्रयोग गरेका कारण सञ्चालनमा नआउँदै भाँचिएको प्रतिवेदनमा उल्लेख गरिएको छ।
पुलको अधिकांश संरचना निर्माण सम्पन्न भएपछि २०७४ साउन २९ मा आएको बाढीले पुलमा क्षति पुर्याएकाले निर्माण व्यवसायीलार्इ उक्त क्षतिको समाधान गरी यथाशीघ्र कार्य सम्पन्न गर्न ताकेता गर्दा पनि काम सुरु गरेको छैन। जसका कारण पुल अलपत्र अवस्थामा रहेको छ।

समयमै आयोजनाको काम नसकिने भएपछि पूर्व निर्धारित क्षतिपूर्ति लिनेगरि २०७३ कार्तिकसम्म म्याद थप भए पनि असुल गर्नुपर्ने १ करोड ६६ लाख ८० हजार रुपैयाँ क्षतिपूर्ति असुल नगरिएको पाइएको छ।
त्यसै गरी महालेखा परीक्षकको प्रतिवेदन अनुसार सुर्खेतको भेरी नदी पुल लामो समयसम्म पनि निर्माण सुरु नभएको उल्लेख गरेको छ। यो पुल निर्माणको जिम्मा पप्पु कन्स्ट्रक्सनले पाएको छ।
२२.५६ प्रतिशत खर्च भएको भए पनि निर्माण कार्यको कुनै प्रगति देखिएको छैन। यो वर्ष कुनै काम हुन नसकेको प्रतिवेदनमा उल्लेख गरिएको छ।
२०६९ सालमा सम्झौता भएर निर्माण कार्य प्रारम्भ गरी २०७२ साल पुसमा निर्माण कार्य सक्ने लक्ष्य भए पनि अझै निर्माण कार्य थालिएको छैन।
त्यसै गरी सिरहाको गिदेरी खोला पुल सम्झौता भएको तीन वर्षमा बल्ल करिब १४ प्रतिशत मात्रै काम भएको। ठेकेदारकै कारण निर्माण कार्यले गति लिन नसकेको विभागको भनार्इ छ। सडक विभागको अनुसार करिब छ किमी सडक पुल आयोजनाको ठेक्का पप्पु कन्स्ट्रक्सनले पाएको छ। पप्पु कन्स्ट्रक्सनका जिम्मा पाएर निर्माण थालेका अधिकांशमा पुलमा समस्याहरू हुने गरेका छन्। अधिकांश पुल आयोजनामा अर्को कम्पनीसँग मिलेर जोइन्ट भेन्चर बनाएर काम गर्ने गरेको छ। जोइन्ट भेन्चरमा काम गरे पनि दुबै कम्पनीको जिम्मेवारी बराबर हुने गर्छ।

समयमा काम नसक्ने तथा गुणस्तरीयता कायम गर्न नसक्ने ठेकेदार कम्पनीका रूपमा आलोचित बन्दै आएको छ पप्पु कनस्ट्रक्सन। सडक विभागका अधिकारीहरू नै उक्त कम्पनीको कामप्रति असन्तुष्ट छन्। तर कालोसूचीमा राख्ने र कारबाही गर्ने आँट कसैले गर्न सकेका छैनन्। पप्पु कन्सट्रक्सन सांसद हरिनारायण रौनियारको हो। सभार - पहिलोपोष्ट




वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।
वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।
नयाँ दिल्ली । दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।
वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।


आधी रातमा घरमा पसी हुलहुजत गर्ने माथी प्रहीले कारवाही नगरेको भन्दै आज पीडित महिलाले पत्रकार सम्मेलन गर्नु भएको छ

वीरगञ्ज । खेतीपातीको मुख्य समयमा मलखादको अभावका कारण आक्रोशीत भएका बहुदरमाई नगरपालिका–४ का स्थानीय बासिन्दाले कार्यालयमा तालाबन्दी गरेका छन ।
सेढवा । पर्साको जिराभवानी गाउँपालिकामा बाघको आक्रमणबाट जिराभवानी गाउँपालिका–२ काठमाडौं टोल निवासी ७० वर्षीय नथुनी मिर्दाहा थारुको मृत्यु भएको छ ।

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।
वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

तपाईको प्रतिक्रिया