logo

लाल र महालक्ष्मी स्व अम्बिका सिंह शिक्षा पुरस्कारबाट पुरस्कृत

      4/11/2018 गते 00 00 मा प्रकाशित     1019   पटक पढिएको

बीरगंज २८ चैत ।
स्व.अम्बिका सिंह शिक्षा पुरस्कारबाट सेवा नविृत शिक्षक अरुण कुमार लाल र महालक्ष्मी शर्मा पुरस्कृत भएका छन । नेपाल राष्ट्रीय शिक्षक संगठनको १२ जिल्ला अधिवेशनको उद्धघाटन समारोहमा उनीहरु पुरस्कृत भएका हुन ।

 

स्व अम्बिका सिंहको २०३७ सालमा निधन भएको थियो । नेपाल राष्ट्र्रीय बिद्यापीठ मावि श्रीपुरमा अध्यापनरत रहेको  बेला सिंहको निधन भएको हो । स्व.सिंहका जेष्ठ पुत्र अरविन्द कुमार सिंले परिवारका तर्फबाट  आमाको स्मृतिमा पुरस्कारको ब्यवस्था गरेको बताए ।

 

पुरस्कृत सेवा निवृत शिक्षक अरुण कुमार लाल ०३९ साल देखी अहिलेको पर्सागढी नगरपालिकाको बढनिहारमा रहेको बिद्यालयका प्रधानाध्यापक हुन ।

 

उनी सेवानिवृत हुदा सो बिद्यालय श्री आमोदेवी बहुमुखी क्याम्पस भएको छ । निरन्तर शिक्षाको बिकासमा प्रतिवद्ध रुपमा लागेका लाल पुरस्कृत भएकोमा पुरस्कारको ओज समेत थप बढेको छ ।

 

त्यसैगरि त्रिजुद्ध बिद्यालयमा लामो समय अध्यापनरत महालक्ष्मी शर्मा प्रगतीशिल आन्दोलनको महत्वपूर्ण हस्ती पनि हुन ।

 

दुबै जना नगद दश/दश हजार सम्मान पत्र र दोसल्ला सहित सम्मानीत तथा पुरस्कृत भएका हुन । 
संगठनका अध्यक्ष अशोक चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल शिक्षक महासंघका केन्द्रीय अध्यक्ष बाबुराम थापा, नेकपा एमालेका केन्द्रीय सदस्य रामचन्द्र साह ,सासदहरु डा.पुष्पा कर्ण  रेखा झा ,नेकपा एमालेका नेता चीरन्जीवी आचार्य नेकपा एमाले पर्साका संयोजक प्रभू हजरा ,नेपाल शिक्षक महासंघ पर्साका अध्यक्ष तीर्थ राज यादव,शिक्षक फोरमका हरिन्द्र चौरसिया शिक्षक संगठनका पूर्व अध्यक्ष हरिहर यादव ,अच्छेलाल साह नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जारा श्री नेपाल राष्ट्रीय मावि सियरहीका प्रधानाध्यापक भागवत चौधरी ,श्री दीपनारायण आर्दश माविका शिवनाथ थारु सिद्धार्थ माविका पूर्व प्रधानाध्यापक जगन्नाथ तिवारी लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए । 


कार्यक्रममा जिल्ला भरिबाट सेवानिवृत भएका प्रधानाध्यापकहरुलाई संगठनले सम्मान गरेको थियो ।कार्यक्रमको संचालन शिक्षक नेता बिनोद गिरीले गरेका थिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

मलखाद नपाएपछि बहुदरमाईमा जनआक्रोश, नगर कार्यालयमा तालाबन्दी

वीरगञ्ज । खेतीपातीको मुख्य समयमा मलखादको अभावका कारण आक्रोशीत भएका  बहुदरमाई नगरपालिका–४ का स्थानीय बासिन्दाले कार्यालयमा तालाबन्दी गरेका छन ।

बाघको आक्रमणबाट ७० वर्षिय थारुको ज्यान गयो

सेढवा । पर्साको जिराभवानी गाउँपालिकामा बाघको आक्रमणबाट जिराभवानी गाउँपालिका–२ काठमाडौं टोल निवासी ७० वर्षीय नथुनी मिर्दाहा थारुको मृत्यु भएको छ ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.