logo

दाइजोको निहुमा आगोले पोलेर बुहारीको हत्या प्रयास आरोपीहरु फरार

      4/6/2018 गते 00 00 मा प्रकाशित     1313   पटक पढिएको

बीरगंज २३ चैत ।
छिपहरमाई गाउँपालिका वडा नं ४ तुलसीवर्वा निवासी १८ वर्षिया रविना खातुनलाई  उनका पति २२ वर्षिय साविर मिया धोवी ५२ वर्षिय ससुरा फर्जन मिया ५० वर्षिया सासु शोभा खातुन र १७ वर्षिया नन्दा नजरानाले  आगो लगाएर मार्ने प्रयास गरेको सार्वजनीक भएको छ । 

 

    खातुनलाई चैत १३ गते जलाएर उनलाई कुनै उपचार नगराई घरमै बन्दक बनाएर राखिएको थियो । श्रीमान र उनको परिवारले गहना दाइजो बापत माग गरेका थिए ” मैले हुदैन भनेपछि उनीहरुले आगो लगाए  खातुनले भनिन । 
    उनले लगाएका गहना खोसेर उनलार्ई घरबाट निकाल्न खोज्दा उनले प्रतिकार गरेपछि आगो लगाइएको उनले बताइन । पहिला १७ वर्षिया नन्द नजरानाले आगोको अगुल्टोले पोलेको उनले बताइन । नन्दले आगो झोस्न थाले पछि परिवारका अरु सदस्यले आफूलाई समातेको उनले बताइन । 

 

    पर्सा प्रहरीका प्रवक्ता राजन लिम्बुले परिवारबाट मार्ने नियतले आगो लगाइएको देखिएको बताए । १३ गते घटना भएपनि खातुन २१ गते घरबाट भागेर बीरगंज चल्ने बस मार्फत बीरगंजको वडा नं ३ छपकैयामा रहेको आफनी ठुली आमाको घरमा आइपुगेपछि मात्र २२ गते घटना सार्वजनीक भएको हो । उनी २२ गते महिला तथा वालवालिका सेवाकेन्द्रमा  उजुरी गर्न पुगेपछि उनलाई उपचारको लागि पनि भर्ना गरिएको प्रवक्ता लिम्बुले बताए ।खातुनको अहिले बीरगंजको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ ।


खातुनको दाहिने खुट्टा र कम्मरमा आगोले पोलेको छ । रविनाले दिएको उजुरीको आधारमा प्रहरीले आफनो मातहत निकायालाई उनीहरुलाई उपस्थिति गराउनकालागि निर्देशन दिएको प्रवक्ता लिम्बुले बताए । प्रवक्ता लिम्बुका अनुसार खातुनका श्रीमान भने फरार भएका छन । 

 

खातुनाका अनुसार दिल्लीमा काम गर्ने श्रीमानले त्यतै बिवाह गरेको र उनीहरुबाट एउटा छोराको समेत जायजन्म भएको छ । बिवाह भएको तीन वर्ष भइसक्दा पनि खातुन आमा नबनेको भन्दै अर्कीलाई भित्रयाएर खातुनलाई हटाउन खोजेको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीले जनायो । रबिनाको माइत भारतको बिहार राज्यको पारसवा, भेलाही । तीन वर्षअघि उनको विवाह भएको थियो ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मंच बेल्जियमको अध्यक्षमा न्यौपाने सर्वसम्मत

वीरगंज । प्रवासी नेपाली मंच बेल्जियमको सातौ अधिवेशनले बिनोद न्यौपानेलाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको छ ।

भारतको अप्रेशन  सिन्दुर,पाकिस्तान नियन्त्रित नौ स्थानमा मिसाइल आक्रमण

वीरगंज।  भारतले बुधबार  पाकिस्तान र पाकिस्तान नियन्त्रित कश्मीर (पीओके) मा रहेको ‘आतङ्कवादी केन्द्रहरु’ नौ स्थानमा हमला गरेको  घोषणा गरेको छ  ।

समाज

सहयोद्धा उपर दुरब्यवहारको आरोप, आयोगमा उजुरी,  संसदीय दलको नेता बाट दिए राजीनमा

जनकपुरधाम । आफनै सहयोद्धा महिला उपर दूरब्यवहार गरेको आरोप लागेपछि नेकपा माओवादी केन्द्रका मधेश प्रदेश संसदीय दलका नेता भरत साहले दलको नेताको पदबाट राजीनामा दिएका छन ।

राष्ट्रिय स्वस्थ्यकर्मी महासंघ नेपालको  अध्यक्षमा डा. पौडेल निर्वाचित

वीरगंज । राष्ट्रिय स्वस्थ्यकर्मी महासंघ नेपालको पाँचौ राष्ट्रिय महाधिवेशनले डा. सन्तोष पौडेललाई अध्यक्षमा निर्वाचित गरेको छ ।

खेलकुद

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।

एमाले नेता पटेलद्वारा  २५ लाखको लागतमा निर्माण हुने क्रिकेट मैदानको शिलान्यास

वीरगन्ज । नेकपा एमालेका सल्लाहकार शिव पटेलले क्रिकेट मैदान निर्माण कार्यका एक कार्यक्रमकावीच शिलान्यास गरेका छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.