logo

मधेसको बाकी माग पनि कांग्रेसले नै पुरा गर्छ : प्रधानमन्त्री देउवा

      12/1/2017 गते 00 00 मा प्रकाशित     1012   पटक पढिएको


वीरगन्ज– प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रसले मात्र मधेसी जनताको चाहना अनुसार संविधान संशोधन गर्ने दावी गरेका छन् । वीरगन्जमा विहीबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै कांग्रेसका सभापति समेत रहेका देउवाले नेपाल र मधेसको मुहार फेर्नका लागि कांग्रेसले नै जित्नुपर्ने धारणा राखेका थिए । प्रधानमन्त्री देउवाले संविधानका कमीकमजोरी सुधारेर मधेसी जनताको चाहना र भावना अनुसार संविधान संशोधन गर्न एमालेले नमानेको बताए । 

              प्रतिनिधी सभा र प्रदेश सभाको चुनाव अगाडि निर्माण भएको वामगठबन्धनलाई इंगीत गर्दै उनले कम्युनिष्टको शासन आएको खण्डमा डर र त्रासमा बस्नुपर्ने बताए । उनले वामगठबन्धनले संविधान खारेज गरेर राष्ट्रपति शासन लाद्न खोजेको र एकदलीय शासन ल्याउन लागेको आरोप लगाए । ‘कुन कम्युनिष्ट शासन भएको देशमा बोल्न र लेख्न पाईन्छ ?’ उनले प्रश्न तेस्र्याउँदै भने ‘कम्युनिष्ट शासन आयो भने बोल्न लेख्न पाईदैन, सधै डर र त्रासको माहोल हुन्छ । कम्युनिष्ट शासन आयो भने चुनाव नै हुन्न ।’ 

              देश सम्पन्न बनाउन कांग्रेसले नै जित्नुपर्ने जिकिर गरेका थिए । ‘देश विकासका लागि विदेशी लगानी भित्रयाएर ठूला उद्योग धन्दा खोल्नुपर्छ, त्यसपछि रोजगारी सृजना हुन्छ अनि देश समृद्धिको दिशामा अघि बढ्छ । ’ प्रधानमन्त्री देउवाले भने ‘कम्युनिष्ट देशमा विदेशी लगानी आउँदैन, देश वर्वाद हुन्छ ।’ २००७ सालको प्रजातान्त्रिक आन्दोलनको उदगम स्थल वीरगन्ज नै भएको स्मरण गर्दै देउवाले कांग्रेसकै नेतृत्वमा अहिलेसम्म देशमा परिवर्तन आएको बताए । कांग्रेसका प्रतिनिधी सभा र प्रदेश सभा सदस्यका उम्मेदवारहरुले बाम गठबन्धन र फोरम राजपा गठबन्धनको नाममा मधेसी जनतालाई भ्रमित गर्ने काम भईरहेको बताए । पर्सा क्षेत्र नम्बर एकका उम्मेदवार अनिल रुंगटाले मधेस केन्द्रीत दलले ५/७ वटा सिट जित्दैमा मधेसका बाकी माग संशोधन हुन नसक्ने बताए । मधेसको माग पुरा गर्न र यहाँको विकास र रोजगारीको समस्या समाधानका लागि कांग्रेसलाई जिताउन आह्वान गरेका थिए । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मंच बेल्जियमको अध्यक्षमा न्यौपाने सर्वसम्मत

वीरगंज । प्रवासी नेपाली मंच बेल्जियमको सातौ अधिवेशनले बिनोद न्यौपानेलाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको छ ।

भारतको अप्रेशन  सिन्दुर,पाकिस्तान नियन्त्रित नौ स्थानमा मिसाइल आक्रमण

वीरगंज।  भारतले बुधबार  पाकिस्तान र पाकिस्तान नियन्त्रित कश्मीर (पीओके) मा रहेको ‘आतङ्कवादी केन्द्रहरु’ नौ स्थानमा हमला गरेको  घोषणा गरेको छ  ।

समाज

सहयोद्धा उपर दुरब्यवहारको आरोप, आयोगमा उजुरी,  संसदीय दलको नेता बाट दिए राजीनमा

जनकपुरधाम । आफनै सहयोद्धा महिला उपर दूरब्यवहार गरेको आरोप लागेपछि नेकपा माओवादी केन्द्रका मधेश प्रदेश संसदीय दलका नेता भरत साहले दलको नेताको पदबाट राजीनामा दिएका छन ।

राष्ट्रिय स्वस्थ्यकर्मी महासंघ नेपालको  अध्यक्षमा डा. पौडेल निर्वाचित

वीरगंज । राष्ट्रिय स्वस्थ्यकर्मी महासंघ नेपालको पाँचौ राष्ट्रिय महाधिवेशनले डा. सन्तोष पौडेललाई अध्यक्षमा निर्वाचित गरेको छ ।

खेलकुद

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।

एमाले नेता पटेलद्वारा  २५ लाखको लागतमा निर्माण हुने क्रिकेट मैदानको शिलान्यास

वीरगन्ज । नेकपा एमालेका सल्लाहकार शिव पटेलले क्रिकेट मैदान निर्माण कार्यका एक कार्यक्रमकावीच शिलान्यास गरेका छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.