logo

अर्थमंत्रीसंग बीरगंज उधोग बाणिज्य संघका दजनौं माँग, पुरा गर्ने मंत्रीको प्रतिवद्धता

 इसीमाना सम्बाददाता     २०७८ चैत १० गते ०३: ०१ मा प्रकाशित     1195   पटक पढिएको

वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष डा. सुबोधकुमार गुप्ताले पूँजी लगानीमा आयकर छुट हुनुपर्ने, आयकर छुटको सीमामा समयानुकूल परिमार्जन हुनुपर्ने, मु.अ.कर नलाग्ने वस्तुहरुको स्पष्ट सूची हुनुपर्ने, मूल्य अभिवृद्धि करमा बहुदर प्रणाली लागु गर्नुपर्ने, फिर्ता पाउनुपर्ने मुल्य अभिबृद्धि करलाई अन्य करमा मिलान गर्न पाउनुपर्ने, नन फाइलरको समस्या समाधान गर्नुपर्ने, बिल बिजकलाई मान्यता दिनु पर्ने माँग गर्नु भएको छ । बीरगंज उधोग बाणिज्य संघको प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अर्थमंत्री जनार्दन शर्मासंग भेट गर्न पुग्नु भएका डा.गुप्ताले यस्तो माँग गर्नु भएको हो ।
उहाँले आयातमा बैंकहरुले मार्जिन डिपोजिट वापत रकम रोक्का राख्ने वा कट्टा गर्ने परिपाटीलाई अन्त गरिनुपर्ने, दाल निर्यातमा कायम गरेको १ प्रतिशत भंसार शुल्क हटाई विगतमा दिइँदै आएको ४ प्रतिशत इन्सेन्टिभ पुनः कायम गरिनुपर्ने, एकीकृत भंसार चौकीको सफल सञ्चालनको लागि भौतिक पूर्वाधारहरु निर्माण तथा भंसार चौकीभित्र क्वारेन्टाइनको स्थापना हुनुपर्ने, विदेशी मेशीनरी पार्ट भारतबाट आयात गर्न पाउनुपर्ने, स्थानीय करलाई व्यवस्थित तुल्याउनुपर्ने, ५ करोड सम्मको वार्षिक टर्न ओभर गर्ने उद्योग व्यवसायको हकमा वार्षिक रुपमा कर वापत तिर्ने रकम तोकी सो रकमको भुक्तानी पश्चात् मिस्म्याच लगायतका प्रावधानबाट छुटकारा पाउनुपर्ने, मौद्रिक नीति मार्फत् आएको सम्पत्ति अभिलेखीकरणको “मोडालिटी” स्पष्ट हुनुपर्ने, व्यापारिक उधारो कारोबार व्यवस्थित तुल्याउन क्रेडिट एक्ट ल्याउनुपर्ने, ब्याजदर सिङ्गल डिजिट हुनुपर्ने माँग गनुृ भयो ।
उहाँले भिसिटिएसमा रहेका नीतिगत तथा व्यवहारिक समस्याहरु समाधान हुनुपर्ने, भिसिटिएस, आशिकुडा र नेपाल नेशनल वन डोर सिस्टमको सफ्टवेयरलाई एकीकृत गर्नुपर्ने, आयातको लागि भंसार बिन्दु सहजै परिवर्तन गर्न सकिने हुनुपर्ने, उद्योगले बीमा गराउनु पर्ने बीमालाई अनिवार्य नगरी सो स्वेच्छिक बनाउनुपर्ने, तयारी वस्तु र कच्चा पदार्थको भंसार दरबन्दीमा १ तहको फरक हुनुपर्ने, आयकर छुट एकल व्यक्तिको हकमा ८ लाख र दम्पत्तिको हकमा साढे ८ लाख कायम गरिनुपर्ने, सेजमा उद्योग स्थापनाको लागि लचिलो नीति ल्याउनुपर्ने लगायतका सुझाव दिनुभयो ।
अर्थ मन्त्री जनार्दन शर्माले घबाट प्रस्तुत सुझावहरुलाई आपूmले गम्भीरतापूर्वक लिएको बताउनुभयो । उहाँले नेपाल उद्दारवादी अर्थतन्त्र अवलम्बन गरिरहेकोले उद्योग, व्यापारको विकास बिना समग्र मुलुकको विकास हुन नसक्ने बताउनुभयो । उहाँले आपूm उद्योग व्यवसायको सम्बद्र्धन र विकासको विरोधी नभई त्यसको पक्षपोषकको रुपमा रहेकोले उद्योग व्यापार व्यवसायको विकासको लागि आपूm तदारुकता साथ लागि परेको बताउनुहुँदै कर, राजस्व, भंसार लगायतको नीतिगत एवम् व्यवहारिक समस्याहरुलाई सहजता तुल्याउन विभागीय प्रमुखहरुलाई निर्देशन दिने आश्वासन दिनुभयो । सिमरामा अवस्थित सेज स्थापनाको लागि छुटयाइएको जग्गामा उद्योग स्थापनाको लागि लचिलो नीति अवलम्बन गर्ने बताउनुभयो ।
उक्त कार्यक्रममा वीउवासङ्घका वरिष्ठ उपाध्यक्ष अनिलकुमार अग्रवालले आत्मनिर्भर उद्योगहरुको संरक्षण, सम्बद्र्धन र विकासको लागि अपनाउनुपर्ने नीतिगत र व्यवहारिक प्रावधानको बारे प्रष्ट पार्नुभएको थियो । त्यस्तै हरि गौतमले पर्सा बारा क्षेत्रमा नयाँ औद्योगिक क्षेत्र स्थापना गर्नुपर्ने आवश्यकता रहेको बताउनुभएको थियो भने अर्का उपाध्यक्ष माधव राजपालले वीरगञ्ज–ठोरी–चितवन हुलाकी सडक र द्रुत मार्गको लागि पर्याप्त बजेट विनियोजन गर्नुपर्ने बताउनुभयो ।
वीउवासङ्घका उक्त शिष्ट मण्डलले काठमाडौंस्थित विभिन्न मन्त्री, सचिव, विभिन्न विभागका महानिर्देशक लगायत सरकारी निकायहरुसँग भेटघाटको क्रममा ४ दिनदेखि काठमाडौंमा रहेको छ ।
भेटघाटको क्रममा सङ्घका महासचिव मनोजकुमार दास, सह–कोषाध्यक्ष प्रेमचन्द्र गोयल, कार्यसमिति सदसइ सुनिलकुमार खेतान, सुमन क्याल, नरेश टिबडेवाल, अंकित खेतान, राजेन्द्र गुप्ता लगायतको उपस्थिति रहेको थियो ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

एक वर्षदेखि सम्पर्कविहीन महिलाको मानवसेवा आश्रमको पहलमा पारिवारिक पुनर्मिलन

वीरगञ्ज। एक वर्षदेखि परिवारको सम्पर्कबाट टाढा रहेकी भारतकी एक महिलाको मानवसेवा आश्रम वीरगञ्जको पहलमा पारिवारिक पुनर्मिलन भएको छ।

बीपीसीको डिजिटल छलाङ, आफ्नै जनशक्तिबाट ERP–LMS सञ्चालनमा

वीरगञ्ज । वीरगञ्ज पब्लिक कलेज (बीपीसी) ले डिजिटल शिक्षालाई प्रवर्द्धन गर्ने उद्देश्यले आफ्नै प्राविधिक जनशक्तिबाट विकास गरेको ईआरपी–एलएमएस  प्रणाली औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.