logo

युवाहरु झोला बोक्ने होईन देशको जिम्मेवारी बोक्न सक्षम छन्: रहबर अन्सारी

      11/6/2017 गते ००: ०० मा प्रकाशित     2826   पटक पढिएको


स्थानीय तह निर्वाचनको तेश्रो तथा अन्तिम चरणमा भएको प्रदेश नम्बर २ को निर्वाचनमा वीरगञ्ज महानगरपालिकाको मेयरमा उम्मेदवार बनेर चर्चा कमाएका रहबर अन्सारी फेरी प्रदेश सभा निर्वाचन क्षेत्र १ को १ मा बाम गठबन्धनको माओवादी केन्द्रबाट उम्मेदवार बनेका छन् । २०४३ सालमा काठमाडौंमा जन्मिएका ३१ बर्षीय मुस्लिम यूवा रहबर यूवाहरुमा लोकप्रिय छन् । अन्सारीका बुवा ए. ई. अन्सारी सरकारी डाक्टर थिए । काठमाडौंमा जन्मेका अन्सारी बुवाको सरुवा जताजता भयो त्यतै त्यतै गएर पढेँ । काठमाडौंको ग्यालेक्सी स्कुलबाट एसएलसी पास गरेपछि उनी पढ्न नयाँ दिल्ली गए ।

दिल्लीबाट कमर्समा प्लस टु सकेका उनले भारतको पुनाबाट बिबिएको पढाइ सके । स्नातकको पढाई सकिएपछि नेपाल फर्केर भरतपुरको मेडिकल कलेजमा काम गरे । डेढवर्ष जति त्यहाँ काम गरेपछि आफैले वीरगञ्जमा गण्डक अस्पताल सुरु गरे । विश्वका २० हजार यूवाहरुबीचको प्रतिस्पर्धाबाट छनोट भएर हंगेरीको बुडापेष्टमा अध्ययन गर्न गए । त्यहाँको सेन्ट्रल युरोपियन युनिभर्सिटीबाट सार्वजनिक नीति र शासन प्रणालीमा भर्खरै मात्र स्नातकोत्तरको परिक्षा सकेर आएका उनी वीरगञ्ज महानगरपालिकाको मेयरमा चुनाव लडेका थिए ।

पछिल्लो समय यूवाहरु माझ चर्चामा रहेका रहबर अन्सारी प्रदेशसभा सदस्यका लागि उम्मेदवार बनेका छन् । मेयरको चुनावमा ८ हजार ३ सय ५ मत ल्याएका अन्सारी पर्साको निर्वाचन क्षेत्र नम्बर १ को क बाट प्रदेश सभा सदस्यको उम्मेदवार भएका हुन् । वीरगञ्ज महानगरपालिकामा मेयरमा उठेर चर्चामा आएका उनलाई चाहेर पनि मतदाताहरुले मत जिताउन सकेनन् । उनको शालिन स्वभाव, मिजासिलो व्यवहार, आकर्षक व्यक्तित्वका साथै तार्किक भाषणले पनि सबैको मनमा बसिसकेका छन् ।

प्रदेशसभा निर्वाचनमा उनलाई मतदाताहरुले भोट किन दिने ? उनको उम्मेदवारी किन ? र एजेण्डाहरु के के छन् ? यहि विषयमा रहेर इसिमाना डट कमले गरेको कुराकानीको सम्पादित अंश ।

 

  • वीरगञ्ज महानगरपालिकाको मेयरमा उम्मेदवार बन्नुभएपनि पराजित हुनुभयो ? जनताले नछानेपछि अब फेरी तँपाईको उम्मेदवारी किन ?

    हेर्नुस्, निर्वाचनमा हारजित स्वभाविक हो । वीरगञ्जका मतदाताहरुको मन जित्न सकेपनि मैले चुनाव जित्न सकिन । तर, ८ मलाई पहिलो पटक नै ८ हजार तीनसय ५ जनाले सहयोग गर्नु भनेको वीरगञ्जमा रहबर अन्सारीको पनि आवश्यकता छ भन्ने लागेको छ । मैले जे देखेको छु र त्यसको समाधानका लागि जे गर्न खोजिरहेको छु, त्यो पर्साका जनता र पर्सा जिल्लाले पनि खोजिरहेको छ । र त्यो साझा मुद्दा पनि भएकोले यसको लागि म पनि आपूmलाई योग्य छु भन्ने लागेको छ ।

    पर्सावासीको हैसियतले भन्नुपर्दा यहाँबाट प्रदेशसभामा ८ जना सदस्य जितेर जाने छन् । पर्सा जिल्ला प्रदेश नम्बर २ को लागि एउटा महत्वपूर्ण भूमिका खेल्ने र निर्णायक शक्तिको रुपमा रहने भएकोले नै मैले पनि उम्मेदवारी दिएको हुँ । यसमा मेरो पार्टी प्रति पनि म आभारी छु । मलाई दुई÷दुई पटक अवसर दिएको छ । पर्सा एउटा ऐतिहासिक जिल्ला पनि हो । यति हुँदाहुँदै पनि पर्सा निकै पछाडि परेको छ ।

    यसको पहिचान, यहाँको विषयवस्तुहरुलाई समेट्नका लागि पनि यहाँको सबल, शिक्षित र सक्षम प्रतिनिधित्वको खाँचो देखे । त्यसैले मैले फेरी उम्मेदवारी दिएको हुँ ।
     
  • एकपटक जनताले अस्वीकार गरिसकेको व्यक्तिलाई फेरी जनताले पत्याउछन् भन्ने आधार के ?

    जनताले मलाई पत्याउछन् या पत्याउदैनन् भन्नेमा विभिन्न कुराले निर्धाराण गर्छ । अघि नै भने, पहिलो त मलाई पार्टीले पनि फेरी मलाई नै अवसर दियो । दोश्रो मैले वीरगञ्ज महानगरपालिकाको चुनावमा जनतासँग साक्षात्कार गर्ने अवसर पाएँ । त्यसबाट म निकै परिचित भए । मेरो अनुभव पनि भयो । तेश्रो मलाई वीरगञ्ज महानगरपालिकाका करिब ८ हजार भन्दा बढी मतदाताले विश्वास गर्नुभयो ।

    कतिपय मतदाताहरुले चाहाँदा चाहाँदै पनि मलाई मत दिन सक्नु भएको थिएन । त्यो राजनीतिक कारणले होस् या अन्य कुनै कारणले पनि मेरो पक्ष खुलेर आउन सक्नुभएन । त्यसैले अब फेरी त्यो मतदाता जस्ले मलाई चाहेर पनि मत दिन सक्नुभएको थिएन उहाँहरुको लागि पनि एउटा अवसर हो । जनसमुदायसँग मैले गरेको भेटघाट तथा छलफल र अन्तरक्रियाले पनि मलाई थप अनुभव प्राप्त भएको छ । फेरी अहिले प्रदेशसभाका लागि महानगरपालिकाका मतदाताहरुको पनि संख्या घटेको छ ।

    थोरै मतदाताहरुसँग अझ बढी समयसम्म छलफल र भेटघाट गरेर जोडिन सकिन्छ । महानगरको निर्वाचनमा जसरी मतदाताहरुको म माथि जुन सहानुभूति देखाउनु भएको थियो त्यसलाई अब व्यवहारमा लागू गर्नको लागि पनि एउटा अवसर हो भन्ने लाग्छ । यीनै कुराहरुले मलाई अझ हौसला बढाएकोले नै मैले जितेको जनताको मन मतबाट पनि जित्न सक्छु भन्ने लाग्छ ।
     
  • उम्मेदवार भईसकेपछि मतदाताहरुसँग मत माग्नको लागि तपाँईका मुख्य एजेण्डाहरु चाँहि के के छन् ?

    मेरो एजेण्डा भनेको राजनीतिक रुपमा अहिले जसरी प्रदेशनम्बर २ र केन्द्रबीचको दूरी देखिएको छ । जुन तित्तता देखिएको छ । यसको अन्त्य गरी केन्द्र र प्रदेशबीचको दूर घटाउने । मधेसमा देखिएको मुख्य समस्या जुन जायज छन् त्यसलाई सम्बोधन गर्न पहल गर्ने । राजनीतिक, सामाजिक, आर्थिक तथा सांस्कृति समस्याहरु पनि धेरै रहेकोले यसको समाधानका लागि पनि मेरो महत्वपूर्ण भूमिका रहने छ ।

    प्रदेश नम्बर २ मा स्वास्थ्य, शिक्षा, रोजगारको ग्यारेण्टी तथा मुख्य गरी कृषि, धार्मिक पर्यटनको विकास तथा वेरोजगार यूवाहरुको लागि रोजगारी सृजना गर्न सीपमूलक तथा दक्षता अभिवृद्धि लगायतका विषयहरुमा देखिएका नीतिगत कुराहरुको समाधानका लागि नीति निर्माण तहमा पहल गर्ने ।

    सुरक्षा, स्थानीय विकास लगायतका सम्पूर्ण कुराहरुलाई मेरो क्षमता, अनुभवहरुलाई सकारात्मक र विवेकपूर्ण ढंगबाट प्रयोग गरी प्रदेश नम्बर २ को नमूना जिल्लाको रुपमा पर्सालाई स्थापित गर्नका लागि र यसको सही निकास खोजी गरी समृद्ध पर्सा बनाउनु नै मेरो प्रथामिकताका एजेण्डाहरु हुन् ।
     
  • तपाँई योग्य व्यक्ति भएपनि यूवा हुनुहुन्छ, राजनीतिक पपिक्वता छैन, भन्नेहरु पनि छन् नि ?

    यो सबै गलत कुराहरु हुन् । यस्ता कुरा गर्नेहरु सबै विकास र समृद्धिका विरोधीहरु हुन् । जसका कारण अहिले सम्म हामी जस्ता यूवाहरुले दुःख पाईरहेका छौं । राजनीतिमा उमेर पुगेकाहरु मात्रै लाग्नुपर्छ भन्ने हाम्रो गलत संस्कारले हाम्रो मानसिकतामा डेरा जमाएको छ । जब सम्म पूरानो सोच र मानसिकता राखेर राजनीति गरिन्छ त्यो सधैं यथास्थितिमा रहन्छ ।

    राजनीतिका पूराना खेलाडी भन्ने दिनहरु गए अबको समय यूवाहरुको हो । पूराना राजनीतिक खेलाडी भन्नेहरुले युवाहरुलाई झोला बोकाउने काम मात्रै गरे । आधुनिक युगका युवाहरु झोला बोक्ने होईन देशको जिम्मेवारी बोक्ने खालका तयार भएका छन् । अब रह्यो राजनीतिक परिपक्वताको कुरा, मलाई लाग्छ राजनीतिक परिपक्वता भन्दा पनि राजनीतिक संस्कार हुनु आवश्यक छ ।

    जब सम्म तपाँईमा राजनीतिक संस्कार गलत रहन्छ, तब सम्म तपाँईमा राजनीतिक परिपक्वता पनि हुदैन । राजनीतिक परिपक्वता निर्धारण धेरै समय राजनीतिमा लागेर होईन की तपाँईले गरेका राजनीतिक निर्णयमा प्रयोग गर्ने विवेक र तपाईको क्षमताले निर्धारण गर्ने कुरा हो ।
     
  • एमाले र माओवादी केन्द्रको गठबन्धनलाई अधिनायकवादी गठबन्धन भनेका छन् । के साँच्चिकै अधिनायकवाद नै आउने हो ?

    अधिनायकवादी गठबन्धन भन्नु प्रतिक्रियात्मक कुरा हो । यो प्रजातान्त्रिक गठबन्धन भन्नेहरुले दिएको प्रतिक्रियात्मक कुरा मात्रै हो । एमाले र माओवादी केन्द्र लगायत कम्युनिष्टहरुको गठबन्धन राष्ट्रिय मुद्दालाई बलियो बनाउन नै हो । राष्ट्रियता बलियो बनाउनु हो । नेपालमा करिब ७० प्रतिशत बढी वाम विचार रहेका छन् । यसले विचारमा मजबुदी ल्याउन सक्छ ।

    वाम गठबन्धन विकासवादी गठबन्धन हो । यसले वाम शक्ति निर्माण गर्दै परिवर्तनकारी शक्तिको निर्माण गर्ने हो । प्रजातान्त्रिक भन्नेहरुले कम्युनिष्टमा प्रजातन्त्र हुँदैन भनेर प्रजातन्त्रलाई आफ्नो पेवा मात्रै बनाउन खोजका हुन् । प्रजातन्त्र कसैको पेवा होईन । कम्युनिष्ट भित्र अझ बढी प्रजातन्त्र हुन्छ । त्यो तपाईहरुले पनि देखिरहनुभएको होला ।
    आपूmलाई प्रजातान्त्रिक ठान्नेहरुको पार्टीमा म जस्ता कति जना यूवाहरुलाई अवसर दिएका छन् ? त्यो प्रश्न जनताले गर्दा राम्रो होला । अहिलेको प्रतिनिधि सभा निर्वाचन र प्रदेश सभा निर्वाचनमा पर्सा जिल्लामा प्रजातान्त्रिक गठबन्धन भन्नेहरुका उम्मेदवारहरु हेरौं ।

    सबैभन्दा बढी मुस्लिम जनसंख्या रहेको पर्सामा प्रतिनिधि सभा र प्रदेश सभामा एकजना पनि मुस्लिम उम्मेदवार बनाएका छैनन् । यसले कसलाई अधिनायकवाद देखाएको छ ? सबैले बुझेका छन् ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतमा लोकतन्त्रमाथि संकट,चुनावी निरंकुशता कायमः वी-डेम

नयाँ दिल्ली। वेराइटीज ऑफ डेमोक्रेसी (प्रजातन्त्रका विविधताहरू) नामक संस्थाको लोकतन्त्र रिपोर्ट २०२४ अनुसार, भारतमा अझै पनि विभिन्न सूचकहरूमा कम अंकको साथ चुनावी निरंकुशता कायम छ।

भारतमा मिडीयामाथि “बेशर्म हमला”लोकतन्त्रकोलागि राष्ट्रपति द्रौपदी मुर्मुसँग हस्तक्षेप गर्न आग्रह

बीरगंज । गत सोमबार भारतको नयाँ दिल्लीमा विभिन्न सञ्चारमाध्यमले संविधानबमोजिम अभिव्यक्ति स्वतन्त्रता, पेशा र जीविकोपार्जनको सुरक्षा सुनिश्चित गर्न राष्ट्रपति द्रौपदी मुर्मुसँग हस्तक्षेप गर्न आग्रह गरेका थिए ।

खेलकुद

जीतपुरसिमरा क्रिकेट कपको उपाधि मकवानपुरलाई, पर्सा ७ विकेटले पराजित

सिमरा । प्रथम जीतपुरसिमरा क्रिकेट कपको उपाधि मकवानपुर क्रिकेट संघले जितेको छ । जीतपुरसिमरा ४ स्थित सेज क्रिकेट मैदानमा शनिबार सम्पन्न फाइनल खेलमा पर्सा क्रिकेट संघलाई ७ विकेटले पराजित गर्दै मकवानपुरले उपाधि उचालेको हो ।

जीतपुरसिमरा क्रिकेट प्रतियोगीता, जनकपुरद्धारा भैरहवा ४८ रनले पराजित

सिमरा । जीतपुरसिमरा क्रिकेट कप प्रतियोगिता अन्तर्गत बिहीबार भएको खेलमा जनकपुर पिस फाउण्डेशन ४८ रनले बिजयी भएको छ । समूह ‘बी’ अन्तर्गतको दोस्रो खेलमा जनकपुरले खुकुरी क्रिकेट क्लब भैरहवालाई पराजित गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.