logo

सडक संजालको अपुरो काम पुरा ,शिक्षा स्वास्थ्य र कृषि प्राथमिकतामा बिचारीका कुरा

 इसीमाना सम्वाददाता     २०७९ कार्तिक २२ गते ०८: २३ मा प्रकाशित     947   पटक पढिएको

२०२१ सालमा पर्साको प्रसौनीबिर्तामा पिता कारी राउत यादव माता गंगाजली देवी यादवको कोखबाट कान्छो सन्तानको रुपमा बिचारी यादवले जन्म लिएका हुन । किसान पिताले उनलाई धेर थोर अक्षर चिन्नु पर्छ भन्दै शिक्षालय पठाए । साधारण लेखपढ पछि उनको मन पढाईतिर मात्रै लागेन ।

यादवलाई पढाई लेखाई छाडेपछि पेशा ब्यवसाय गरेर जीवन निर्वाहको बाटो समात्ने हुटहुटी लाग्यो । श्रमलाई सम्मान गर्ने अन्यायका बिरुद्ध उभिने यादवले काठको मिस्त्रीको पेशा अंगिकार गरे । काठलाई कलात्मक रुपमा बिभिन्न स्वरुप दिने कौशलका धनी यादव कम्युनिष्ट आन्दोलनमा पनि लागे । गाउँमा जमिन्दारको थिचो मिचो देशमा पंचायती निरंकुश शासन ब्यवस्था । चीरन्जीवी आचार्य वालगोपाल थापा जस्ता कम्युनिष्ट आन्दोलनका नेतासंगको सामिप्यताले यादवलाई पनि भित्रैबाट आन्दोलीत बनायो ।

श्रमजीवीका रुपमा काम गर्दै आइरहेका यादवले ०४८ सालमा जनताको मत प्राप्त गरेर जनसेवा गर्ने सोचका साथ प्रसौनी बिर्ता गाविसको उपाध्यक्षमा नेकपा एमालेको तर्फबाट उम्मेदवारी दिएर बिजयी भए । ०५४ को निर्वाचनमा गाविसमा अध्यक्षमा पराजित भएका यादवले ०६४ को सम्बिधान सभाको निर्वाचनमा पनि हारकै सामना गर्नु प¥यो । तर जनताकोवीच सहज रुपमा पुग्ने पद प्रतिष्ठको कुनै घमण्ड नगर्ने गरिव परिवारबाट श्रम गर्ने र श्रमजीवी जनतालाई सम्मान गर्ने यादवकोलागि ०७० को सम्बिधान सभाको निर्वाचन भने सुखद रह्यो ।

बिचारीलाई “बिचार गरौ” भन्ने नाराले आम मतदातामा एउटा तंरंग यसपाली पनि ल्याउदै छ। इमान र निष्ठकासाथ जनताको काम गर्ने यादव पहिलो नेता हुन जसले साँसद बिकास कोषको रकमबाट कति काम भयो भनेर पोष्टर बनाएर घर घरमा टाँस्न लगाए । पारदर्शीताले मात्र वास्तविक लोकतन्त्रको मर्म बोक्ने बुझेका नेता यादव लोकतन्त्रको सहि प्रतिफल जनताले बिकास र समृद्धि पाएपछि मात्र प्राप्त हुने ठान्छन । तिनै यादव नेकपा एमालेको तर्फबाट पर्सा क्षेत्र नं १ को “क” मा प्रदेश सभा सदस्यको उम्मेदवार छन । १ छोरी र २ छोराका पिता उनै यादवसंग इसीमाना डट कमले गरेको कुराकानीको सम्पादित अंश - सम्पादक

जनताले तपाईलाई सांसद बनाएकै थिए फेरी किन चुनाव लडदै हुनुहुन्छ ?


म नेकपा एमालेको सदस्य हुँ । पार्टीको निर्णयको पालना गर्ने कुरा हरेक पार्टी सदस्यको दायित्व हो । नेकपा एमाले त्यो पार्टी हो जसले नेपालको बिकास र समृद्धिको सपना आम नागरिकलाई देखाएको छ ।

त्यो पुरा गर्ने दायित्व पनि नेकपा एमालेसंगै छ । एमालेले तय गरेको गन्तब्यलाई पुरा गर्नकालागि पार्टीले बिभिन्न तहमा आफना कार्यकर्तालाई खटाउने क्रममा मलाई यस पटक पार्टीले प्रदेश सभाको उम्मेदवार बनाएको छ । यो पार्टीको निर्णय हो पार्टीले आवश्यक ठानेर यो मोर्चामा पठाएकोले म चुनावी मैदानमा छ । यस अघि जनताले मलाई सांसद बनाएको कुरा बिमती राख्नै परेन ।

पहिलो पटक सासद बनाएका जनताको अपेक्षा र आशा सबै पुरा गर्न सकिएको छैन । मुलुकमा जनताको जनक्रान्तिपछि आएको परिर्वतनलाई संस्थागत गर्ने काम भएको छ । जनताको त्यो लडाईको बिजयका रुपमा मुलकुमा सम्बिधान जारी भएको छ ।

त्यो सम्बिधानले नेपाली जनताको सर्वोच्चतालाई सुनिश्चित गरेको छ । हिजो सामन्तवादको हातमा रहेको अधिकार आज नागरिकको हातमा आएको छ । अव त्यो अधिकारको उपयोग गर्दै आर्थिक रुपमा आत्मनिर्भर समाज बनाउने काम अझै बाँकी छ । स्वाधिन अर्थतन्त्रको बिकासका माध्यमले “सबै शिक्षीत सबै स्वस्थ्य, सबै समृद्ध, सबै रोजगारयुक्त” अवस्थाको निर्माणकालागि नेकपा एमालेले मैले योगदान गर्ने उद्धेश्यका साथ उम्मेदवारी दिएको छु । र आशा छ पर्सा क्षेत्र नं १ को “क”का सबै सार्वभौमसत्ता सम्पन्न नागरिकलेले त्यो जिम्मेवारी फोरी पनि मलाई नै दिनुहुने छ ।

तपाईले आफनो पछिल्लो कार्यकालमा के राम्रो गर्नु भयो र जनताले फेरी पनि तपाईलाई जिम्मेवारी दिनु प¥यो ?

 

हेर्नुस म संबिधान सभाको सदस्य हुदा धेरै काम भएको छ । नागरिकको अपेक्षा र हाम्रो साधन स्रोतका वीचमा सन्तुलन छैन । जसले गर्दा अपेक्षा अनुरुपको केही भएको छैन होला । तर मैले जे गरे त्यो सबै सार्वजनीक पनि गरेको छ। त्यतीबेला पिप्राको कृषि औजार देखी बाइपास सडक,पश्चिम तर्फ बौधीमाई जाने सडक,रामगढवा पुल देखी प्रसौनी सम्म , प्रसौनी देखी मनियारी सम्मको सडक, हरपतगंज देखी राजमार्ग सम्म,हरपतगंज ,अपौनी,कोहडी,घुर्मी,गदैया टोल सम्म पुग्ने सडक,भवानीपुर हाइवे देखी सौराह सम्मको सडक,इनर्वा टोलको शिवनाथको घर देखी मनियारी सम्मको सडक,हाइवे देखी ताजपुर सम्मको सडक, पटेल नगर देखी गढडग नहर सम्म ,उच्च अदालत देखी पूर्व तर्फ बाइपास सम्मको रोड निर्माणको काम शुरु भएको थियो १ अर्व ७४ करोडको त्यो योजना अन्तरगतका काम अझै अपुरा छन । त्यस्को ८४ करोड रुपैया बाँकी नै छ । त्यो अधुरो कामको निर्माणलाई पुरा गर्ने कुरामा मेरो ध्यान केन्द्रीत हुन्छ ।

त्यतीबेला सिद्धार्थ मावि, नृसिंह मावि, श्रीपुरमा रहेको बिद्यापीठ मावि, सुरजी देवी मावि प्रसौनी बिर्ता बेल्वा रतनपुर र बस्डिलवामा रहेको बिद्यालयमा भौतीक पूर्वाधार निर्माणको काम गरेका थियौ । गरिब नागरिकका कोही पनि बालबच्चाहरु शिक्षाको न्यानो ज्योतीबाट बन्चित हुन नपरोस भन्ने उद्धेश्यले बिद्यालयमा भौतीक पूर्वाधार बिकास र गुाणात्मक शिक्षाकालागि उत्प्रेरणा होस भनेर काम गरिएको थियो । अव पनि शिक्षा स्वास्थ्य र कृषिलाई गुणात्मक रुपमा आम नागरिकको पहुचमा पुर्याने काम गर्छु ।

मैले त्यतीबेला नागरिकको स्वास्थ्यसंग जोडिएको बिषय भएकोले नेपाल रक्त संचार केन्द्र बीरगंजलाई एउटा एम्बुलेन्स हस्तान्तरण ग¥यौं । बिशुद्ध सेवा भावले दीन दुखीहरुको सेवामा रगतको ब्यवस्था मिलाउदै आएको रक्तसंचार केन्द्रलाई आत्मनिर्भर बनाउनु पर्छ भन्ने सन्देश दिनकालागि मानवीय सेवामा थप योगदान दिन रक्त संचारकेन्द्रले सकोस भनेर एम्बुलेन्स हस्तान्तरण गरिएको हो । त्यस्तै बीरगंजको नारायणी उपक्षेत्रीय अस्पतालमा लाखौको लागतमा अत्याधुनिक जेनरेटर जडान गरेका छौ ।



संसदीय बिकास कोषको पैसाले राम्रै काम गर्नु भएको रहेछ । जनाताले त्यतीकै आधारमा तपाईलाई किन आफनो प्रतिनिधि बनाउने ?

मैले अघि पनि भने मैले गरेका कामहरु आम नागरिकको अपेक्षालाई पूर्ण गर्न सक्ने खालको छैनन् । यो सत्यबाट म पनि भाग्ने काम गर्दिन । तर सत्य त के हो भने जे प्रयास भयो त्यसमा इमान्दारिता छ । सर्मपण छ । बितरणमा न्याय छ । हेर्नु पर्ने त यो हो । म निवाचित भएर आएपछि एउटा कामको शुरुवात गरियो ।

राज्यले सम्मान दिएका नागरिक जसले सामाजिक सुरक्षा भत्ता पाउनु हुन्थ्यो त्यसका बिषयमा कति कुराहरु समाचारमा पनि आउथ्ये । सचिवहरुले पैसा खाए भन्दै स्थानीय बिकास अधिकारीकोमा डेलिगेशन जान्थ्यो । म जितेर आएपछि म काहा पनि अग्रज पाका ब्यक्तिहरु जसलाई राज्यले सम्मान गरेको छ । उहाँहरु आएर गुनासो गर्न थाल्नु भयो ।

हामीले त्यतीवेला सबै सामाजिक सुरक्षा भत्ता पाउने नागरिकको कृषि बिकास बैंकमा खाता खोल्ने अभियान चलायौ सबैको खाता खुल्यो अहिले खातामा पैसा जान्छ । पैसाको सदुपयोग उहाँहरुले गर्ने आधार बनेको छ । खातामा पैसा जानेभएकोले अलिकती हेला गर्नेहरुले आफना अग्रजहरुलाई सम्मान गर्न थालेको छन । सामाजिक सुरक्षा भत्ता हाम्रै पार्टीको ०५१ सालमा मनमोहन अधिकारी प्रधानमंत्री हुदाको सरकारले ब्यवस्था गरेको हो १ सयबाट शुरु भएको भत्ता अहिले ४ हजारमा पुगेको छ । अव नेकपा एमालेको सरकार बनेपछि यो भत्ताबृद्ध गर्ने पार्टीले नीति लिएको छ ।

अर्को संस्कृति तथा पर्यटन बिकासको क्षेत्रमा मठ मन्दीर मस्जिदको संरक्षणमा हामीले काम गरेका छौ । बेल्वा सामुदायिक भवको निर्माण गरिएको छ । बिहानीले दिनको संकेत गर्छ भने जस्तै मैले गर्न खोजेका कामहरु जनताको बृहतर हितमा छन । यो बिहानी हो दिनमा गर्नु पर्ने धेरै छ । इमान निष्ठा र जिम्मेवारी पूर्वक मैले जनताको काम गरेको छु भोली पनि त्यसरी नै काम गर्ने भएकोले त्यो अवसर मलाई दिनकालागि अनुरोध पनि गर्छु ।

के अपेक्षा पुरा गर्नकालागि जनताले तपाईलाई अव प्रदेश सभामा पाठाउन जरुरी छ ?

अव हामी राजनीतिक ब्यवस्थाको परिपक्व अवस्था तिर बढेका छौ । मुलुकमा संघीय संरचनाको अभ्यास हामीले गर्यौ । नागरिकको घरमा अधिकार पुगे । संघीयता अधिकारको जननी पनि हो ।

यो शक्तिको बिकेन्द्रीकरण मात्र पनि होइन शक्ति जन्माउछ पनि । त्यसकारणले हामीले यो संरचनाको दिगो बिकासको लागि संगतीपूर्ण पद्धतीको बिकास समेत गर्नु पर्नेै भएकोले सामाजिक न्यायलाई नागरिकले अनुभूत गर्ने गरि काम गर्न जरुरी छ । यो संगै प्रदेशबाट नागरिकले पाउने सेवा सुविधा जनमुखी बनाउन आवशयक नीति नियमको तर्जुमा गर्न नै बाँकी छ । यो काम पुरा गर्न र रोजगार सृजना,उत्पादन मुलक उधोगको निर्माण वा भनौ न लगानीको बढोत्तरी कृषिको आधुनीकीकरण उद्ययमशीलता बिकासको उचित बतावरण बनाएर आर्थिक समृद्धिको दिशामा अगाडि बढनु पर्ने आजको आवश्यकता हो ।

अवको कोर्स आर्थिक समृद्धिको हो । यो कोर्समा मैले माथि उल्लेख गरेका बिषयमा फोकस भएर काम गरिने छ । अवको फोकस आर्थिक बिकास सुखी र समृद्ध नेपाल र नेपाली भन्ने नै हुन्छ । यही अभिभारा पुरा गर्न प्रदेश सभामा पुग्न जरुरी छ ।

नेकपा एमाललाई मधेश बिरोधी पार्टीको आरोप छ । अनि मधेशमा मधेशी जनाताले एमालेलाई किन मतदान गर्ने ?

ठिक सवाल उठाउनु भयो । मधेशका सबै जिल्ला सदरमुकामको आधुनीकीकरणकालागि पचास करोड एमाले सरकारले पठायो ,सदरमुकाम सम्म ६ लेनको सडक ,सीमाक्षेत्र बिकास कार्यक्रम हुलाकी राजमार्ग निर्माणकालागि साढे ४ अर्वको बजेट बिनियोजन जसको फस्वरुप आज ८० प्रतिशत काम सकिएको छ ।


पूर्व–पश्चिम लोकमार्ग निर्माण, हुलाकी राजमार्गको निर्माण, चार लेनस्तरका आधुनिक सडकको निर्माण बृहद् लुम्बिनी चक्रपथ ,तराई र भित्री मधेसमा आधुनिक सिञ्चाईका लागि २ अर्ब ३० करोड विनियोजन, सु्नकोशी–मरिन डाइभर्सन बहुउद्देश्यीय सिञ्चाइ आयोजनाको निर्माण गरि सिन्धुली, धनुषा, महोत्तरी, सर्लाही, रौतहट र बारा जिल्लाहरुको १ लाख २२ हजार हेक्टर क्षेत्रफलमा सिञ्चाई गर्ने

एक प्रदेश एक औद्योगिक क्षेत्रको नीतिको अवलम्बन । लुम्बीनी र निजगढमा अन्तराष्ट्रीय एयरपोर्टको निर्माण ,लुम्बीनी र जनकपुरको बिकासलागि गुरुयोजनाको निर्माण, जनता आवास कार्यक्रम ,एक प्रदेश एक मेडिकल कलेज को अवधारणा अनुरुप बर्दिवास, बुटवल र सुर्खेतमा मेडिकल कलेज स्थापना, सबै प्रदेशमा पोलिटेक्निक इन्ष्टिच्यूट स्थापना गर्ने नीति नेकपा एमालेका अध्यक्ष के.पी ओली प्रधानमंत्र हुदा ल्याइएको हो । नेपाली सेनामा मधेशी युवाहरुको प्रवेशको ब्यवस्था एमाले सरकारले गरेको हो अनी एमाले मधेश र मधेशी बिरोधी हुन्छ । अहिले धेरै कुरा गर्न आवश्यक पनि छैन । राजनीतिको बिकास क्रम संगै एमालेको नेतृत्वमा मधेशका जसपा र लोसपा दुबै सरकारमा सहभागि भएको तथ्य हाम्रा सामु छ अहिले हामी नेकपा एमाले जसपा तालमेलमा चुनवामा सहकार्य गरिरहेका छौ । त्यसै अहिलेको अवस्थालाई सम्मान गरौ सबै कुरा प्रष्ट नै छ ।

No description available.

 

नेकपा एमाले र जसपा वीच तालमेल छ भन्नु हुन्छ तर तालमेल गर्नेहरुवीच नै अविश्वास छ भन्ने गरिन्छ नी ?

एउटै पार्टीमा त समस्या हुन्छन हामी त झन दुई पार्टी । फरक संगठन फरक बिचार फरक कार्यशैली फरक राजनीतिक संस्कार यसले गर्दा एकले अर्कालाई भर गर्ने कुरामा समस्या पैदा हुनु स्वभाविक हो । सहकार्य हुदै आएपछि समस्याहरु आफै हल हुदै गएका छन । बिश्वास गरौ मंसीर ४ गते सम्म अवस्था ठिक हुन्छ । अहिले हामी वीचमा समस्या छैन । कही कतै केही बाँकी छ भने पार्टीको निर्णयलाई सर्वोपरी मानेर हिड्ने हाम्रो परम्परालाई हामी फेरी पनि स्थापित गर्छौ र हामी सहयात्री दलबाट पनि त्यही अपेक्षा गर्छौ ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतमा मिडीयामाथि “बेशर्म हमला”लोकतन्त्रकोलागि राष्ट्रपति द्रौपदी मुर्मुसँग हस्तक्षेप गर्न आग्रह

बीरगंज । गत सोमबार भारतको नयाँ दिल्लीमा विभिन्न सञ्चारमाध्यमले संविधानबमोजिम अभिव्यक्ति स्वतन्त्रता, पेशा र जीविकोपार्जनको सुरक्षा सुनिश्चित गर्न राष्ट्रपति द्रौपदी मुर्मुसँग हस्तक्षेप गर्न आग्रह गरेका थिए ।

बाइडेनले प्रधानमन्त्री मोदीसँग ‘मानव अधिकार’ र ‘स्वतन्त्र मिडिया’का मुद्दा उठाएको बताए

नयाँ दिल्ली । अमेरिकी राष्ट्रपति जो बाइडेनले आइतवार (सेप्टेम्बर १०) मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग जी–२० शिखर सम्मेलनको को औपचारिक सत्र बाहेकमा भएको छलफलमा मानवअधिकारको सम्मानको मुद्दा उठाएको बताए।

आधा आकाश

प्रहरीले अन्याय गरेको भन्दै न्यायकालागि आवाज उठाईदिन पीडित महिलाको अपिल

आधी रातमा घरमा पसी हुलहुजत गर्ने माथी प्रहीले कारवाही नगरेको भन्दै आज पीडित महिलाले पत्रकार सम्मेलन गर्नु भएको छ

दाइजो बिरोधी अभियान चलाउन पीडितको नाममा प्रतिष्ठानको गठन

दाइजो प्रथाको न्यूनीकरणकोलागि काम गर्न एक प्रतिष्ठान निर्माण गरिने भएको छ

समाज

सामूहिक अभियानमा आधारित लोकआस्थाको पर्व छठ शुरु, पर्वको केन्द्रमा किसान र ग्रामीण जीवन

बीरगंज । छठ षष्ठीको अपभ्रंश हो । कार्तिक महिनाको अमावस्यामा दिवाली पर्व मनाएर मनाइने यस व्रतको सबैभन्दा कठिन र महत्वपूर्ण रात कार्तिक शुक्ल षष्ठी हो ।

भुवनेश्वर प्रविधि पुरस्कार बीरगंजको हस्क पावर नेपाल प्रा.ली.लाई

काठमाण्डौ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान(नास्ट)ले दुई दर्जनभन्दा बढीलाई विभिन्न विधामा पुरस्कृत गर्ने निर्णय गरेको छ । नास्टका कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा बसेको ४६औं प्राज्ञसभा बैठकले २०७९ र २०८०का लागि पुरस्कार पाउने व्यक्तिहरूको नामावाली सार्वजनिक गरेको हो ।

खेलकुद

बीरगंजमा अन्तराष्ट्रिय स्तरको क्रिकेट प्रतियोगिता हुने, खेलका माध्यमले पर्यटनको प्रवद्र्धन गरिने

बीरगंज । पर्सा क्रिकेट संघको आयोजनामा बीरगंजमा अन्तराष्ट्रिय स्तरको क्रिकेट प्रतियोगिता हुने भएको छ । प्रो क्लब च्याम्पियनसीपको दोश्रो संस्करणको रुपमा बीरगंजमा प्रतियोगिता संचालन हुने संघले सोमवार बीरगंजको होटेल भिषूवामा पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिएको हो ।

पुलीसले आर्मी हरायो, प्रथम वीरगन्ज गोल्डकपको उपाधीमा नेपाल पुलीसको कब्जा

वीरगञ्ज । नेपाल पुलिस क्लबले प्रथम वीरगन्ज गोल्डकपको उपाधी उचालेको छ । आदर्शनगर रंगशालामा शनिबार भएको फाइनल खेलमा आर्मीलाई टाइब्रेकरमा २–० ले पराजित गर्दै पुलिसले उपाधी उचालेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.