logo

एमालेमा बिग्रह हुन्छ भनेर कसैले बाटो नकुरे हुन्छ 

ईश्वर पोखरेल महासचिव, (नेकपा एमाले) 

      २०७८ मंसिर ७ गते ०८: २८ मा प्रकाशित     3695   पटक पढिएको

नेकपा एमालेका महाचिव ईश्वर पोखरले एमाले भित्र विग्रह हुन्छ भनेर कसैले बाटो हेरेको भए त्यो दिवा सपना मात्रै भएको बताउनुहुन्छ । सहमति र समझदारीले नै नेतृत्व चयन गरी एमाले अघि बढेको बताउने महासचिव पोखरेल होडबाजी गर्नुपर्ने केही नभएको बताउनुहुन्छ ।  महासचिव पोखरेलसँग महाधिवेशनसँग केन्द्रित भएर मोहन बास्तोलाले गरेको कुराकानीः 

 

तपाईँहरु नेकपा एमालेको दसौँ महाधिवेशनको सम्मुखमा हुनुहुन्छ, तयारी के–के भैरहेको छ ? 


हामी अहिले स्थायी कमिटीको बैठक बसिरहेको छौँ ।  यो बैठकले महाधिवेशनलाई केन्द्रित गरेर केही महत्वपूर्ण विषयमा छलफल गरिरहेको छ । यो बैठकमा मुख्य गरेर महाधिवेशनको तयारी र व्यवस्थापनसँग केन्द्रित छलफलको एजेण्डा बनाएका छौँ । दोस्रो, महाधिवेशनको खुला र बन्दसत्र कार्यक्रम कसरी गर्ने भन्ने एजेण्डा रहेको छ । तेस्रो, एजेण्डामा प्रतिनिधिहरुको छनोटसँग सम्वन्धित विषय छ । चौथो, मनोनित सम्बन्धमा छ । सम्पूर्ण प्रतिनिधिको पाँच प्रतिशत नबढ्ने गरी मनोनित गर्नुपर्ने हुन्छ । यो विषयमा पनि हामी गम्भीर ढंगले छलफल गरिरहेका छौँ । त्यसैगरी आजको बैठकमा निर्वाचन आयोगले निर्वाचनसँग सम्बन्धित मापदण्डलगायतका विषयमा जानकारी गराउने एजेण्डा पनि रहेको छ । केही सुझाव दिनुपर्ने भयो भने हामी उहाँहरुलाई सुझाव दिन्छौ । अघिल्लो केन्द्रीय कमिटी बैठकले नै महाधिवेशनसँग सम्बन्धित अन्य विषयहरु निर्णय गर्नुप¥यो भने स्थायी कमिटीले गर्ने अधिकार प्राप्त गरेको छ । हामी छलफलमा केही त्यस्ता निर्णय पनि आवश्यक प¥यो भने गर्छौ । 
महाधिवेशनको उद्घाटन सम्पन्न भएपछि त्यही दिन हामी केन्द्रीय कमिटी बैठक बस्छौ । त्यो बैठकमा स्थायी कमिटीले गरेका निर्णय त्यहाँ जानकारी गराउँछौ । आवश्यक प¥यो भने अनुमोदनका लागि प्रस्तुत गर्छौ । संभवतः यो कार्यकालको अन्तिम स्थायी कमिटी बैठक हुनेछ ।


यो बाहेक महाधिवेशनसँग अन्य तयारी के भैरहेको छ ? 


हामीले व्यवस्थापनसँग सम्बन्धित विभिन्न १२ ओटा उपसमिति बनाएर महाधिवेशनको तयारीलाई तिव्र बनाएका छौ । सम्वन्धित समितिहरुले आ–आफ्नै ढंगले तयारी गर्नुभएको छ ।  त्यो बारे हामीले सबै उपसमितिसँग जानकारी लिएका छौ । उहाँहरु सबैले तयारी अन्तिम चरणमा पुगेको जानकारी दिनुभएको छ । 
तपाईँहरु अप्ठ्यारो अवस्थामा दसौँ महाधिवेशन गर्न गैरहनु भएको छ । यो महाधिवेशनबाट एकताबद्ध एमालेको सन्देश दिनुपर्ने चुनौति पनि तपाईँहरुलाई छ ।

यसको व्यवस्थापन कस्तो भैरहेको छ ? 


तपाईँहरु सबैलाई जानकारी भएकै कुरा हो । हामीले केही समय अघि मात्रै विधान महाधिवेशन सर्वसम्मतिका साथ निकै धुमधामसँग सम्पन्न गरेका छौ । त्यही महाधिवेशनबाट हामीले यो महाधिवेशनमा प्रस्तुत हुने दस्तावेज पारित गरेका छौ । यो भनेको हामीले एकताबद्ध एमालेको सन्देश विधान महाधिवेशनबाटै दिइसकेका छौ । नवौँ महाधिवेशनपछि गरेका बस्तुनिष्ठ समीक्षा सहितको राजनीतिक प्रतिवेदन हामीले विधान महाधिवेशनबाट सर्वसम्मत ढंगले पारित गर्नु भनेको सकारात्मक सन्देश हो  ।  
पार्टी अध्यक्ष कमरेड केपी शर्मा ओलीले प्रस्तुत गर्नुभएको त्यो प्रतिवेदन आउने दिनका लागि योजनाहरु र पार्टीलाई व्यवस्थित र सदृढ बनाउने नीतिगत योजनासहितको प्रतिवेदन हो । 
पार्टी निर्माणमा अब के–के कुरामा केन्द्रित हुने भनेर म महासचिवको तर्फबाट प्रस्तुत गरेको सांगठनिक प्रतिवेदन पनि सर्वसम्मत रुपमा पारित भएको छ । करीब ६ हजार ४ सय प्रतिनिधिको उपस्थितिमा सर्वसम्मत पारित गर्नु भनेको चानचुने कुरा होइन । यसले अघि पनि भने सकारात्मक सन्देश दिएको छ । 
अबको महाधिवेशन भनेको नेतृत्व चयनको महाधिवेशन हो । हामीले पारित गरेको विधानबाट निर्देशित भएर हामी राष्ट्रिय महाधिवेशन सकेसम्म सर्वसम्मत ढंगले नेतृत्व चयन गर्छौ । विधान महाधिवेशनबाटै विचार र नीति सर्वसम्मत ढंगले पारित भएको छ भने नेतृत्व चयनमा हामीलाई त्यस्तो समस्या होला भने जस्तो लागेको छैन ।  


भनेपछि तपाईँहरु नेतृत्व छनौट पनि सर्वसम्मत ढंगले नै गर्नुहुन्छ, होइन त ? 


हामी यो पटक लोकतान्त्रिक अभ्यास गर्ने नाममा विगतमा जसरी समूह बनाएर लड्दैनौँ । हामी समूह अनुसारको सूचि पनि महाधिवेशनमा बाँड्दैनौँ । संविधानसम्मत र पार्टी विधानले अघि सारेको नीति अनुसार हामी क्लस्टर बनाएर नेतृत्व छनोटका काम सम्पन्न गर्छौ । हामी सकेसम्म सर्वसम्मत नेतृत्व छनोट गर्ने छौँ । त्यो संभव भएन भने विधानले निर्देशित गरे अनुसार प्रतिनिधि छनौट भएर आएका प्रतिनिधिलाई लोकतान्त्रिक विधिमा टेकेर योग्य साथीहरुलाई उम्मेदवार बन्ने कुरालाई हामी स्वीकार गर्छौ ।


महाधिवेशन सम्पन गरेसँगै स्थानीय तहको निर्वाचनमा होमिनुपर्ने छ । त्योसँगै प्रदेश र संघीय निर्वाचन पनि हुनेछन् । यी निर्वाचनमा एकतावद्ध र शक्तिशाली एमालेको पहिचान दिने कुरामा महाधिवेशन सफल होला ? 


नेकपा एमालेलाई सुदृढ पार्टी बनाउने सन्देशसहित एकै दिन अघि मात्रै हामीले एकै दिन वडा, पालिकालगायतका अधिवेशन सम्पन्न गर्यौँ । त्यो भन्दा अघि हामीले विधान महाधिवेशन सम्पन्न ग¥र्यौ । अब केन्द्रीय महाधिवेशनको सम्मुखमा छौ । केन्द्रीय महाधिवेशन सम्पन्नसँगै हामी जिल्ला, प्रदेशलगायतका महाधिवेशन सम्पन्न गर्दैछौ ।  हामीले आफ्नो संगठनलाई विचार र विधानबाट व्यवस्थित ग¥यौ । अब तलैदेखि व्यवस्थित गर्छौ र एमालेलाई शसक्त शक्तिका रुपमा पुर्नव्यवस्थितसहितको नेकपा एमालेका रुपमा हामी जनताको वीचमा जान्छौ ।  नेकपा एमालेसँग विचार छ, एजेण्डा छ, यसको कार्यक्रम छ, एजेण्डा छ, संगठन छ भन्ने सन्देश हामी दिन्छौ ।  यसरी सबै प्रतिकुलताको सामना गर्दै राष्ट्रिय राजनीतिमा नेतृत्वदायी भूमिका पूरा गर्ने हिसावले नेकपा एमाले अघि बढ्छ ।  


आन्तरिक र बाह्य शक्ति तपाईँहरुको विपक्षमा छ । यस्तो अवस्थामा नेकपा माओवादीबाट आउनुभएका १० बुँदेलाई आधार मान्नुभएका सबैलाई समेट्नुपर्ने चुनौति पनि छ । यो सबै कसरी सहज ढंगले अघि बढ्ला ? 


कसैले पनि एमाले भित्र विग्रह हुन्छ भनेर बाटो नहेरे हुन्छ । हामी सहमति र समझदारीले नै नेतृत्व चयन गर्छौ । यहाँ होडबाजी गर्नुपर्ने केही छैन ।  हामी के गर्दा उपयुक्त हुन्छ त्यहि गरेर अघि बढ्छौँ । यहाँ व्यक्तिगत होडबाजीको कुरा छैन । अहिले राष्ट्रिय आवश्यकता के–हो ? त्यसमा ध्यान दिनुपर्ने छ, हामी त्यहि अनुसार अघि बढ्छौ ।  हामी मध्येका साथीले के जिम्मेवारी लिने भन्ने कुराको निक्र्यौल गरेर अघि बढ्छौँ ।  

 

नेकपा एमाले देश हाँक्ने पार्टी हो भन्ने एजेण्डा एमालेसँग के–के छ ?

 हामीले आर्थिक विकास र समृद्धिको एजेण्डालाई बोकेका छौ ।  राष्ट्रिय स्वाभिमान र स्वतन्त्रता हाम्रो एजेण्डा हो । सामाजिक सद्भाव कायम गर्नु हाम्रो अर्को एजेण्डा हो ।  देश विकास गर्ने, देश बनाउने सपना सकार पार्ने हाम्रो अर्को एजेण्डा हो ।  यी एजेण्डा कार्यन्वयन गर्न हामी त्यहि अनुरुप ठोस योजना बनाएर अघि बढ्ने  छौ । 
संभार ः नवयुग बिशेष ई बुलेटीन

 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बीपीसीको डिजिटल छलाङ, आफ्नै जनशक्तिबाट ERP–LMS सञ्चालनमा

वीरगञ्ज । वीरगञ्ज पब्लिक कलेज (बीपीसी) ले डिजिटल शिक्षालाई प्रवर्द्धन गर्ने उद्देश्यले आफ्नै प्राविधिक जनशक्तिबाट विकास गरेको ईआरपी–एलएमएस  प्रणाली औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ।

शैक्षिक सामग्री पाएपछि पोखरियाका विद्यार्थीमा बढ्यो उत्साह

पोखरिया। पर्साको पोखरिया नगरपालिका–३ बसनपुरस्थित श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालयका २३० जना विद्यार्थीलाई शैक्षिक तथा खेलकुद सामग्री वितरण गरिएको छ।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.