logo

सडकमा टायर हामीले बाल्यौं, टायर नालामा फाल्ने चुनावमा नेता बने : युवा नेता महमुद अन्सारी 

      11/22/2017 गते 00 00 मा प्रकाशित     4046   पटक पढिएको

युवा नेता महमुद अन्सारी मधेस आन्दोलनपछि एकाएक चर्चामा आए । मधेसको मुद्दा लिएर आन्दोलनको नेतृत्व गरेको संघीय समाजवादी फोरम नेपालको भातृ संगठन संघीय समाजवादी युवा फोरमका जिल्ला अध्यक्ष समेत भईसकेका अन्सारी मधेस आन्दोलन चर्किरहेका बेला मधेसको हक अधिकारका लागि भनेर अग्रपंक्तिमा रहेर सडकमा टायर बालेर प्रदर्शन गर्ने नेतृत्व गरे ।

प्रहरीको गोली खान छाति खोलेर युवा अगाडि बढे । तर, जब स्थानीय तहको निर्वाचन भयो त्यसबेला उनलाई वडा अध्यक्षको टिकट नदिएर मधेस आन्दोलनको विरोध गर्ने र सडकमा बालेको टायर नालामा फाल्नेलाई टिकट दिएकोमा असन्तुष्टि जनाउदै उनले फोरम नेपाल परित्याग गरे । उनी स्वतन्त्रबाट वडा अध्यक्षको प्रत्यासी पनि भए । उनले जित्न नसकेपनि सम्मानजनक हार भयो ।

अहिले उनी नेकपा एमालेमा प्रवेश गरेर बामगठबन्धनका उम्मेदवारहरुलाई जसरी पनि जिताउनुपर्छ भनेर कम्मर कसेर लागेका छन् । उनी फोरम छोड्नुको कारण र एमालेमा प्रवेश गर्नुको कारण बारेमा इसिमानाले गरेकोे संक्षिप्त संवाद :

  • मधेसमा बलियो पकड रहेको संघीय समाजवादी पार्टी किन छोड्नुभयो ? 


: मेरो संघीय समाजवादी पार्टी पर्सामा स्थापना भएदेखि नै लगानी थियो । आन्दोलनमा सबै आफ्नो जिन्दगी दाउमा लगाएर राजनीतिक क्षेत्रमा होमिए । संघीय समाजवादी फोरम नेपाललाई एउटा बलियो पार्टीको रुपमा स्थापित गराउन मेरो महत्वपूर्ण भूमिका थियो ।

त्यसैले जब स्थानीय तहको निर्वाचन भयो । त्यसमा टिकटको लागि मैले पनि दावी गरेको थिए । तर, मधेस आन्दोलनको विरोधी तत्वहरुलाई फोरम नेपालको टिकट दिएर उनीहरुले जितेकोले मैले फोरम परित्याग गरेको हुँ ।

मधेस आन्दोलनमा सडकमा टायर बाल्ने हामी, सडकमा बालेको टायर टिपेर नालामा हाल्नेलाई चाहिँ नेता बनाएर निर्वाचनमा जिताउने पार्टीमा बसिरहन उचित लागेन र छोडेको हुँ । 

  • मधेस विरोधी पार्टी भनेर मधेसमा व्यापक आलोचना हुने एमाले पार्टीमा चाँहि के देखेर प्रवेश गर्नुभयो ? 


: यो देशको ठूलो स्थापित पार्टी नेकपा एमाले हो । नेपाली जनताले विश्वास गरेको पार्टी हो । एमाले पार्टीले नै हिमाल, पहाड, तराई सबैलाई समेटेर विश्वकै उत्कृष्ट संविधान निर्माणमा महत्वपूर्ण भूमिका खेल्यो । त्यसपछि अहिले भएको एमाले माओवादीको बामगठबन्धनले नै यो देशको निकास दिन सक्छ ।

एमाले पार्टी दलित, मुस्लीम, पिछडावर्ग, आदिवासी जनजाति सबैको माग सम्बोधन गर्ने एजेण्डा एमालेले नै ल्याएको छ । त्यसैले म एमालेमा लागेको छु । मधेसका मधेसी, आदिवासी जनजाति, मुस्लिम, दलित लगायतका तमाम समुदायलाई समेटेर देशलाई समृद्धिको बाटोमा लाने पार्टी नै एमाले हो । यसले पनि मलाई एमालेमा लाग्न प्रेरित ग¥यो । 

  • एमालेले नै संविधान संसोधन गर्न नदिएको हो भनेर आरोप लगाईरहेका छन् नि ? 


: मधेसीको माग सम्बोधन गर्न एमालेले संविधान संसोधन गर्न नदिएको कुरा गलत हो । मधेसको हरेक माग यो संविधानमा समेटिएको छ । केही कुरा छुटेका होलान्, त्यसलाई प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि आवश्यकता अनुसार सम्बोधन गर्न सकिन्छ ।

निर्वाचित भईसकेपछि बामगठबन्धनको पहिलो प्राथामिकतामा पनि यहि रहन्छ । मधेसमा देखिएको समस्या मधेसी समुदायको हकहित तथा जायज मागहरु यो निर्वाचनपछि बन्ने बामगठबन्धनको सरकारले नै गर्छ । यसको लागि संविधानमा पनि संसोधन गरेर अगाडि बढ्न सकिन्छ । तर, अधिकार नै दिएको छैन भनेर मधेसी जनतालाई भ्रमित पारेर मधेसको विकासमा अवरोध गर्नेहरु अहिले फेरी किन निर्वाचनमा आएका छन् त ? निहत्था मधेसी नागरिकलाई सडकमा उतारेर मर्न लगायो । विकासको काम ठप्प बनायो ।

आखिर मधेस झन् पछि प¥यो । अहिले आफ्नै स्वार्थमा टिकट विक्री गरेर मधेसी जनतालाई अपमान गरेको छ । अनि अहिले चाहिँ मधेसको विकास गर्छौ भनेर फेरी जनतालाई झुठको खेती गरिरहेका छन् । त्यसैले मधेस विरोधी भनेर आलोचना गर्नु व्यर्थ हो । 

  • तपाँईलाई अहिले यो बामगठबन्धन किन र के का लागि हो जस्तो लाग्छ ? 

: मेरो विचारमा बामगठबन्धन देशमा स्थिर सरकार र समृद्धिका लागि हो । मुलुकमा ९, ९ महिनामा सरकार फेरिरहने गर्दा देशले विकासको गति लिन सकेन । सत्ता स्वार्थकै कारणले मधेसमा धेरै पार्टीको जन्मभयो । जति मधेसी पार्टी फुटेर बने तिनीहरु सबै मन्त्री भए । तर मधेसको विकास जहाँको त्यहिँ रह्यो ।

आखिर मधेसको लागि बनेको पार्टी हो भने, त्यति धेरै मधेसीहरु मन्त्री भए किन विकास गर्न सकेन ,। त्यसैले अबको सरकार स्थिर हुनुपर्छ । स्थिर सरकारले मात्रै देशको विकास र समृद्धि हुन्छ ।

त्यसको लागि नेपालमा एउटै पार्टीको आवश्यकता छ । त्यो बामगठबन्धन विकल्प हुन सक्छ । त्यसैले यो बामगठबन्धन नेपालको स्थिर सरकार र समृद्धिको लागि हो । यस पटकको निर्वाचनमा बामगठबन्धनलाई अत्यधिक बहुमतले जिताउनुपर्छ । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

क्यानडामा रामकृष्ण ढकाल साँझ भब्य रूपमा सम्पन्न, बचत रकमबाट पशुपतिनाथ मन्दिरमा पुजा कार्यक्रम

टोरण्टो । असार १५ गते  ईन्टरनेशनल म्युजिक डे को अबसर पारेर क्यानडाको ब्राम्प्टन शहरमा आयोजना गरिएको “रामकृष्ण ढकाल साँझ“ भब्य रूपमा सम्पन्न भएको छ ।

समाज

सुनसरी दुर्घटना , मृतकको सङ्ख्या पाँच पुग्यो

इनरुवा । सुनसरी भोक्राहा–नरसिंह गाउँपालिका–३ जलुवा टोलस्थित पूर्व–पश्चिम राजमार्गमा आज भएको सवारी दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ ।

भूमिहीनलाई जग्गा वितरणको तयारी, ७ दिनभित्र हकदावी पेश गर्न आयोगले निकाल्यो  सूचना

वीरगंज ।  नेपाल सरकारको भूमि समस्या समाधान आयोग, जिल्ला समिति पर्साले सखुवा प्रसौनी गाउँपालिकाको बिभिन्न वडामा बसोबास गर्दै आएका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अब्यवस्थित बसोवासीलाई जग्गा उपलब्ध गराउने प्रक्रियाबारे ७ दिने  सार्वजनिक सूचना जारी गरेको छ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.