logo

नागरिकको रक्षाका लागि दायित्व निर्वाह गरेका हौं : अध्यक्ष चौधरी 

      6/3/2020 गते ००: ०० मा प्रकाशित     5870   पटक पढिएको

हरिनारायण चौधरी
अध्यक्ष 
पटेर्वा सुगौली गाउँपालिका

कोरोना भाईरस (कोभिड–१९) को रोकथाम र नियन्त्रणका लागि अहिले स्थानीय तहहरुको मत्वपूर्ण भूमिका रहेको छ । खासगरी सीमाक्षेत्रसँग जोडिएका नेपालको प्रदेश नम्बर २ जोखिममा छ । भारतबाट नेपाल आएकाहरुको क्वारेन्टीन, आईशोलेशन, पीसीआर टेष्ट लगायतका कामहरु मुख्य छन् । यसबाहेक स्थानीय तहका विपन्न नागरिकहरुको लागि जनजीवनलाई सामान्य बनाउन पनि स्थानीय सरकारको हैसियतले पनि स्थानीयतहको मुख्य दायित्वभित्र पर्छ । यसको लागि स्थानीय तहको सरकारहरुबीचको समन्वयकारी भूमिका पनि महत्वपूर्ण हुन्छ । भौगोलिक सीमाक्षेत्र र अधिकार क्षेत्र बाहेक मानवको जीवन बचाउनका लागि स्थानीय सरकारले खेल्ने भूमिकाले पनि कोरोना महामारी नियन्त्रणमा सहयोग पुग्छ । यहि समन्वय र सहकार्यको भूमिकामा पर्साको पटेर्वा सुगौली गाउँपालिका देखिएको छ । कोभिड–१९ नियन्त्रण र रोकथामका लागि सक्रिय भूमिकामा रहेको वीरगन्ज महानगरपालिकाकै लयमा पटेर्वा सुगौली गाउँपालिका पनि देखिएको छ । जनताको घर आँगनको सरकारबाट नागरिकले जुन अपेक्षा गरेका छन्, वास्तविक रुपमा संकटको घडीमा वीरगन्ज महानगरपालिका र पटेर्वा सुगौली गाउँपालिकाको सहकार्य र समन्वय अन्य स्थानीय तहहरुको लागि पनि उदाहरणीय बन्न सक्छ । गाउँपालिकामा कोरोना रोकथाम र नियन्त्रणका लागि गरेको गतिविधि र सक्रियताको बारेमा पटेर्वा सुगौली गाउँपालिकाका प्रमुख हरिनारायण चौधरीसँग इसीमानाले गरेको कुराकानीको सम्पादित अंश :

कोरोना रोकथाम र नियन्त्रणका लागि गाउँपालिकाले अहिले के गरिरहेको छ ? व्यावस्थापन कसरी भईरहेको छ ? 

  •  सबैभन्दा पहिले हाम्रो गाउँपालिका लगायत पर्साका स्थानीय तहहरु भारतीय सीमासँग जोडिएका छन् । मेरो आप्mनो गाउँपालिकाको जनताको सुरक्षाका लागि महामारी जुन हिसाबले बढ्दो क्रममा छ । त्यसलाई मध्यनजर गर्दै भोलीको सम्भावित विपतीबाट आईपर्ने जोखिम न्यूनिकरणका लागि केन्द्रीत गरेको छु । अहिले पटेर्वा सुगौली गाउँपालिकामा पहिलोपटक पाँचजना संक्रमित भेटिएको थियो । त्यसले गाउँपालिकाका नागरिक निकै त्रसित भए । त्यसले थप संक्रमण नफैलियोस भनेर हामीले गाउँपालिकाभित्र सबै वडामा क्वारेण्टीनको व्यावस्था गरेका छौं । भारतबाट आएका प्रत्येक व्यक्तिलाई क्वारेण्टिनमा राखेर चेकजाँच गराई संक्रमण नदेखिएमा मात्रै घर पठाउने काम गरेका छौं । गाउँपालिका भित्र प्रवेश गर्ने शंकास्पद व्यक्तिहरुलाई हामीले स्वास्थ्य जाँच गराएर मात्रै छिर्न दिने गरेका छौं । हाम्रो सूचना प्रणाली एकदमै चुस्त दुरुस्त राखेका छौं हरेक वडामा आउनेहरुलाई निगरानी गर्ने काम गरेका छौं । 

स्थानीय सरकारको देखिने काम भनेको राहत वितरण पहिलो नम्बरमा छ । तपाँईको गाउँपालिकामा चाहिँ कसरी राहत वितरण गरिएको छ ? 

  • कोरोनाको संक्रमण फैलिएपछि सरकारले घोषणा गरेको लकडाउनले विपन्न नागरिक निकै प्रभावित भए । हाम्रो गाउँपालिकामा रहेका विपन्न गरिब परिवारहरुको लागि भनेर राहत वितरण शुरु गरियो । हाम्रो गाउँपालिकामा अहिलेसम्म २६०० घर परिवारलाई राहत वितरण गरेका छौं । तर, कस्तो विडम्वना यो राहत भन्ने चिजलाई सरकारले दिएको र आपूmले पाउनै पर्ने अधिकारको रुपमा हेरेर हुँदा खानेहरुले भन्दा हुनेखानेले पनि लोभ लालच देखाए । यसले पटेर्वासुगौली गाउँपालिकामा रहात वितण गर्न निकै चुनौती थियो । तथापी हामीले सबै नागरिकले राहत पाउनुपर्छ भन्ने मान्यता राखेर सकेको जति राहत वितरण ग¥यौं । हामीले पहिलो चरणमा वितरण गरेको बाहेक प्रदेश सरकारले हरेक वडामा ९० जनालाई घरेलु तथा साना उद्योग मार्पmत पठाएको र त्यसमा पनि नपुग राहत गाउँपालिकाबाट थप गरेर दोश्रो चरणको वितरण गरियो । 

क्वारेन्टीनको व्यावस्थापन कसरी मिलाउनुभएको छ ? 

  • वडा नम्बर ५ को माध्यामिक विद्यालयमा सुरक्षाकर्मीहरु सहित राखेर सबै व्यवस्थित मिलाएर राखेका छौं । क्वारेण्टीनमा बस्ने उहाँहरुको ज्वरो तथा सामान्य चेकजाँच गर्ने र लक्षण देखा पर्ने र शंका लागेमा एम्बुलेन्स बोलाएर पनि नारायणी अस्पतालमा पठाउने व्यावस्था मिलाएका छौं । भारतबाट आएकाहरुलाई घरजान नदिएर क्वान्टिीनमा नै राख्ने व्यावस्था गरिएको छ । स्वाब टेष्टहरु गराउने गरेका छौं । 

 
अहिले संक्रमितको संख्या बढ्दै जाँदा पटेर्वा सुगौली गाउँपालिकामा पनि संक्रमित बढेका छन् । महानगरलाई रकम सहयोग गर्नुभएको छ । किन ? 

  • हामी हाम्रो जनतालाई सुरक्षित राख्नुपर्छ । केही दिन अगाडि टाउनहलमा सर्वदलीय बैठक भएको थियो । सांसद, प्रदेशसभा सदस्य तथा स्थानीय तह र राजनीतिक दलका प्रतिनिधिहरुको उपस्थितिमा भएको बैठकमा सबैले सहकार्य गरेर जाने सहमति भयो । भोलीको दिनमा संभावित जोखिमबाट नागरिकलाई बचाउनका लागि केही योजनाहरु हुनुपर्छ भन्ने सोचले गाउँपालिकामा सुविधायुक्त भौतिक संरचनाहरु भएको अवस्था छैन । भोली संक्रमित बढ्दै गयो भने कुनै भेन्टिलेटर सहितको सुविधा भएको अस्पताल छैन । जुन सदरमुकाममा अहिले सरकारले गण्डक हस्पिटलमा नारायणीको कोभिड अस्पताल स्थापना गरेको छ । त्यसको व्यावस्थापन महानगरपालिकाले नै गरिरहेकोले हाम्रो पटेर्वा सुगौली गाउँपालिकाका संक्रमितहरु पनि उपचार गरिरहेको र थप संक्रमितहरु बढेमा उपचारमा सहज होस भनेर नै महानगरपालिकालाई गाउँपालिकाले २५ लाख सहयोग गरेको हो । अहिलेपनि भारतबाट आउने क्रम जारी रहेको छ । भारतबाट रेल सञ्चालन गरेपछि त्यहाँबाट आएर गाउँपालिकामा आएकाहरुबाट पोजिटिभ देखिएको हो । मैले महानगरपालिकालाई दिएको सहयोग होईन मेरो आप्mनो गाउँपालिकाका जनताको सुरक्षाका लागि सहयोग गरेको हो । 

महानगरपालिकाकालाई सहयोग गर्ने तपाई पहिलो गाउँपालिका हुनुभयो । अरु गाउँपालिकालाई के भन्न चाहानुहुन्छ ? 

  • सबै स्थानीय तहका प्रमुख ज्यूहरुलाई के आग्रह गर्न चाहान्छु भने । कहि संक्रमितहरु देखियो भने गाउँपालिकामा राखेर उपचार गराउने अवस्था र सम्भावना छैन । गण्डकमा रहेको कोभिड अस्पताल लगायत सदरमुकाममा व्यावस्थापन गरिएको आईशोलेशनहरुलाई सहयोग गर्न सकिए भोली हाम्रो गाउँपालिकाका जनतालाई पनि त्यहि लगेर उपचार गराउन सहज हुन्छ ।

    त्यसैले यो विपदको घडीमा हामीले को कहाँको भन्नुभन्दापनि आप्mनो गाउँपालिकाका जनताले कहाँ सही ढंगको उपचार पाउछ र कोरोनालाई पराजित गर्न सक्छौं भन्ने महत्वपूर्ण कुरा लागेर नै मेरो गाउँपालिकाले वीरगन्ज महानगरपालिकालाई साथ दिएको हो । पर्सामा अहिले कुनैपनि स्थानीय तहमा कोरोनाका संक्रमितलाई राखेर उपचार गराउने व्यावस्था छैन ।

    वीरगन्जमा संघ सरकारले स्थापना गरेको कोभिड अस्पताल भएपनि महानगरले व्यावस्थापन गरिरहेको छ । तर, हाम्रो आफ्नो गाउँपालिकाका संक्रमितहरुपनि उपचार गराईरहेको हुँदा उहाँहरुको लागि सहयोग गर्नु गाउँपालिकाको दायित्व हो । यसरी हामीले बुझेर पर्साका सबै गाउँपालिकाले सहयोग गर्न सक्यौं भने पर्साबाट कोरोनालाई सहजै परास्त गर्न सकिन्छ । 


 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु



सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

पर्सागढीबाट जुवाडे पक्राउ सार्बजनिक शान्ति विरुद्दको कसुरमा मुद्धा चल्ने

वीरगंज । पर्सागढीको विरुवागुठीमा दिलमाया तामाङले सञ्चालन गरेकी गौरो कटेज खाजा पसलबाट चार जना ब्यक्तिहरु जुवा खेलीरहेको अवस्थामा पक्राउ परेका छन ।

महोत्तरीमा मोटरसाइकल दुर्घटनामा परि एसइ परिक्षा दिएर फर्किएका बिद्यार्थीको मृत्यु

बर्दिवास । महोत्तरीको जलेश्वर बर्दिबास सडकखण्डको बथनाहा मा मोटरसाइकल दुर्घटनामा परि तीन जना बिद्यार्थीको मृत्यु भएको छ ।

खेलकुद

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.