logo

बैचारिक रुपमा बोकेको एजेण्डाका आधारमै साथीहरुले मलाई छान्नुहुन्छःदास

      8/11/2017 गते 00 00 मा प्रकाशित     3993   पटक पढिएको

नेकपा माओवादी केन्द्रको जनवर्गिय संगठन अनेरास्ववियु क्रान्तिकारको एकताको राष्ट्रीय सम्मेलनको सरगर्मी बढेको छ । ११ सय सदस्यीय केन्द्रीय कमिटीलाई ३सय भन्दा कममा सिमीत गर्नु पर्ने छ । ३३ जना पदाधिकारीको ब्यवस्था छ । केन्द्रीय कमिटीमै रहेका ८ सय भन्दा बढी बिद्यार्थी नेताहरु सम्मेलनबाट बन्ने केन्द्रीय कमिटीमा निर्वाचित हुने छैनन । त्यसकारण संगठन भित्र नेतृत्वमा स्थापित हुने प्रतिस्पर्धा पेचिलो बन्दै गएको छ । अन्तिममा पार्टीले हस्तक्षेप गरेर सर्वसम्मत बनाउने पछिल्ला परम्पराहरुको पुनरावृतिको आंशका पनि नेताहरुमा देखिन्छ । प्रतिस्पर्धी नेताहरुको वीचमा एउट नाममा निकै चर्चामा छ । त्यो नाम हो अमिताभ बच्चन दास । कुशल संगठक ,क्षमतावान र राजनैतीक बैचारिक क्षमता भएका मधेशमा जेलजीवन ब्यतीत गरेका दास आसन्न राष्ट्रीय सम्मेलनमा मधेशी तर्फको उपाध्यक्षका उम्मेदवार छन ।  तिनै दाससंग ईसीमाना डट कमकालागि प्रधान सम्पादक के.सी.लामिछानेले गरेको सम्वादको सम्पादित अंश ।

अनेरास्ववियु क्रान्तिकारीको राष्ट्रीय सम्मेलन हुदै छ । सम्मेलनले नेपाली बिद्यार्थी आन्दोलन को कार्यदिशा कस्तो तय गर्छ ?
नेपाली बिद्यार्थी आन्दोलन देश  को आमूल परिवर्तन को लागि स्थापित संघर्षसिल मोर्चा  हो ।यस्ले देशलाई आवश्यकता परेको हरेक खालखण्डमा बलिदानीपूर्ण आन्दोलन गर्दै आएको छ । नेपालमा भएका राजनीतिक परिर्वतनका आन्दोलनको अग्रमोर्चामा रहेर जहिले पनि नेपाली बिद्यार्थी आन्दोलनले आफनो महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । जाहानीय राणा शासनका बिरुद्ध जयतं संस्कृतम देखी लिएर अहिले संघीय गणतन्त्रको स्थापना सम्म नेपाली बिद्यार्थी आन्दोलनले आग्रभागमा रहि बलिदानी पूर्ण संघर्ष ग¥यो ।यो संगै नेपालको शैक्षीक आन्दोलनको अगुवाई गर्ने र राष्ट्रीयताको रक्षाको सवालमा सशस्क्त पहरेदारी गर्दै आएको कुरा सर्वविद्धित नै छ । नेपाली बिद्यार्थी आन्दोलनले संघर्षका यि अवस्थाहरु पार गर्दै गर्दा गङगालाल श्रेष्ठ ,दिलबहादुर रम्तेल ,बेनोज अधिकारि लागायत हजारौं बिद्यार्थीहरूको शहादतको बलिदानीपूर्ण गौरव गाथा नै बनेको छ ।  यतिवेला मुलुक  गणतन्त्र स्थापना भइ कार्यन्वन्यनको दिशामा छ।यति मात्रै होइन देशमा गणतन्त्र ,सङ्हियता ,धर्मनिरपेक्षता,समानुपातिक समाबेशीको प्रतिनिधित्व लगायतका कैयौ सामाजिक र राजनैतिक परिवर्तन भएका छन । यो परिर्वतन संगै मुल रुपमा शिक्षा क्षेत्रमा हामीले चाहेको जस्तो आमुल परिर्वतन अझै भएको छैन । हाम्रो संगठनले शैक्षीक समस्या अन्त्यकालागि संगठनको सिंगो शक्ति परिचालन गर्ने कुरामा ध्यान दिने छ । राजनीतिक रुपमा नेपाली जनताको बलिदानीपूर्ण सघर्षबाट प्राप्त भएको परिर्वतनलाई संस्थागत गर्ने काममा नेपाली बिद्यार्थीहरुको सहयोगात्मक भूमिकाको अझै आवश्यकता छ । त्यसैगरि अव शिक्षालाई जवनोपयोगी बनाउने कुरामा नीतिमा मात्रै हैन ब्यवहारमा ध्यान दिन जरुरी छ । हाम्रो संगठनको राष्ट्रीय सम्मेलनले यिनै कुरामा ध्यान दिने छ ।  राष्ट्रीयता र समाजबादी शिक्षा को पक्षमा अभियान ,सुदृढ संगठनको लागि एकताको २१ औ राष्ट्रीय सम्मेलन हाम्रो संगठको एकताको २१ औ राष्ट्रीय सम्मेलनको मुल नारा छ । यही नारालाई कार्यरुप दिने गरि  बिद्यार्थी आनद्योलनको कार्यदिशा तय हुने छ ।  हामी  समाजबादि शिक्षा को स्थपना र त्यसको ब्यहारिक रूपमा कार्यान्वयन को पक्षमा जोड दिने छौ  ।
समाजवादी शिक्ष भनेको चाही के हो ? 
समाजबादी शिक्षा भनेको अहिले हाम्रो देश ले आफ्नो अनुकुलता ,मौलिकता र  सृजनजात्मक  शिक्षा निति निर्माण गरि बेरोजगारी र परनिर्भरता हाटाइ देशलाई समृद्धिको लागि आत्मनिर्भर शैक्षिक जनशक्ति निर्माण गर्नु नै हो   । जस्तै हाम्रो देश को वन जङ्गल ,पानी, कृषि योग्य जमिन र पर्यटन को लागि अपार सम्भावना लाई मध्य नजर गरि यसै विषयका विशेष पाठ्यक्रम निर्माण गरि आफ्नो देश को मटो सुहाउँदो शैक्षिक जनशक्ति निर्माण गरि खाड मुलुक तथा युरोपियन मूलकमा सस्तो श्रममा दिनहु पलायन हुनु बाट जोगाउन बहुप्राबिधिक शिक्षा मार्फत देश को समृद्धि तर्फ डो¥याउनु  पर्छ।
यसको लागि हाम्रो सम्मेलन ले तीन वता एजेन्डा बानाउनु पर्छ जस्तो मलाई लाग्छ ।
के ऐजेण्डाहरु हुन त्यस्ता ?
सार्वजनीक शिक्षा विधालय तह देखि विश्वबिद्यालय सम्म सम्मको स्तर उन्नति गरि देश को रास्ट्रपति देखि सार्वसाधारण जान्ताको छोराछोरी एउट बिधालय र बिश्वबिद्यालयमा  अध्ययन गर्ने नीति तय गर्नु पर्द्छ । 
अर्को  बिधालय तह देखि बिश्व बिद्यालय सम्मको शिक्षा बहुप्राबिधिक अनिवार्य बनाउनु पर्द्छ ।जस्ले देश लाई आत्मनिर्भर बनाउने जनशक्तिको उत्पादन गरोस अनि मात्र हाम्रो मुलुक समृद्धि तर्फ जान सक्छ।
र  हाम्रो आफ्नो देश को वन ,पानी ,कृषि योग्य जमिन ,बाताबरण ,पर्यटन को निम्ति  बिशेश पाठ्यक्रम बनाइ रोजगार मुलक शैक्षिक जनशक्ति उत्पादन गरि देश को बिकास मा टेवा पु¥याउन सकिन्छ । 

तपाई राष्ट्रीय सम्मेलनमा मधेशी उपाध्यक्ष उम्मेदवार हुनुहुन्छ तपाईलाई देश भरिका प्रतिनिधिले किन छान्ने ? 
महत्वपूर्ण प्रश्न गर्नु भयो । वास्तवमा हिजो एक खालको राजनीतिक ब्यवस्था हुदा बिद्यार्थीसंगठनहरुले गरेका काम र गर्ने काम प्रमुख रुपले राजनीतिक आन्दोलन नै थियो । आज हामीले बैचारिक रुपमा राजनीति सामिप्यता जाहेर गरेको राजनीतिक पार्टीनै सत्ता संचालन गर्ने तहमा पुगेपछि वास्तवमा बिद्यार्थी आन्दोलनको दिशा के हुने भन्ने सवाल पेचिलो बन्दै छ । हिजो बिद्यार्थी आन्दोलनबाट आएका नेताहरुले बिद्यार्थी संगठन नै बिघठनको कुरा समेत अगाडि ल्याइरहेको यो सन्दर्भमा हामीले बिदार्थी आन्दोलनको दिशा र दशा ठिक ढंगले तय गर्न जरुरी छ । अहिले नेपाली समाजलाई सामाजिकीकरण गर्नु पर्ने आवश्यकता छ । जसले देशलाई भावनात्मक रुपमा जोडन सकोस  यसो गर्न सकियो भने सीपको एक्सचेन्ज र मजवुता राष्ट्रको निर्माण हुन्छ । त्यो संगै नेपाली बिद्यार्थी आनदोलनको कार्यदिशाका रुपमा मैले माथि उल्लेख गरेका कुराहरुलाई ब्यवहारमा लागू गर्नकालागि पनि संगठनको नेतृत्व तहमा मलाई साथीहरुले अगाडि बढनु पर्ने सल्लाह दिनु भएको छ । साथीरुहको यही सल्लाहका कारण मैले उम्मेदवारी घोषणा गरेको छु । मैले बैचारिक रुपमा बोकेको एजेण्डाका आधारमै साथीहरुले मलाई छान्नुहुन्छ भन्ने मेरो बिश्वास हो । 
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

कसको सहमतीमा मासुको मूल्य १२ सय भयो ? व्यवसायीहरूले लुटतन्त्र मच्चाएको भन्दै मंचले जनायो आपत्ती

वीरगञ्ज । उपभोक्ता हित संरक्षण मञ्च नेपाल, पर्साले एक बिज्ञप्ति जारी गर्दै अस्वभाविक रुपमा बढेको मूल्यबृद्धिका कारण आम उपभोक्ताको जनजीवनमा गम्भिर असर परेको जनाएको छ ।

शौचालयमा लडेर बारा पचारौताको अमरपट्टीका यादवको मृत्यु

राजविराज । शौचालयमा लडेर एक सशस्त्र प्रहरी हवल्दारको मृत्यु भएको छ ।

खेलकुद

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.