logo

प्रदिप, आर्यन, पललाई पछि पार्दै उत्कृष्ट अभिनेताको अवार्ड जितेका आर के मेहता को हुन ?

 इसीमाना सम्बाददाता     २०८१ चैत १७ गते ०८: ४३ मा प्रकाशित     353   पटक पढिएको
काठमाडौं । केहिदिनअघि काठमाडौंमा ४० ओटा देशको चलचित्रहरुको सहभागितासहित आयोजना भएको एक अन्तराष्ट्रिय चलचित्र महोत्सवमा चर्चित कलाकारहरु प्रदिप खड्का, आर्यन सिग्देल, पल शाहलाई समेत पछि पार्दै चलचित्र ‘आँखा’बाट उत्कृष्ट अभिनेताको अवार्ड पाउने व्यक्ति थिए आर के मेहता ।
 
नेपालबाट ओस्कार अवार्डमासमेत छनोट भएर गएको ‘शाम्बला’ले उत्कृष्ट गौतमबुद्ध चलचित्रको अवार्ड पाउँदा उत्कृष्ट राष्ट्रिय फिचर चलचित्रको अवार्ड भने चलचित्र ‘आँखा’ले नै प्राप्त गरेको थियो । चलचित्र ‘आँखा’ बाट नै निर्देशक जौन यौञ्जनले उत्कृष्ट स्क्रिनराईटरको अवार्ड प्राप्त गर्दा चलचित्र महोत्सव नै ‘आँखा’मय बनेको थिए ।
 
धेरै अन्तराष्ट्रिय चलचित्र महोत्सवहरुमा छनोट भएर अवार्डसमेत जितिसकेको चलचित्र ‘आँखा’ दुभाग्र्यवश हलहरुमा रिलिज भएकै दिन काठमाडौंमा बाढीले डुबान भएको कारण हलहरुबाट उतार्नुपरेको थियो ।
 
 चलचित्र ‘आँखा’बाट उत्कृष्ट अभिनेताको अवार्ड पाएका आर के मेहेता इटालीमा भएका कारण अवार्ड ग्रहणको लागि प्रत्यक्ष उपस्थित हुन पाएनन् र उनले इटालीबाटै खुशी व्यक्त गरे ।

को हुन् आर के मेहता ?
विराटनगरको भट्टाचोकमा जन्मिएका आर के मेहता ती कलाकार हुन्, जसले अभिनयलाई केवल पेशा होइन, आफ्नो जीवनको अटुट अंश बनाए । बाल्यकालदेखि नै कराँते, नृत्य, र अभिनयमा रुचि राख्ने उनले कराँतेमा ब्ल्याक बेल्ट हासिल गर्दै अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाललाई पदक दिलाए ।
 
 अभिनयप्रतिको गहिरो मोहले उनी रंगमञ्चतर्फ आकर्षित भए, जहाँ उनले विराट मैथिल नाट्य कला परिषद, विराटनगर गुरुकुल हुँदै शिल्पी थिएटरमा प्रशिक्षण लिएका थिए । शिल्पी थिएटरमा उनी दुई वर्ष होस्टल बसेर काम गरे ।

थिएटरमा संघर्ष र पहिचानको खोजी
आर के मेहताले माइम र पेन्टोमाइममा विशेष दक्षता हासिल गर्दै रंगमञ्चमा छुट्टै पहिचान बनाए । उनी केवल एक कलाकार मात्र होइन, निर्देशकका रूपमा पनि उत्कृष्ट सावित भए ।
 
उनले ‘महाकन्जुस’, ‘अब कोना चलव’, ‘हारजीत’, ‘कोमा’, ‘मजीपालाखे’, ‘वीच’, ‘जीउँदो आकाश’, ‘वौदिछाया’ लगायतका धेरै नाटकहरुमा अभिनय तथा निर्देशन गरिसकेका छन् ।
 
थिएटरमा उनले लाइटिङ सेटअप, सेट डिजाइन, र अभिनयको गहिराइमा डुबेर काम गरे । बिस्तारै उनको प्रस्तुति नेपाल बाहिर पनि पुग्न थाल्यो । एन एस डी ओलम्पिक थिएटर फेस्टिभलमा नाटक ‘जीउँदो आकाश’ लिएर अन्तर्राष्ट्रिय मञ्चमा नेपाललाई प्रतिनिधित्व गर्दै उनले ठूलो पहिचान बनाए ।

सिनेमामा पदार्पण : रंगमञ्चबाट रजतपटसम्मको यात्रा
आर के मेहताले नेपाली फिल्म ‘रंगेली’ बाट आफ्नो अभिनय यात्रा सुरु गरेका थिए । तर दुर्भाग्यवश, फिल्म बिचैमा बन्द भयो । तर उनले आफ्नो सपना नछोडी अझै संघर्ष गर्दै गए।
 
अभिनयमा गहिराइ ल्याउन उनले इटालीको ‘एकाडेमिया डेल आर्टे’ मा भौतिक थिएटर अध्ययन गरे र इटालीमा विभिन्न प्रदर्शनहरू गरे । नेपाल फर्किएपछि उनले आफ्नो नाटक ‘जीउँदो आकाश’ पुनः मञ्चन गरे ।

‘आँखा’ फिल्मका लागि अपूर्व समर्पण
नेपाल फर्किएपछि, उनलाई निर्देशक जौन योंजनको फिल्म ‘आँखा’ मा मुख्य भूमिका निभाउने अवसर प्राप्त भयो । यो भूमिका उनको लागि निकै विशेष रह्यो । जब उनले फिल्मको स्क्रिप्ट हातमा लिए, त्यसपछि उनी पूर्ण रूपमा चरित्रमा समर्पित भए ।
 
 उनले चरित्रका लागि निकै मेहनत गर्न थाले । उनले ६ महिनासम्म काठमाडौंको सुकुम्बासी बस्तीमा गएर बस्दै, त्यहाँका वास्तविकता बुझे ।
 
 निर्देशक र सह–कलाकारहरूसँग मिलेर छ महिने वर्कशप गरे । उनले १५ किलो तौल घटाए, जसका लागि उनले विभिन्न कडा डाइट र जीवनशैली अपनाएका थिए ।

थिएटर र फिल्ममा पर्दा पछाडिको मेहनत
आर के मेहता केवल क्यामेराको अगाडि मात्र होइन, पर्दा पछाडिको मेहनतमा पनि उत्तिकै सक्रिय छन् । फिल्ममा लाइटको सामान किन्नेदेखि सेटअप निर्माणसम्म, उनी आफैं खटिन्थे ।
 
कलाकारहरूको तयारीमा पनि सहयोग गरे, संवादको गहिराइ बुझ्न सामाजिक अध्ययन गरे ।
 
रोज–रोज फिल्मको स्क्रिप्टमा डुबेर अध्ययन गरे, आफ्ना संवाद, एक्सप्रेसन र शारीरिक चाल–ढाललाई परिमार्जन गरे । उनी रातभर नसुती आफ्ना दृश्यहरूमाथि पटक–पटक अभ्यास गर्थे ।

अन्तर्राष्ट्रिय अवार्डः निफको ‘उत्कृष्ट पुरुष अभिनेता’ विजेता

उनको कठोर मेहनतले रंग ल्यायो । ‘आँखा’ फिल्ममा उनको दमदार अभिनयले उनलाई नेपाल अन्तराष्ट्रिय चलचित्र महोत्सव २०२५ मा उत्कृष्ट पुरुष अभिनेता को अवार्ड दिलायो । यो अवार्डले उनको संघर्षको पहिचान मात्र दिएन, नेपाली सिने उद्योगका लागि पनि एक नयाँ उचाइ थप्यो ।

भविष्यका कलाकारका लागि प्रेरणा
आर के मेहताको यात्रा संघर्ष, समर्पण र निरन्तर मेहनत को उदाहरण हो । रंगमञ्चदेखि अन्तर्राष्ट्रिय स्तरसम्म आफ्नो पहिचान बनाउन उनले धेरै चुनौतीहरू सामना गरे, तर कहिल्यै हार मानेनन् ।
 
अब, ‘आँखा’ फिल्मको माध्यमबाट उनले नेपाली सिनेमा उद्योगमा नयाँ ऊर्जा थप्नेछन् । उनको संघर्ष र सफलता नेपाली कलाकारहरूको लागि प्रेरणादायी छ । 
 
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

क्यानडामा रामकृष्ण ढकाल साँझ भब्य रूपमा सम्पन्न, बचत रकमबाट पशुपतिनाथ मन्दिरमा पुजा कार्यक्रम

टोरण्टो । असार १५ गते  ईन्टरनेशनल म्युजिक डे को अबसर पारेर क्यानडाको ब्राम्प्टन शहरमा आयोजना गरिएको “रामकृष्ण ढकाल साँझ“ भब्य रूपमा सम्पन्न भएको छ ।

समाज

अदालतबाट भ्रष्ट ठहर भएका उपाध्यायलाई चौतारीले गर्यो बाई बाई

वीरगंज । भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका कमल उपाध्यायलाई प्रेस चौतारी नेपालले सधारण सदस्य समेत नरहने गरी निष्कासन गरेको छ ।

बागमतीमा लामा बिरुद्धको अविश्वास प्रस्ताव पारित, बानियाको मुख्यमन्त्री बन्ने बाटो खुल्यो

हेटौँडा । बागमती प्रदेश कांग्रेस संसदीय दलको बैठकले दलका नेता परिवर्तन गर्ने भएको छ ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.