‘पूर्णबहादुरको सारङ्गी’को १४ दिनमा २७ करोडको संकलन ,बन्यो सर्वाधिक कमाउने चलचित्र
इसीमाना सम्वाददाता
२०८१ कार्तिक २९ गते ०७: २३ मा प्रकाशित
643 पटक पढिएको
काठमाडौँ । नेपाली कथानक चलचित्र पूर्ण बहादुरको सारङ्गीले २७ करोड रुपैया संकलन गरेको छ । नेपाली चलचित्रले प्रर्दशनको १४ औ दिनमा आइपुग्दा २७ करोड संकलन गरेको हो ।
१४ दिनमा नेपाली चलचित्रको ब्यापार यो सर्वाधिक हो । लक्ष्मी पुजको दिनबाट प्रर्दशनमा आएको चलचित्रले २७ करोड संकलन गरेको निर्माता बिनोद पौडेलले जानकारी दिए ।
गाउँघरको मौलिक कथालाई नेपालसँगै विश्वभर दर्शकले मन पराईदिएको पौडेलले बताए । उनले नेपाली चलचित्रलाई नेपाली दर्शकले माया गरेको भन्दै बिदेशी चलचित्रहरुबाट डराउनु नपर्ने उनल बताए ।
उहाँले चलचित्रले मङ्गलबारसम्म २५ करोड तीन लाख र बुधबार रु दुई करोडको हाराहारीमा व्यापार गरेको बताए । नेपालभर चलचित्र हेर्ने दर्शकको चाप उस्तै भएपछि निर्माण समूह मोफसल भ्रमणमासमेत निस्किएको छ ।
निर्माता पौडेलले बिहिवारदेखि पूर्वबाट सुरु हुने भ्रमणमा मोफसलका चलचित्र भवनमा पुगेर दर्शकलाई धन्यवाद व्यक्त गर्ने जानकारी दिए ।
उक्त भ्रमणमा निर्माता पौडेलसँगै अभिनेता विजय बराल, अभिनेत्री अञ्जना बराइलीलगायत छन । यो चलचित्रले एकै दिन तीन करोड ८९ लाखको व्यापार गर्दै एक दिनमा सर्वाधिक कमाउने नेपाली चलचित्र र ९८ चलचित्र भवनमा चार सय ६५ भन्दा बढी सो पाएको रेकर्डसमेत बनाएको छ ।
तपाईं हामीसंग फेसबुक र ट्वीटर
मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।
नयाँ दिल्ली । दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।
वीरगंज । वीरगंज महानगरपालिकाले सडक तथा सार्वजनिक स्थानमा जथाभावी तरकारी तथा फलफूलको थोक बजार सञ्चालन नगर्न निर्देशन दिँदै व्यवसायीलाई २१ दिनभित्र तोकिएको स्थानमा स्थानान्तरण हुन अल्टिमेटम दिएको छ।
वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।
रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।
तपाईको प्रतिक्रिया