logo

निर्मल समाज युवा क्लब ठोरी ४ द्वारा सडक नाटक प्रदर्शन 

      4/8/2018 गते 00 00 मा प्रकाशित     2536   पटक पढिएको

ठोरी २५ चैत ।
ठोरी गाउँपालिका ४ मिलचोकमा रहेको निर्मल समाज युवा क्लबले आइतवार सडक नाटक प्रदर्शन गरेको छ।वन र वन्यजन्तु संरक्षण गर्नुपर्छ भन्ने सन्देश दिन नाटक गरिएको हो ।  

 

नाटकको  ठोरी ५  सुवर्णपुर र जीराभवानी गाउँपालिका १ जगतिया चोकमा छुट्टाछुट्टै  सडक नाटक प्रदर्शन गरिएको हो।

 

तराई भुपरिधी कार्यक्रम (ताल) चितवनको आर्थिक सहयोग र कुसुमबाटिका मध्यवर्ती उपभोक्ता समिति  ठोरी ४ र सुनाखरी मध्यवर्ती उपभोक्ता समिति ठोरी ५ को सयुक्त संयोजनमा क्लबले सो नाटक तयार पारेको क्लबका अध्यक्ष भिमसेन सुनारले जानकारी दिए।

 

उनले वातावरण संरक्षणका क्षेत्रमा चेतना जगाउने काम गर्न पाँउदा खुसी व्यक्त गर्दै आगामी दिनमा पनि अबसर पाए यस्तै संरक्षणसम्बन्धी चेतनामूलक कार्यक्रमहरु गर्न आफुहरु तयार रहेको बताए ।


क्लबमार्फत नाटक प्रदर्शन गर्दा युवा समुदायलाई संरक्षणमा समेट्न सकिने भएकाले नाटक निर्माण र प्रदर्शनको जिम्मा क्लबलाई दिएको बताउँदै नाटक निर्माणको साझेदार सस्था कुसुमबाटिका मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष टङ्क प्रसाद तिमिल्सिनाले नाटक संरक्षणको क्षेत्रमा फलदायी हुने बिश्वास आफुले लिएको बताए ।

 


त्यसैगरी समाजमा दबेर रहेका युवाहरुको आन्तरिक क्षमतालाई प्रष्फुटन गर्न र उनीहरुमार्फत संरक्षण कार्यलाई समुदायसम्म प्रभावकारी ढंगले लैजान सडक नाटक उपयुक्त हुने ठानेर नै आर्थिक सहयोग गरिएको जानकारी दिदै तालका सामुदायिक संरक्षण सहजकर्ता सुरज थिङ्ले वन र वन्यजन्तु संरक्षणलाई समेटेर नाटक लेखन गरेकोमा क्लबलाई धन्यवाद समेत व्यक्त गरे।

 

वन र वन्यजन्तु संरक्षण गर्नुपर्छ भन्ने सन्देश दिन खोजेको नाटकमा १२ जना कलाकारहरुले अभिनय गरेका थिए।नाटकको डब्लुडब्लुएफ जर्मन,डब्लुडब्लुएफ भारत र डब्लुडब्लुएफ नेपालका प्रतिनिधिहरु सम्मीलित टोलिले पनि अवलोकन गरेका थिए।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बाघको आक्रमणबाट ७० वर्षिय थारुको ज्यान गयो

सेढवा । पर्साको जिराभवानी गाउँपालिकामा बाघको आक्रमणबाट जिराभवानी गाउँपालिका–२ काठमाडौं टोल निवासी ७० वर्षीय नथुनी मिर्दाहा थारुको मृत्यु भएको छ ।

खाजा खर्च कटाएर विद्यार्थीले प्रधानमन्त्री राहत कोषमा गरे सहयोग

वीरगञ्ज । श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय, रामभौरी भाठाका विद्यार्थीहरूले आफ्नो खाजा खर्चबाट रकम बचत गरी प्रधानमन्त्री राहत कोषमा सहयोग गरेका छन्।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.