logo

बन्ने भयो “गरुड पुराण”कामेश्वर र नाजिर मुख्य भूमिकामा

      1/24/2018 गते 00 00 मा प्रकाशित     2315   पटक पढिएको

काठमाण्डौ १० माघ ।
फरक पृष्ठभुमीबाट आएर काठमाडौंमा बाँच्नका लागि गर्नुपर्ने सघंर्षको कथामा फिल्म ‘गरुड पुराण’ निर्माण हुने भएको छ । बुधवार राजधानीमा एक कार्यक्रमका बीच कलाकार र निर्माणपक्षको उपस्थितीमा फिल्मको औपचारिक निर्माण घोषणा गरियो । 
 
बिहीवारबाट छायांकन सुरु हुने यो फिल्म कमेडी जनरामा निर्माण हुनेछ । सुवास कोइराला र सुशन प्रजापतिको संयूक्त निर्देशन रहने फिल्ममा कर्मा शाक्य, प्रविन खतिवडा, कामेश्वर चौरासिया, नाजिर हुसेन, प्रकाश घिमिरे लगायतका कलाकारहरुको अभिनय रहनेछ । यसै फिल्ममार्फत नायिकाको रुपमा प्रियंका सिंह ठकुरीले डेब्यु गर्दैछिन् । 
 

 अजित फिल्मस् प्रा.लि.को ब्यानरमा निर्माण हुने फिल्मका निर्मातामा अजित प्रजापति र अशोक गौतम रहेका छन् । कसम नेपालको कथा, सुवास कोइराला, आकाश बराल र विनोद खडिवडाको पटकथा, आकाश बरालको संवाद, कोशिश क्षेत्री र सजित श्रेष्ठको संगीत रहेको ‘गरुड पुराण’ लाई उज्वल ढकालले सम्पादन गर्नेछन् । 
 
कार्यक्रममा बोल्दै कर्माले फिल्मको कथा र टीमले नै आफूलाई आकर्षित गरेर फिल्म गर्न लागेको बताए । उनले भने, ‘कथा राम्रो छ । फिल्ममा मलाई एउटा संघर्षशिल पात्रको रुपमा देख्नु हुनेछ, जो आफ्नो उद्देश्य प्राप्तिमा लागेको हुन्छ ।’ 
 
आभाना प्रोडक्सन प्रस्तुतकर्ता रहेको फिल्मका सह निर्माता अशोक गौतम रहेका छन् भने छायाँकार सुशन प्रजापति हुन् । 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

तरकारीका थोक कारोवारीलाई वीरगंज महानगरको २१ दिने अल्टिमेटम, व्यवस्थित थोक बजारमा जान निर्देश

वीरगंज । वीरगंज महानगरपालिकाले सडक तथा सार्वजनिक स्थानमा जथाभावी तरकारी तथा फलफूलको थोक बजार सञ्चालन नगर्न निर्देशन दिँदै व्यवसायीलाई २१ दिनभित्र तोकिएको स्थानमा स्थानान्तरण हुन अल्टिमेटम दिएको छ।

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.